पुरानो डुङ्गा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पुरानो डुङ्गा
निर्देशकराम बाबु गुरुङ
लेखकराम बाबु गुरुङ
कथामोओत्से गुरुङ
निर्मातारौनक विक्रम कँडेल, ओम चन्द्र रुनियार, प्रकाश गुरुङ धनबहादुर गुरुङ
मुख्य कलाकारदयाहाङ राई, प्रियङ्का कार्की, माओत्से गुरुङ, मेनुका प्रधान, बुद्धि तामाङ
सम्पादननिमेश श्रेष्ठ
सङ्गीतकालीप्रसाद बासकोटा
वितरक
कम्पनी
माओस्ते गुरुङ चलचित्र
वितरकहाइलाइट्स नेपाल
प्रदर्शन मिति
२०७३ साल मङ्सिर १० गते (नेपाल)
अवधि
१ घण्टा ४२ मिनेट
देशनेपाल
भाषानेपाली

पुरानो डुङ्गा वर्ष २०७३ मा प्रदर्शीत नेपाली वियोगान्त पारिवारिक कथा चलचित्र हो । यो राम बाबु गुरुङ द्वारा निर्देशित अनि रौनक विक्रम कँडेल, प्रकाश गुरुङ,ओम चन्द्र रुनियार र धन बहादुर गुरुङ द्वारा निर्माण गरिएको हो। यस चलचित्रमा दयाहङ राई र प्रियङ्का कार्की प्रेमीको रूपमा मुख्य भूमिकामा छन् भने माओत्से गुरुङ र मेनुका प्रधान दयाहङ राईको दाइ र भाउजूको भूमिकामा छन्। यस चलचित्रको पटकथा वरिष्ठ साहित्यका उपेन्द्र सुब्बा र चलचित्र निर्देशक राम बाबु गुरुङले लेखेका हुन्।[१][२][३][४][५]

कथा वस्तु[सम्पादन गर्नुहोस्]

यस चलचित्रका प्रमुख पात्र भक्त बहादुर भुजेल(माओत्से गुरुङ) हुन् जुन उनको भाइ, एक सानो छोरा र श्रीमतीको साथमा एक झुप्रोमा बस्दै आएका हुन्छन् भने उनले जीविकोपार्जनमा लागि एक नदीमा डुङ्गा चलाउने गर्दछन्। भक्तेको भाइ बतासे (दयाहङ राई) एक बेरोजगार, जुवा तास तथा जाँडरक्सी खाँदै हिड्ने एक युवक हुन्छन् जसको चन्दु (प्रियङ्का कार्की) नामक एक केटीसँग प्रेम बस्छ भने बतासेले चन्दुलाई भेट्न जाने बाहानामा उसको जुवा तास खेल्ने साथीको मटरसाइकल बारम्बार माग्ने गर्दछन्। एक दिन बतासेले सबै गाउँले बोलाएर अंशबण्ड गर्ने निर्णय गर्छन् भने भक्त बहादुरले उसको डुङ्गा कुनै हालतमा पनि नदिने बताउँछन् जसका कारण दाजुभाइ बीच द्वन्द्व हुन्छ र डुङ्गा भएको स्थानमा उनीहरू बीच झगडा हुन्छ भने सबै गाउँलेले भक्ते र बतासेलाई छुटाउने क्रममा भक्तेलाई समात्छन् जसका कारण बतासेले डुङ्गा लगेर भाग्न सफल हुन्छ र उसले उक्त डुङ्गा सहरमा गै एक साहूलाई बेच्छ र डुङ्गाको पैसाले उसको साथीको मटरसाइकल खरिद गर्छ। चन्दु एक दोहोरी साँझमा काम गर्ने एक कर्मचारी हुन्छिन् भने चन्दुलाई उक्त दोहोरी साँझका सञ्चालक तथा साहूले मन पराउँछन् र उनलाई विवाह गर्न चाहन्छन्। एक दिन चन्दुको कोठामा अचानक दोहोरी साँझका साहू आइपुग्छन् र उनले चन्दुलाई आफ्नो भावना बुझाउने प्रयास गर्छन् तर उतिखेरै त्यहाँँ चन्दुका प्रेमी बतासे आउँछन् र उनले साहूलाई किन यहाँँ आएको भनेर प्रश्न सोध्छन् भने साहूले जवाफ स्वरुप "म आफ्नो कान्छी श्रीमतीसँग घरायसी कुरा गरिरहेको छु" भन्छन् र उक्त कुरा सुन्ने वित्तिकै बतासेले सीसाको रक्सीको बत्तलले साहूलाई प्रहार गर्छन् र त्यहाँँबाट निस्किएर एक यात्रु प्रतिक्षालयमा जान्छन्। यात्रु प्रतिक्षालयमा उनको भेट बुद्धि तामाङसँग हुन्छ जो अरबमा तीन वर्ष समय बिताएर भर्खरै नेपाल आएका हन्छन् भने बुद्धिले आफ्नो कथा बतासेलाई सुनाउँछन्।

