सामग्रीमा जानुहोस्

पाँडे पँजनी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(पाँडे पजनीबाट अनुप्रेषित)

पाँडे पजनी नेपालको राजनैतिक परिवेशमा प्रयोग हुने शब्द हो । यसको अर्थ आफ्नो नातेदार तथा नजिकका मानिसहरूलाई सरकारी पदहरू बाँड्नुलाई भनिन्छ । पाँडे पजनीमा सक्षम व्यक्तिहरूलाई निष्कासन गरी असक्षमहरूलाई पनि बहाली गरिन्छ । यस किसिमको व्यवस्थालाई भ्रष्टाचारमा मानिन्छ ।

भीम शमशेरले आफ्नो दरबारमा काम गर्ने दिलकुमारी तामाङ सुसारेसँग विहे गरी उनलाई सिता महारानी बनाएका थिए।[] भीमशमशेरले सीतालाई बडामहारानी घोषित गरिसकेपछि तीन दाजुभाई राजमान, हडमान र थानसिंहलाई तत्कालिन मूलुकी ऐन १९१० अनुसार जनै लगाइदिएर उनीहरूलाई पाँडे थरमा परिणत गराइदिएका थिए। भीम शमशेर श्री ३ महाराज भएपछि सिता महारानीका माइती भदाहरूको शासनमा पहुँच हुन थाल्यो। सरुवा, बढुवा, नियुक्ति, खोसुवामा उनीहरूको प्रभाव हुन थाल्यो। पाँडेहरूको यसै प्रभावलाई पाँडे पजनी भनिन्छ।[]

पजनी व्यवस्थाको अन्त्य गरी योग्यताका आधारमा कर्मचारीको नियुक्ति, पदोन्नति आदि गर्न विक्रम संवत २००८,असार १ गते लोकसेवा आयोगको स्थापना गरियो।

पारिवारिक जहाँनिया शासन व्यवस्थाको अन्त्य भएर उदार शासन व्यवस्था आएपनि पँजनी को अभ्यास सरकारी कार्यालयहरूमा,[] प्रहरी संगठनमा[][] र स्वास्थ्य क्षेत्रमा[][] भइरहेको छ।

यो पनि हेर्नुहोला

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "भीमशमसेरकी महारानी : दिलकुमारी तामाङ", ukaalo.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२६-०६-०५
  2. Karna Oli (२०२१-०९-२८), कर्मचारीतन्त्र बहुटाउके जीव (Multi headed hydra) जस्तो भयो : उमेश मैनाली पुर्वअध्यक्ष लोक सेवा आयोग, पृ: 38:10, अन्तिम पहुँच २०२६-०५-११
  3. "ओली र प्रचण्डमाथि बैठक टार्दै ‘पाँडे पजनी’ गर्न खोजेको आरोप", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२६-०६-०५
  4. "दलीय कोपभाजनमा सुरक्षा निकाय, प्रहरीमा 'पाँडे पजनी'", Annapurna Post (Nepaliमा), अन्तिम पहुँच २०२६-०६-०५
  5. [nepalpati.com › news › lokman-11
  6. "स्वास्थ्य सेवामा ‘पाँडे-पजनी’ !", Nepali Digital Newspaper (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२६-०६-०५
  7. link|date=September 2023 |bot=InternetArchiveBot |fix-attempted=yes

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]