पहेँलो ठुँडे भ्याकुर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

पहेँलो ठुँडे भ्याकुर
वयस्क भाले
Contact calls
संरक्षण स्थिति
वैज्ञानिक वर्गीकरण edit
Unrecognized taxon (fix): Argya
प्रजाति: Template:Taxonomy/ArgyaA. affinis
वैज्ञानिक नाम
Template:Taxonomy/ArgyaArgya affinis
(थोमस जेर्डन, सन् १८४५)
पर्याय

Turdoides affinis

पहेँलो ठुँडे भ्याकुर भ्याकुर प्रजातिमा पर्ने एक पन्छी हो जुन दक्षिण भारतश्रीलङ्कामा पाइन्छन्। पहेँलो ठुँडे भ्याकुर श्रीलङ्का र दक्षिणी भारतमा साधारण निवासी प्रजनन चरा हो। यी पन्छीहरू सामान्यतया झाडी, खेती र बगैँचामा बसोबास गर्छन्। यो प्रजाति, प्रायः अन्य भ्याकुर प्रजाति जस्तै, छोटो दुरीमा बसाइँसराइ गर्छन्। यी झुक्किएर कहिलेकाहीँ बगाले भ्याकुर पनि भनिन्छ जसको बासस्थान क्षेत्र दक्षिणी भारतको केही भागमा पर्छन्। यद्यपि यी पन्छीहरू अधिक वनस्पति हुने ठाउँमा फेर पर्छन्। यी पन्छीहरू हेर्दा खेरी सेतो-टाउके भ्याकुर जस्तै हुने भएकाले सामान्यतया मानिसहरू भ्रमित हुन्छन्। पहेँलो ठुँडे भ्याकुरलाई पहिलोपटक सन् १८४५ मा थोमस जेर्डनले वर्णन गरेका थिए। यस पन्छीलाई पहिला टेर्डियस प्रजातिमा राखिएको थियो तर सबै विवरणको अनुसन्धान पश्चात् यसलाई आर्गाय प्रजातिमा राखिएको थियो।[२][३]

वितरण[सम्पादन गर्ने]

Yellow-billed Babbler (Turdoides affinis) by Dharani Prakash.jpg

यस प्रजातिको पन्छीको शरीरको माथिल्लो भाग खैरो र फुस्रो हुन्छ भने यसको तल्लो भाग हल्का पहेँलो हुन्छ। यस पन्छीको टाउकोको भाग पनि खैरो हुन्छ। भारतको दक्षिण भूभागमा पाइने यस प्रजातिको पन्छीहरूको टाउकोको भाग हल्का सेतो हुन्छ।[४] [५] यस पन्छीको पुच्छरको फेद फराकिलो र गाढा खैरो हुन्छ। भारतको सुदूर दक्षिणमा पाइने यस प्रजातिहरू श्रीलङ्काका उप-प्रजातिसँग मिल्दोजुल्दो हुन्छन् र यसको टाउकोको रङ र पछाडिको भाग गाढा खैरो हुन्छ। पहेँलो ठुँडे भ्याकुरको आँखा निलो र सेतो हुन्छ। भारतमा पाइने यस प्रजातिका पन्छीको घाँटी र माथिल्लो भागमा छिर्केमिर्के धर्साहरू हुन्छन्। श्रीलङ्कामा पाइने यी पन्छीहरू बगाले बगेडी जस्तै देखिन्छन्। यस प्रजातिमा सात विशिष्ट आवाजहरू उल्लेख गरिएको छ र यस प्रजातिको बगाले बगेडी भन्दा उच्च पिच हुन्छ। यस प्रजातिको वर्गीकरण विगतमा भ्रममा परेको थियो।[६][७]

वितरण र बासस्थान[सम्पादन गर्ने]

यस प्रजातिको भ्याकुर दक्षिण भारत र श्रीलङ्कामा छरिएर बसेका छन्। यी पन्छीहरू भारतको आन्ध्र प्रदेश, गोदावरी नदीको दक्षिण, बेलगाँउ र तामिल नाडुमा भेटिन्छन्। यस पन्छीले बगाले भ्याकुर भन्दा कम उचाई र सुख्खा आवास मन पराउँछ तर कहिलेकाँही यो प्रजाति बगाले भ्याकुरसँग पछि फेला पर्दछ। श्रीलङ्कामा पाइने उप-प्रजातिहरू घना जङ्गलबाट जोगिन लगभग १५०० मिटरसम्म तल्लो भूमि र पहाडहरूमा पाइन्छ।

व्यवहार[सम्पादन गर्ने]

