सामग्रीमा जानुहोस्

पार्कवुड इन्टरटेनमेन्ट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पार्कवुड इन्टरटेनमेन्ट
व्यवसाय प्रकार
निजी
उद्योग
  • सङ्गीत
  • चलचित्र
  • मनोरञ्जन
स्थापित२००८; १८ वर्ष अघि (२००८)
स्थापनाकर्ताबियोन्से
केन्द्रीय कार्यालयलस एन्जलस, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका
मुख्य व्यक्ति
  • बियोन्से नोल्स-कार्टर (संस्थापक र प्रमुख कार्यकारी अधिकृत)
  • स्टीभ प्यामन (अध्यक्ष र प्रमुख परिचालन अधिकारी)
  • ज्यानेट रोले (महाप्रबन्धक)
सेवाहरू
  • व्यवस्थापन
  • भिडियो उत्पादन
मूल सङ्गठनColumbia Records विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
सहायक कम्पनीहरू
  • पार्कवुड भेन्चर्स
  • पार्कवुड टूरिङ
वेबसाइटbeyonce.com

पार्कवुड इन्टरटेनमेन्ट (अङ्ग्रेजी: Parkwood Entertainment) अमेरिकी गायिका बियोन्से नोल्स-कार्टरद्वारा सन् २०१० मा स्थापित व्यवस्थापन र मनोरञ्जन कम्पनी हो । सन् २००८ मा भिडियो र चलचित्र निर्माण गर्ने एकाइको रूपमा यसको स्थापना भएको थियो । सन् २०१६ सम्म न्यू योर्कमा अवस्थित पार्कवुड इन्टरटेनमेन्ट अहिले नोल्स-कार्टरको प्रमुख ठेगाना नजिकै लस एन्जलसमा सारिएको छ । बियोन्सेसँग सम्बन्धित सङ्गीत, चलचित्र र टेलिभिजन कार्यक्रमको निर्माण गर्ने पार्कवुड इन्टरटेनमेन्टको प्रथम उत्पादन सन् २००८ मा सार्वजनिक गरिएको क्याडिल्याक रेकर्ड्स थियो ।

इतिहास

[सम्पादन]

सन् २००८ मा अमेरिकी गायिका, अभिनेत्री, निर्माता र निर्देशिका बियोन्सेले सङ्गीत र भिडियो निर्माणको लागि पार्कवुड इन्टरटेनमेन्टको स्थापना गरेकी थिइन् । बियोन्सेको गृहनगर ह्युस्टन, टेक्ससमा रहेको सडकको नाम पछि कम्पनीको नाम पार्कवुड राखियो ।[१] बियोन्सेद्वारा सहनिर्मित र बियोन्सेले एटा जेम्सको भूमिका निर्वाह गरेको सन् २००८ मा सार्वजनिक गरिएको क्याडिल्याक रेकर्ड्स पार्कवुड इन्टरटेनमेन्टको प्रथम उत्पादन थियो ।[२] सन् २००९ मा उनी अब्सेस्डमा कार्यकारी निर्माता र कलाकारको भूमिकामा देखिइन् । न्यु योर्क्स स्कूल अफ भिजुअल आर्ट्स थिएटरमा उनको पाँचौँ एल्बमको निजी स्क्रीनिङमा उनले पार्कवुड इन्टरटेनमेन्टको बारेमा यसो भनिन्:

"मैले आफ्नो कामको प्रबन्धन र व्यवस्थापन आफैँ गर्ने उद्देश्यले आफ्नो कम्पनीको स्थापना गरेकी हुँ । कुनै ठूलो व्यवस्थापन कम्पनीमा जानु मैले आवश्यक मानिनँ । मडोनाको अनुसरण गर्दै मैले आफ्नो व्यवस्थापन आफैँ गर्न सक्छु भनेर देखाउन खोजेकी हुँ । आफ्नो सफलता, आफ्नो भाग्यको निर्माता आफैँ बन्न सकिन्छ भनेर मैले यस कम्पनीको स्थापना गरी अन्य महिलाहरूलाई देखाउन र प्रेरित गर्न चाहेकी छु ।"[३]

