पद्म बहादुर खत्री
स्वरूप
पद्म बहादुर खत्री | |
|---|---|
| अमेरिकाका लागि नेपाली राजदूत | |
| कार्यकाल सन् १९६४ – १९६८ | |
| पूर्वाधिकारी | मातृका प्रसाद कोइराला |
| परराष्ट्र मन्त्री | |
| एकाधिपति | राजा वीरेन्द्र |
| प्रधानमन्त्री | सुर्यबहादुर थापा |
| ]] | |
| व्यक्तिगत विवरण | |
| जन्म | १ जनवरी १९१२ |
| मृत्यु | ११ सेप्टेम्बर १९८५ (उमेर ७३) |
मेजर जनरल पद्म बहादुर खत्री नेपालको परराष्ट्र मन्त्री थिए। उनले सेनाको अधिकारी र कूटनीतिज्ञको रूपमा पनि काम गरेका थिए। २०३८ सालमा सूर्यबहादुर थापा नेतृत्वको सरकारमा खत्री परराष्ट्र र जलस्रोत मन्त्री थिए।
उनले आफ्नो करियर एक सिपाहीको रूपमा सुरु गरे र अन्ततः मेजर जनरलको दर्जा सम्म पुगे। उनले सन् १९४८ मा संयुक्त राष्ट्र संघको सदस्यताका लागि नेपालको पहिलो आवेदन दिएका थिए, [१] [२] जुन सन् १९५५ मा स्वीकृत भएको थियो। उनले सन् १९६४ [३] बाट कम्तिमा १९७१ सम्म, [४] संयुक्त राष्ट्र संघमा नेपालको स्थायी प्रतिनिधिको रूपमा सेवा गरे र सन् १९७० को दशकमा नेपाल सुरक्षा परिषदको सदस्य हुँदा सुरक्षा परिषद्को दुई पटक अध्यक्ष भएका थिए।
उनको मृत्यु बि.सं २०४१ मा भयो। त्यतिबेला उनी राष्ट्रिय सभा सदस्य थिए। [२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Country profile | Nepal", UN Data, मूलबाट २००८-०३-०३-मा सङ्ग्रहित।
- 1 2 "Padma Bahadur Khatri, a former foreign minister and ambassador...", United Press International, १९८५-०७-१९, अन्तिम पहुँच २०१७-०७-१९।
- ↑ "Vintage photo of Portrait of Padma Bahadur Khatri.", Amazon.com, मूलबाट २०२०-०७-०६-मा सङ्ग्रहित।
- ↑ "A/PV.1955 - E - A/PV.1955 United Nations GENERAL ASSEMBLY TWENTY-SIXTH SESSION Officifial Records, 1955th PLENARY MEETING", undocs.org, ६ अक्टोबर १९७१, अन्तिम पहुँच २०२०-०७-०६। अभिलेखिकरण २०२०-०७-०६ वेब्याक मेसिन