YellowBilledBabblersBathing aw6789.jpg

पहेँलो ठुँडे भ्याकुर सातदेखि दश वा सो भन्दा बढि बगालमा बस्छ। यी पन्छीहरू समूहमा बस्ने हुनाले यसले ठूलो आवाज निकाल्छ जुन टाढा सम्म पनि सुन्न सकिन्छ। यस पन्छीको समूहको एक सदस्य अलिक उच्च ठाउँमा बसी समूहको चौकीदारी गर्छ भने अन्य सदस्यहरूले आहाराको जुगाड गर्छन। यस पन्छीको मुख्य आहारा भनेको साना किराहरू हो तर यी पन्छीले फलफूल पनि खाने गर्छन्।[८] यी पन्छीहरू छोटो दुरीमा मात्र उड्ने गर्छन् भने यी पन्छीहरू निरन्तर १८० मिटर भन्दा बढी उड्न सक्दैन। उड्न भन्दा अगाडि यी पन्छीहरू रूखको छुप्पोबाट उड्ने गर्दछन्।


यी पन्छीहरू सामान्यतया बिहान ६ बगे उठिसकेका हुन्छन्। यी पन्छीहरू दिउँसोको १: ३० देखि ४:३० बजे सम्मको गर्मीमा निस्कृय रहन्छन्। यी पन्छीहरू साँझको ७:३० बजे पछि समूहमा पुग्छन् र आफुलाई चुच्चोले कनाएर सफा गर्छन्। समूहका सदस्यहरू आफ्ना बचेरा र समूहका अन्य सदस्यसँथ बास बस्छन्।[९][१०] पहेँलो ठुँडे भ्याकुर विशेष गरी नुहाउन मनपराउँदछन् र यी पन्छीहरू दिउँसो बेलुका बेलुका साँझको समयसम्म नुहाउने क्षेत्रको भ्रमण गर्छन्। कहिलेकाँही यी पन्छीहरू पोखरीमा १८:३० बजे सूर्यास्त भएपछि पनि जाने गर्छन्।

शिवाकाशी समतल क्षेत्रमा गरिएको एउटा अध्ययनले समूहको बासस्थान दायरा ०.४ वर्ग किलोमिटरमा फैलिएको छ भने बासस्थान दायरा भित्र प्रति किलोमिटर ५५ चराहरू भेटिन्छ। [११]


प्रजनन[सम्पादन गर्ने]

Yb Babbler DSC 7018.jpg

यस प्रजातिको पन्छीको गुँडहरू वर्षभरि नै विभिन्न बासस्थान दायरामा देखिएको छ तर प्रजनन मौसम वर्षा ऋतुको शुरूवात हुनुभन्दा अघि हुन्छ।[१२][१३][१४] यस पन्छीले आफ्नो गुँड सानो रुखमा बनाउने गर्छन् भने यसले गुँड बनाउँदा सुकेका झार, रुखका मसिना हाँगाहरूको प्रयोग गर्दछ। यस पन्छी द्वारा निर्मित अधिकांश गुँडहरू चार मिटरको उचाई भन्दा तल हुन्छ। गुँड एउटा सानो कचौरा जस्तो देखिन्छ जुन रुखको हाँगामा बनाइन्छ।[१५][१६]

यस पन्छीको पोथी जातिले एक अथवा दुई अण्डा पार्ने गर्दछ जुन चम्किलो हुन्छ भने श्रीलङ्काली भ्याकुरहरूले एकपटकको प्रजनन मौसममा ५ अण्ड सम्म पार्ने गर्दछ।[१७] अण्डा पारेको १४ देखि १६ दिन पछि अण्डाबाट चल्लाहरू निस्किन्छन्।[१८][१९] पोथी पन्छी अण्डाबाट चल्ला निस्किएपछि चल्ला माथी नबसी गुँडको किनारमा बस्ने गर्दछ।[१५] ठूलो खालको कोहिलीले चल्लाको सिकार गर्ने गरेको पाइएको छ भने कहिलेकाँही बगाले भ्याकुरले पनि पहेँलो ठुँडे भ्याकुरको चल्लालाई सिकार गर्ने गरेको देखिएको थियो। साना चल्लाहरूको मुख्य आहारा किराहरू हुन्।[२०]

संस्कृति[सम्पादन गर्ने]