डिसेम्बर २०१३ मा पार्कवुड इन्टरटेनमेन्टले कुनै विज्ञापन र घोषणा नगरी बियोन्सेको पाँचौँ आत्मशीर्षकीय एल्बम सार्वजनिक गर्यो । यसले गर्दा प्रशंसकहरूबाट हास्य ट्विट राखे भने अन्य सङ्गीतकारहरूले आफ्नो आश्चर्य व्यक्त गरे ।[४][५] ट्विटरद्वारा सार्वजनिक गरिएको तथ्याङ्क अनुसार यस विषयमा १२ घण्टाको अन्तरलमा १२ लाख ट्विटहरू प्रकाशित भए ।[५] द गार्डियनका पीटर रबिन्सनले यो नयाँ एल्बमलाई सार्वजनिक गरेको उल्लेख गर्दै यसलाई "बियोन्सेगेड्डन" नाम दिए ।[६] पूर्व घोषणा र विज्ञापन नगरी आइट्यून्स स्टोरमा सार्वजनिक गरिएको यो एल्बम थोरै समयमा नै बिलबोर्ड २०० मा पहिलो स्थानमा पुगी संयुक्त राज्य अमेरिकामा यो उपलब्धि हासिल गर्ने बियोन्सेको पाँचौँ एल्बम बनेको थियो । सार्वजनिक भएको ३ दिन भित्र संयुक्त राज्यमा ६,१७,००० प्रति र विश्वव्यापी रूपमा ८,२८,७७३ प्रति बिक्री भई यो रेकर्ड त्यस बेला आइट्यून्समा सबै भन्दा बढी बिक्री भएको एल्बम बन्न पुगेको थियो ।[७] नोभेम्बर २०१४ मा नयाँ गीतका साथ यो एल्बमलाई प्लेटिनम संस्करणको उपलक्ष्यमा पुनः सार्वजनिक गरिएको थियो । एल्बमको निर्माण, यौनको अन्वेषण र बियोन्सेको गायनको लागि यसले सकारात्मक आलोचनात्मक प्रतिक्रिया पाएको थियो । नोभेम्बर २०१६ भित्र बियोन्सेले विश्वभर ८० लाख प्रति बिक्री गरी "एक्सओ", "ड्रङ्क इन लभ", "पार्टिशन" र "प्रीटि हर्ट्स" जस्ता एक्कलका रचना गरेकी छिन् ।[८]

अक्टोबर २०१४ मा बियोन्सेले पार्कवुड इन्टरटेनमेन्टबाट टपशपसँग साझेदारी गरी एथ्लेटिक स्ट्रीटवेयरको निर्माण गर्न पार्कवुड टपशप एथ्लेटिक लिमिटेडको स्थापना गरिन् । दुबै कम्पनीले यो नयाँ ब्र्यान्डबाट आधा भाग पाउँछन् । आफ्नो कम्पनीको प्रवर्धन भइरहँदा साझेदारी गर्न टपशप बाहेक कुनै कम्पनी थाहा नभएको कुरा बियोन्सेले बताइन् ।[९] नोभेम्बर २०१८ मा पार्कवुड इन्टरटेनमेन्टले सहसंस्थापक फिलिप ग्रीनको यौन दुर्व्यवहार र वर्णभेदको बारेमा थाहा पाए पछि आइभी पार्कको पूर्ण स्वामित्व प्राप्त गरेको खुलासा भयो ।

सन् २०१५ मा पार्कवुडको विस्तार भई आगामी कलाकार क्लोई x ह्याली, इन्ग्रिड बर्ली र सोफी बीमसँग व्यवस्थापनको साझेदारी गरियो ।[१०][११][१२]

सन् २०१६ मा जेपी मोर्गन चेजका स्टीभ प्यामन कम्पनीका अध्यक्ष र प्रमुख परिचालन अधिकारी बने ।[१३] त्यही साल पार्कवुड इन्टरटेनमेन्टले बियोन्सेको सकारात्मक आलोचनात्मक प्रतिक्रिया पाएको छैटौँ एल्बम लेमनेडलाई सार्वजनिक गरेको थियो । एल्बमको साथमा अप्रिल २३, २०१६ मा एचबीओमा उही नामको एक घण्टा लामो चलचित्र सार्वजनिक गरिएको थियो ।[१४]

