पहिलो भारत-पाकिस्तान युद्ध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पहिलो भारत-पाकिस्तान युद्ध
भारत पाकिस्तान युद्धको भाग
मिति२२ अक्टोबर १९४७ – ५ जनवरी १९४९
(१ वर्ष, २ महिना र २ हप्ता)
स्थान
परिणाम युद्धविराम
योद्धा

भारत भारत

पाकिस्तान पाकिस्तान
सेनापतिहरू
भारत जवाहरलाल नेहरू लियाकत अली खान

पहिलो भारत-पाकिस्तान युद्ध वा पहिलो कश्मीर युद्ध भारतपाकिस्तान बीच सन् १९४७ देखि १९४८ सम्म जम्मू र कश्मीर राज्यको लागि भएको पहिलो युद्ध थियो। यो दुई देश बीचमा भएका चार भारत-पाकिस्तान युद्ध मध्ये यो पहिलो थियो। पाकिस्तानले कश्मीर कब्जा गर्ने प्रयासमा र आफ्नो शासक भारतमा सामेल हुने सम्भावनालाई रोक्नको लागि वजिरिस्तानबाट आदिवासी लश्कर सुरु गरेर आफ्नो स्वतन्त्रताको केही हप्ता पछि युद्धको सुरुवात गर्यो। युद्धको निष्कर्षविहीन परिणामले पछि पनि दुवै देशको भूराजनीतिलाई असर गरिरह्यो।[१]

जम्मू र कश्मीरका महाराजा हरि सिंहले पुन्चमा आफ्ना मुस्लिम प्रजाहरूद्वारा विद्रोहको सामना गरिरहेका थिए र आफ्नो राज्यको पश्चिमी जिल्लाहरूको नियन्त्रण गुमाए।२२ अक्टोबर १९४७ मा, पाकिस्तानको पश्तून आदिवासी मिलिशियाहरूले राज्यको सीमा पार गरे। यी स्थानीय जनजाति मिलिशिया र अनियमित पाकिस्तानी सेनाहरू राजधानी सहर श्रीनगर कब्जा गर्न गए, तर बारामुल्ला पुगेपछि तिनीहरूले लुट्न थाले र रोकिए। महाराजा हरि सिंहले सहयोगको लागि भारतलाई बिन्ती गरे, र सहयोगको प्रस्ताव गरियो, तर यो उनको भारतमा विलयको एउटा दस्तावेजमा हस्ताक्षरको विषय थियो।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Pakistan Covert Operations", मूलबाट १२ सेप्टेम्बर २०१४-मा सङ्ग्रहित। 
  2. Lyon, Peter (१ जनवरी २००८), Conflict Between India and Pakistan: An Encyclopedia (अङ्ग्रेजीमा), ABC-CLIO, पृ: 80, आइएसबिएन 978-1-57607-712-2