पिपुल्स टेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पिपुल्स दूरसञ्चार र सूचना सेवा लिमिटेड
व्यवसाय प्रकार
निजी (गैर-सरकारी)
उद्योगदूरसञ्चार
स्थापितढाका, बङ्गलादेश
स्थापनाकर्ताटिम नरुण नबि
केन्द्रीय कार्यालयढाका बङ्गलादेश
शाखा सङ्ख्या
२०६
सेवा क्षेत्र
बङ्गलादेश
सेवाहरूपिएसटिएन टेलिकम, इन्टरनेट सेवा प्रदाता र ग्राहक सेवा केन्द्र आयोजक
कर्मचारी सङ्ख्या
३५०+
वेबसाइटptelco.net

पिपुल्स दूरसञ्चार र सूचना सेवा लिमिटेड (पिपुल्स टेल) (बङ्गाली: পিপলসটেল) बङ्गलादेशको एक प्रमुख दूरसञ्चार सेवा प्रदाता र निश्चित लाइन परिचालक हो । यो एक निजी सार्वजनिक स्विच टेलीफोन नेटवर्क (पिएसटिएन) , इन्टरनेट सेवा प्रदाता र ग्राहक सेवा केन्द्र आयोजक पनि हो । यसको मुख्यालय बङ्गलादेशको राजधानी ढाकामा अवस्थित छ ।

इतिहास[सम्पादन गर्नुहोस्]

पिपुल्स दूरसंचार र सूचना सेवा लिमिटेड (पिपुल्स टेल) बङ्गलादेश ग्रामीण दूरसंचार प्राधिकरण (ब्राटा) प्राइभेट लिमिटेडको उत्तराधिकारी कम्पनी हो ।[१] १९८९ मा स्थापना भएको यस कम्पनीले, २०३ ग्रामीण थानाहरू (बङ्गलादेशको सानो प्रशासनिक क्षेत्र), देशको उत्तर, उत्तर-पूर्व र उत्तर-पश्चिमी क्षेत्रहरूमा डिजिटल सञ्चार सेवा प्रदान गरेको थियो । सम्झौता बङ्गलादेश सरकारको प्रतिनिधि गर्ने सरकारी स्वामित्वमा रहेको बङ्गलादेश टेलिग्राफ र टेलिफोन बोर्ड (बीटीटीबी) को बिच भएको थियो । पछि १९९३ मा यो सम्झौता संशोधन गरिएको थियो र ब्राटालाई १९९ थानामा आफ्नो सेवा सञ्चालन गर्न लाई अनुमति पत्र प्रदान गरिएको थियो । यो बङ्गलादेशको पहिलो निजी दूरसंचार प्रदाताको हो ।

नयाँ गठन गरिएको बङ्गलादेश दूरसंचार विनियमक आयोग (बिटिआरसि)ले देशलाई ५ वटा पीएसटिएन सञ्चालक क्षेत्रको रूपमा बिभाजित गरेको थियो जो हुन (उत्तर-पश्चिम, उत्तर-पूर्व, दक्षिण-पश्चिम, दक्षिण-पूर्व र केन्द्रिय क्षेत्रहरू ) । २००३ मा बङ्गलादेश दूरसंचार विनियमक आयोगले केन्द्रीय क्षेत्र बाहेकका, ४ क्षेत्रहरूको लागि इजाजत पत्र प्रदान गर्ने निर्णय गरेको थियो । पिपुल्स टेलले २००४ मा ४ वटा क्षेत्रीय इजाजतपत्र प्राप्त गर्यो र १७ मर्च २००८ मा केन्द्रिय क्षेत्रमा पनि काम गर्ने अनुमतिपत्र प्राप्त गरेपछि २५ जून २००७ को पिएसटिएन सञ्चालक केन्द्रीय क्षेत्रको इजाजत पत्र जारी गर्ने निर्णय गरेको थियो ।

विकासक्रम[२][सम्पादन गर्नुहोस्]

१९८९: बङ्गलादेश ग्रामीण दूरसंचार प्राधिकरण (ब्राटा)लाई बङ्गलादेश दूरसंचारद्वारा ग्रामीण पीएसटीएन इजाजत पत्र दिइयो ।

१९९३: इजाजतपत्र नविकरण गरियो।

१५ डिसेम्बर २००३: बीआरटीए निर्देशकहरु बीच एक पारस्परिक सम्झौताका कारण दुई शाखामा बिभाजित भएको थियो ।

फेब्रुअरी २००४: बिभाजित ५ क्षेत्रहरू मध्य ४ क्षेत्रहरूको लागि इजाजत पत्र प्रदान गरियो ।

१७ मार्च २००८: पिपुल्स टेलले केन्द्रीय क्षेत्र (ढाका) मा काम गर्न पाउने इजाजत पत्र प्राप्त गर्यो, यस प्रकार यो एक राष्ट्रव्यापी पिएसटिएन सञ्चालक बन्न पुग्यो ।

कम्पनीको जानकारी[सम्पादन गर्नुहोस्]

कम्पनीको नारा[सम्पादन गर्नुहोस्]

जहाँ पनि र सबैका लागि (बङ्गाली: সর্বত্র আমরা সবার তরে

मुख्य व्याक्ति[सम्पादन गर्नुहोस्]

  • अध्यक्ष: टिम नरुण नबि
  • निर्देशकहरू: शमिम शौकत र समिमा नबि

प्रयोगकर्ता[सम्पादन गर्नुहोस्]

जनवरी २०१० का अनुसार, यसका १.५ लाख प्रयोगकर्ताहरू छन् ।

सेवा र समाधानहरू[सम्पादन गर्नुहोस्]

पिलुल्स टेल सेवाको विभिन्न दायराका सेवाहरू प्रदान गर्दछ । पिएसटिएन सञ्चालकको साथमा, पिपुल्स टेल पनि एक राष्ट्रव्यापी इन्टरनेट सेवा प्रदायक हो र ग्राहक सेवा केन्द्र सेवा सञ्चालक पनि हो ।

पिपुल्स टेल, टेलिफोनी आईपी सञ्जाल सुरू गर्ने बङ्गलादेशको पहिलो सञ्चालक हो । प्रणालीले पिपुल्स टेललाई पोस्टपेड र प्रीपेड सम्पर्क कार्ड, कलब्याक, सफ्टफोन र अन्तर्राष्ट्रिय कल अग्रेषण (आईसीएफ) प्रस्ताव गर्न सक्षम पर्दछ ।

८ अगस्ट २००९ मा ३१,००० निश्चित लाइन फोन, इन्टरनेट र डाटा जडानका लागि पिपुल्स टेलले सबैभन्दा ठूलो दूरसञ्चार कर्पोरेट सम्झौतामा जमुना समूहसँग हस्ताक्षर गरेको थियो । मार्च २००७ मा पिपुल्स टेलले यसलाई अझै बिस्तार गर्ने घोषण गरेको थियो ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]