श्रीलङ्कामा यो पन्छीलाई सिन्हाला भाषामा डेमालिच्चा भनेर चिनिन्छ।[२१]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "Turdoides affinis", अन्तरराष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूची संस्करण 2013.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ, २०१२, अन्तिम पहुँच २६ नोभेम्बर २०१३ 
  2. Cibois, A.; Gelang, M.; Alström, P.; Pasquet, E.; Fjeldså, J.; Ericson, P.G.P.; Olsson, U. (२०१८), "Comprehensive phylogeny of the laughingthrushes and allies (Aves, Leiothrichidae) and a proposal for a revised taxonomy", Zoologica Scripta 47 (4): 428–440, डिओआई:10.1111/zsc.12296 
  3. Gill, Frank; Donsker, David, सम्पादकहरू (२०१९), "Laughingthrushes and allies", World Bird List Version 9.1, International Ornithologists' Union, अन्तिम पहुँच २० जनवरी २०१९ 
  4. Rasmussen, PC; JC Anderton (2005). Birds of South Asia: The Ripley Guide.. 2. Smithsonian Institution & Lynx Edicions. प॰ 447. 
  5. Ali, S; S D Ripley (1996). Handbook of the birds of India and Pakistan. 6 (2nd संस्करण). Oxford University Press. pp. 232–234. 
  6. Ripley, S Dillon (१९५८), "Indian Birds. VII.", Postilla 35: 1–12। 
  7. Oberholser, H (१९२०), "Mutanda ornithologica IX.", Proc. Biol. Soc. Wash. 33: 83–84। 
  8. Davidar, ERC (१९९४), "Exotic diet of Whiteheaded Babblers Turdoides affinis (Jerdon).", J. Bombay Nat. Hist. Soc. 91 (2): ३२१। 
  9. Jose, Boby (2001). Ecological isolation of Babblers (Turdoides spp.). Mahatma Gandhi University. Ph.D. Thesis. http://www.mgutheses.org/page/?q=T%201200&search=&page=&rad=. 
  10. Johnsingh, AJT; Paramanandham, K; Murali, S (१९८२), "Foraging behaviour and interactions of Whiteheaded Babbler Turdoides affinis with other species.", J. Bombay Nat. Hist. Soc. 79 (3): 503–514। 
  11. Zacharias, VJ; Mathew, DN (१९९८), "Behaviour of the Whiteheaded Babbler Turdoides affinis Jerdon.", J. Bombay Nat. Hist. Soc. 95 (1): 8–14। 
  12. Johnsingh, AJT; Paramanandham, K (१९८२), "Group care of White-headed Babblers Turdoides affinis for a Pied Crested Cuckoo Clamator jacobinus chick.", Ibis 124 (2): 179–183, डिओआई:10.1111/j.1474-919X.1982.tb03758.x 
  13. Raj, PJ Sanjeeva (१९६४), "Communal breeding in the Whiteheaded Babbler [Turdoides affinis (Jerdon)] in Tambaram, Madras State.", J. Bombay Nat. Hist. Soc. 61 (1): 181–183। 
  14. Perera, M. Sandun J. (२००७), "Brood Parasitism by Pied Cuckoos on the Yellow-billed Babbler" (PDF), Siyoth 2 (2): 42–43। 
  15. १५.० १५.१ Zacharias, V.J & Anil Mathew, D.N. (१९८८), "Ecology of Babblers (Turdoides spp.)", J. Bombay Nat. Hist. Soc. 85 (1): 50–63। 
  16. Prasad G; Nameer PO & MV Reshmi (२००१), "Brood parasitism by Indian Hawk-cuckoo (Hierococcyx varius Vahl)." (PDF), Zoos' Print Journal 16 (8): 554–556, डिओआई:10.11609/jott.zpj.16.8.554-6 
  17. Zacharias, VJ; Mathew, DN (१९७७), "Malabar Jungle Babbler Turdoides striatus malabaricus (Jerdon) and Whiteheaded Babbler Turdoides affinis affinis (Jerdon) jointly caring for the chicks of the latter.", J. Bombay Nat. Hist. Soc. 74 (3): 529–530। 
  18. Jeyasingh, DEJ (१९७६), "Faecal feeding in the Whiteheaded Babbler Turdoides affinis (Jerdon).", J. Bombay Nat. Hist. Soc. 73 (1): 218–219। 
  19. Khacher, Lavkumar (१९७८), "Faecal feeding in the Whiteheaded Babbler, Turdoides affinis (Jerdon) - a rejoinder.", J. Bombay Nat. Hist. Soc. 75 (2): 490–491। 
  20. Gaston, A.J Matthew, D.N. & Zacharias, V.J. (१९७९), "Regional variation in the breeding seasons of Babblers in India", Ibis 121 (4): 512–516, डिओआई:10.1111/j.1474-919X.1979.tb06695.x 
  21. Anonymous (१९९८), "Vernacular Names of the Birds of the Indian Subcontinent" (PDF), Buceros 3 (1): 53–109। 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]