पार्कवुड इन्टरटेनमेन्टलाई सन् २०१५ र सन् २०१७ गरी दुई चोटी फास्ट कम्पनीले १० अभिनव कम्पनीहरूको सूचीमा सूचिकृत गरेको छ ।[१५]

कलाकार

[सम्पादन]

सङ्गीत

[सम्पादन]

चलचित्र र टेलिभिजन विशेष

[सम्पादन]

चलचित्र

[सम्पादन]

टेलिभिजन विशेष

[सम्पादन]
  • आइम एम...वर्ल्ड टूर (सन् २०१०)[२०]
  • बियोन्से: यर अफ ४ (सन् २०११)[२१]
  • लाइभ एट रोजल्यान्ड: एलिमेन्ट्स अफ ४ (सन् २०११)[२२]
  • लाइफ इज बट अ ड्रीम (सन् २०१३)
  • द मिसेस कार्टर शो वर्ल्ड टूर (सन् २०१४)
  • अन द रन टूर (बियोन्से एन्ड जे-जी), रक नेशनको साथ (सन् २०१४)
  • लेमनेड (सन् २०१६)
  • होमकमिङ (सन् २०१९)
  • बियोन्से प्रिजेन्ट्स: मेकिङ द गिफ्ट (सन् २०१९)

सङ्गीत भिडियो

[सम्पादन]
  • "रन द वर्ल्ड (गर्ल्स)" (सन् २०११)
  • "बेस्ट थिङ आइ नेभर ह्याड" (सन् २०११)
  • "१+१" (सन् २०११)
  • "काउन्टडाउन" (सन् २०११)
  • "लभ अन टप" (सन् २०११)
  • "पार्टी" (सन् २०११)
  • "डान्स फर यू" (सन् २०११)
  • "प्रीटि हर्ट्स" (सन् २०१३)
  • "घोस्ट" (सन् २०१३)
  • "हौन्टेड" (सन् २०१३)
  • "ड्रङ्क इन लभ" (सन् २०१३)
  • "ब्लो" (सन् २०१३)
  • "नो एन्जल" (सन् २०१३)
  • "योन्से" (सन् २०१३)
  • "पार्टिशन" (सन् २०१३)
  • "जेलस" (सन् २०१३)
  • "रकेट" (सन् २०१३)
  • "माइन" (सन् २०१३)
  • "एक्सओ" (सन् २०१३)
  • "फ्ललेस" (सन् २०१३)
  • "सुपरपावर" (सन् २०१३)
  • "हेवन" (सन् २०१३)
  • "ब्लू" (सन् २०१३)
  • "ग्रोन वुमन" (सन् २०१३)
  • "रन" (सन् २०१४)
  • "७/११" (सन् २०१४)
  • "फीलिङ माइसेल्फ " (सन् २०१५)
  • "फोर्मेशन" (सन् २०१६)
  • "स्काईलाइन" (सन् २०१६)
  • "ड्रप" (सन् २०१६)
  • "फ्लेक्स" (सन् २०१६)
  • "प्रे यू क्याच मी" (सन् २०१६)
  • "होल्ड अप" (सन् २०१६)
  • "डोन्ट हर्ट योर्सेल्फ" (सन् २०१६)
  • "सरी" (सन् २०१६)
  • "६ इन्च" (सन् २०१६)
  • "ड्याडी लेसन्स" (सन् २०१६)
  • "लभ ड्राउट" (सन् २०१६)
  • "स्यान्डक्यासल्स" (सन् २०१६)
  • "फर्वर्ड" (सन् २०१६)
  • "फ्रीडम" (सन् २०१६)
  • "अल नाइट" (सन् २०१६)
  • "स्पिरिट" (सन् २०१९)
  • "बिगर" (सन् २०१९)
  • "डू इट" (सन् २०२०)
  • "फर्गिभ मी" (सन् २०२०)

ब्र्यान्ड

[सम्पादन]

