पुजार सार्की
पुजार सार्की | |
---|---|
![]() रङ्गमञ्च प्रदर्शीत पोस्टर | |
नेपाली | पुजार सार्की |
निर्देशक | दिनेश राउत |
लेखक | विकास सुवेदी |
निर्माता | सुवास भुसाल |
मुख्य कलाकार | आर्यन सिग्देल प्रदीप खड्का पल शाह अञ्जना बराइली परिक्षा लिम्बू |
छायाङ्कन | राजेश श्रेष्ठ |
सम्पादन | भरत रेग्मी |
सङ्गीत | करणराज कार्की सुवास भुसाल |
वितरक कम्पनी | किङडम नेटवर्क |
वितरक | आरआर फिल्म्स |
प्रदर्शन मिति | १० जेठ २०८१ नेपाल |
देश | नेपाल |
भाषा | नेपाली |
पुजार सार्की[१] विकास सुवेदीद्वारा लिखित, दिनेश राउतद्वारा निर्देशित र किङडम नेटवर्कको ब्यानरमा सुवास भुसालद्वारा निर्मित १० जेठ २०८१ मा, प्रदर्शन मा आएको नेपाली भाषाको चलचित्र हो।[२][३] चलचित्रमा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली र परिक्षा लिम्बुको अभिनय रहेको छ। यो चलचित्र सामाजिक मुद्दा, नेपालको जाति व्यवस्थामा आधारित छ।[४][५]
कथावस्तु
[सम्पादन गर्नुहोस्]२०४६ सालको वरपर र माओवादी जनयुद्ध कालीन कथावस्तुहरूमा आधारित छ। जात व्यवस्थाको कारणले गर्दा चलचित्रका मैते (प्रदीप खड्का) र गौमाया (परिक्षा लिम्बू) र पुजार (आर्यन सिग्देल) र मैया (अञ्जना बराइली)को प्रेम सम्बन्ध विवाहमा परिणत हुन सकेको छैन। यिनै पात्रहरूले उक्त व्यवस्थाले गर्दा विभिन्न प्रकारका सङ्घर्षहरू गर्नुपरेको छ। चलचित्रमा तात्कालिक समाजले नै स्वीकार नगर्ने अन्तरजातीय विवाहलाई मुख्य द्वन्द्वको रूपमा प्रस्तुत गरिएको छ। [६]
पात्र
[सम्पादन गर्नुहोस्]- आर्यन सिग्देल पुजार सार्कीको रूपमा
- प्रदीप खड्का मैतबहादुरको रूपमा
- पल शाह मेघराजको रूपमा
- अञ्जना बराइली
- परिक्षा लिम्बू
- प्रेम सुब्बा
- लोकेन्द्र लेखक
- मोहन निरौला
- सुवास गजुरेल
- तारा शर्मा
- विद्या कार्की
- शङ्कर आचार्य
- वसन्त भट्ट
- गोविन्द रमण पराजुली
- राजेश बिशुराल
- राजु ग्याबक
- सोनम ह्योलोमो
गीत
[सम्पादन गर्नुहोस्]करणराज कार्कीको सङ्गीत रहेको पहिलो गीत 'दर्शन गरे' २०८१ वैशाख ७ मा सार्वजनिक भएको थियो । सुवास भुसालको सङ्गीत रहेको दोस्रो गीत 'रिमै' २०८१ वैशाख १८ मा सार्वजनिक भएको थियो। [७] तेस्रो गीत जाउँ माया २०८१ जेठ १ मा, सार्वजनिक गरिएको थियो जसको सङ्गीतकार सुवास भुसाल थिए।[८][९]
क्र.सं. | शीर्षक | शब्द | गायक/गायिका(हरू) | लम्बाइ |
---|---|---|---|---|
१. | "दर्शन गरेँ" | हर्क साउद | प्रकाश सपुत, शान्ति श्री परियार | ०८:४६ |
२. | "रिमै" | दिनेश राउत | देवेन्द्र बराल, मुना ठटाल | ५:१२ |
३. | "जाउ माया" | बि पाण्डे | चेतन क्षेत्री | ६:०६ |
कुल लम्बाइ: | २०:०२ |
प्रदर्शन
[सम्पादन गर्नुहोस्]यो चलचित्र १० जेठ २०८१ मा, प्रदर्शनमा आएको थियो।[१०][११]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "'पुजार सार्की' जेठ १० मा विश्वव्यापी रिलिज हुने", सेतोपाटी (नेपालीमा), २०२४-०४-०५, मूलबाट २०२४-०५-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०५-२०।
- ↑ "'रोमान्टिक छवि' बदलिने अपेक्षामा आर्यन", अनलाइन खबर (नेपालीमा), २०२४-०५-१७, मूलबाट २०२४-०५-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०५-२०।
- ↑ "'पुजार सार्की' को लुक्सबारे आर्यन– बुवाको पुरानो फोटो हेरेर नक्कल गरेँ", सेतोपाटी (नेपालीमा), २०२४-०५-१७, मूलबाट २०२४-०५-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०५-२०।
- ↑ "दलित आयोगमा 'पुजार सार्की'", गोरखापत्र, २०२४-०५-०४, मूलबाट २०२४-०५-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०५-२०।
- ↑ "'पुजार सार्की'को ट्रेलरमा जातीय विभेदको कथा", रातोपाटी (नेपालीमा), २०२४-०५-०७, मूलबाट २०२४-०५-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०५-२०।
- ↑ "‘पुजार सार्की’ : गम्भीर विषय, सतही प्रस्तुति" (नेपालीमा), १४ वैशाख २०८१।
- ↑ "'पुजार सार्की'को नयाँ गीत 'रिमै'मा फिल्मको कथासार", अनलाइन खबर (नेपालीमा), २०२४-०४-३०, मूलबाट २०२४-०५-०६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०५-२०।
- ↑ "'पुजार सार्की' को 'जाँऊ माया' गीत सार्वजनिक (भिडिओ)", सेतोपाटी (नेपालीमा), २०२४-०५-१४, मूलबाट २०२४-०५-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०५-२०।
- ↑ "पुजार सार्कीको तेस्रो गीत 'जाउ माया' सार्वजनिक", Khabarhub (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०५-२३।
- ↑ "'फर्की फर्की' र 'पुजार सार्की' को सुखद् सुरूआत", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२४-०५-२३।
- ↑ "'पूजार सार्की'को सानदार ओपनिङ, हलमा देखियो तीन स्टारको क्रेज (तस्वीरसहित)", फिल्मी खबर, अन्तिम पहुँच २०२४-०५-२३।