सामग्रीमा जानुहोस्

पुनरावेदन अदालत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पुनरावेदन अदालत सर्वोच्च अदालत भन्दा निम्न तहको र जिल्ला अदालत भन्दा माथिल्लो तहको अदालत हो। नेपाल राज्यमा नेपाल सरकार मन्त्रिपरिषद्ले सर्वोच्च अदालत र न्यायपरिषद्सँग परामर्श गरी तोकेको संख्यामा पुनरावेदन अदालतहरू रहने व्यवस्था छ। पुनरावेदन अदालतको मुकाम रहेको स्थान बाहेक सो अदालतको प्रादेशिक अधिकारक्षेत्र भित्रको अन्य कुनै स्थान वा स्थानहरूमा निश्चित अवधिको लागि इजलास कायम गर्ने गरी मुकाम तोक्न उपयुक्त देखेमा प्रधान न्यायाधीशले न्याय परिषद्को सिफारिशमा सो अदालतको एक वा एक भन्दा बढी न्यायाधीशहरूलाई त्यसरी इजलास कायम गर्न खटाउन सक्ने सक्ने व्यवस्था पनि रहेको छ। हाल नेपाल भर पुनरावेदन अदालतहरूको संख्या १६ छन् भने ओखलढुङ्गामा पुनराबेदन अदालत राजविराजको मुकाम स्थापना गरिऐको छ।

प्रत्येक पुनरावेदन अदालतमा एकजना मुख्य न्यायाधीश र आवश्यक संख्यामा अरु न्यायाधीशहरू रहने व्यवस्था छ। कुनै पुनरावेदन अदालतमा कार्यबोझ बढेको अवस्थामा कुनै खास अवधिको लागि अतिरिक्त न्यायाधीश नियुक्त गर्न सकिने व्यवस्था पनि रहेको छ। यस आर्थिक वर्षो अन्तमा पुनरावेदन अदालतमा मुख्य न्यायाधीशहरू ६, अन्य न्यायाधीशहरू ५९ जना कार्यरत रहनु भएको छ।

नेपालमा पुनरावेदन अदालतहरू

[सम्पादन गर्नुहोस्]
क्रम संख्या कार्यालय जिल्ला संख्या जिल्लाहरू
1इलाम4ताप्लेजुङ, पाँचथर, ईलाम र झापा
2बिराटनगर2मोरङ र सुनसरी
3धनकुटा4तेर्हथुम, भोजपुर, धनकुटा र संखुवासभा
4राजविराज6सोलुखुम्बु, ओखलढुङगा, उदयपुर, खोटाङ, सप्तरी र सिराहा
5जनकपुर5सिन्धुली, रामेछाप, धनुषा, महोत्तरी र सर्लाही
6पाटन9दोलखा, रसुवा, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, काठमाण्डौ, ललितपुर र भक्तपुर
7हेटौँडा5मकवानपुर, बारा , पर्षा, रौतहट र चितवन
8पोखरा6मनाङ, गोरखा, लमजुङ, स्याङजा, तनहुँ र कास्की
9बाग्लुङ4मुस्ताङ , म्याग्दी, पर्वत र बाग्लुङ
10बुटवल6गुल्मी, अर्घाखाँची, नवलपरासी, पाल्पा, रुपन्देही र कपिलवस्तु
11तुलसिपुर5रुकुम, रोल्पा, सल्यान, प्युठान र दाङ
12बिरेन्द्रनगर3दैलेख, सुर्खेत र जाजरकोट
13नेपालगञ्ज2बाँके र बर्दिरा
14जुम्ला5मुगु, कालिकोट, जुम्ला, हुम्ला र डोल्पा
15दिपायल5बझाङ, बाजुरा, डोटी, अछाम र कैलाली
16महेन्द्रनगर4दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर

बाहिरी लिङ्कहरू

[सम्पादन गर्नुहोस्]

सर्वोच्च अदालतको आधिकारीक वेबसाईट अभिलेखिकरण २००७-०९-२९ वेब्याक मेसिन