सन्दर्भ सामग्री

[सम्पादन]
  1. ↑ "Beyoncé", म्यूजिक वर्ल्ड इन्टरटेनमेन्ट, मूलबाट मार्च ३१, २०१२-मा सङ्ग्रहित। अभिलेखिकरण २०१२-०३-३१ वेब्याक मेसिन
  2. ↑ बुकानन, जेसन, "Cadillac Records (2008)", अल मूभी।
  3. ↑ गेन्स्लर, एन्डी (डिसेम्बर २२, २०१३), "Beyonce on Self-Management, Following Madonna's Footsteps, Developing Other Artists", बिलबोर्ड (प्रोमिथिअस ग्लोबल मिडिया), मूलबाट २०१४-०९-१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०८-२०।
  4. ↑ सिल्स, हेजल (डिसेम्बर १३, २०१३), "'Beyonce' Made the Internet Explode Today", रोलिङ स्टोन।
  5. 1 2 लिपशट्ज, जेसन (डिसेम्बर १३, २०१३), "Beyonce's Surprise Album: 20 Tweets From Mind-Blown Musicians", बिलबोर्ड।
  6. ↑ रबिन्सन, पीटर (जनवरी १, २०१४), "Beyoncé has reinvented how to release an album. Over to you, Adele", द गार्डियन।
  7. ↑ Loughrey, Clarisse (नोभेम्बर २६, २०१५), "Adele's new album 25 is No.1 on iTunes in almost every country in the world", इन्डिपेन्डेन्ट।
  8. ↑ "According to Nielsen SoundScan, A Breakdown of Beyonce's US & Worldwide Album Sales", द हफिङटन पोस्ट।
  9. ↑ मिलिगन, लरेन (अक्टोबर २७, २०१४), "CONFIRMED: Beyoncé And Topshop Launch Activewear", भोग।
  10. ↑ "Beyonce's Parkwood Entertainment Offers 3 Teen Girls Management Contracts", म्यूजिक टाइम्स, मे २, २०१५।
  11. ↑ "Beyoncé's management company offers 3 teens contracts", न्यु योर्क डेली न्यूज।
  12. ↑ "Meet Ingrid, The Rapper Signed to Beyoncé's Label", द फेडर।
  13. ↑ "Beyonce's Management Company Parkwood Is Undergoing an Executive Overhaul", बिलबोर्ड।
  14. ↑ "Beyoncé Releases New Album Lemonade Featuring Kendrick Lamar, Jack White, the Weeknd, James Blake", पिचफोर्क, अप्रिल २३, २०१६।
  15. ↑ "The World's Top 10 Most Innovative Companies of 2015 in Music", फास्ट कम्पनी।
  16. ↑ "Beyonce's Singing Sister Duo Chloe x Halle Release Gorgeous 'Sugar Symphony' EP: Exclusive", बिलबोर्ड।
  17. ↑ "Sophie Beem – EP by Sophie Beem on Apple Music", आइट्यून्स।
  18. ↑ Braca, Nina (फेब्रुअरी २१, २०१८), "Chloe x Halle Announce Debut Album 'The Kids Are Alright,' Reveal Cover Art: Exclusive", बिलबोर्ड।
  19. ↑ मोरो, जोर्डन (जुलाई १९, २०२०), "Beyoncé Releases Trailer for ‘Black Is King’ Visual Album on Disney Plus (Watch)", भेराइटी।
  20. ↑ "Music World/Columbia Records Releasing Beyonce's I AM ... WORLD TOUR, the New Full-Length DVD Concert Film Experience Produced, Directed & Edited by Beyonce for Her Own Parkwood Pictures" (प्रेस विज्ञप्ति), न्यु योर्क: पिआर न्यूजवायर, नोभेम्बर १६, २०१०।
  21. ↑ सिडम्यान, रोबर्ट (जून २८, २०११), "MTV & BET to Simulcast "Beyonce: Year of 4" Special Thursday, June 30 at 7p" (प्रेस विज्ञप्ति), टिभी बाइ द नम्बर्स, मूलबाट २०११-०७-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०८-१६।
  22. ↑ "DVD Credits: Live at Roseland: Elements of 4", बियोन्से अनलाइन, मूलबाट मार्च ५, २०१३-मा सङ्ग्रहित। अभिलेखिकरण २०१३-०३-०५ वेब्याक मेसिन