भक्त बहादुरले पछि माछा बेचेको तथा घरायसी धन्दाबाट जम्मा गरको पैसाले पुरानो र ठाउँठाउँमा प्वाल परेको एक डुङ्गा किन्छन् भने उनको एक छिमेकीले (चोक कहलाएको) भुक्त बहादुरले डुङ्गा किनेर देखेर उनले पनि डुङ्गा किन्छन्। भक्त बहादुरले डुङ्गा देखेर उसलाई हप्काउँछन् जसका कारण उनीहरू बीच झगडा हुन्छ र भक्त बहादुरले घरबाट बञ्चर ल्याएर चोरको डुङ्गालाई तोडफोड गर्न थाल्छन् भने चोरले गाउँलेलाई गुहार्छ।

दोहोरीको साहूले चन्दुको घरमा गएका बेला उनीमाथि आक्रमण गर्ने युवकलाई समात्न माकुरे दादालाई बोलाएर केही रकम माकुरे दादा र उनको सहयोगीहरूलाई दिन्छन्। माकुरो दादाले साहूले बताए स्वरूप चन्दुको पिछा गर्न सुरु गर्छन् र एक ठाउँमा चन्दुको भेट बतासेसँग हुन्छ र बतासे र चन्दु भाग्न थाल्छन् र तीन वर्षपछि उनको श्रीमती चन्दुलाई देखेर बुद्धि तामाङ पनि उतैतिर भाग्छन्। भाग्ने क्रममा माकुरे दादाको गाडीले बुद्धि तामाङलाई ठक्कर दिन्छ तर प्रहरीको गाडी देखेर माकुरे दादाको समूह त्यहाँँबाट भाग्छन्। सडकमा लडिरहेका बुद्धि तामाङलाई देखेर चन्दु त्यहाँँ रोकिन्छन् र बतासेले उनको हात तान्दा पनि जान मान्दिनन्। चन्दु त्यहाँँ रोकिएको देखेर बतासेले बुद्धिलाई "चिन्छै र उसलाई" भनेर प्रश्न सोध्छन् भने बुद्धिले उनी मेरी आफ्नै श्रीमती हो भन्छन् जसका कारण बतासे चकित हुन्छ र त्यहाँँबाट एक्लै जान्छ।

बतासेको प्रेम कहानी पश्चात् यस चलचित्मार पुन: गाउँ तिरको कथा सामग्री देखाइन्छ। भक्त बहादुरले नष्ट गरेको डुङ्गाको मालिकले अन्ततः प्रहरीमा उजुरी दिन्छ भने प्रहरीले भक्त बहादुरलाई गिरफ्तार गर्न उनको घरसम्म आइपुग्छन्। भक्त बहादुरलाई प्रहरीले गिरफ्तार गर्छन् र डुङ्गामा हालेर उनलाई लान्छन्। आफ्नो श्रीमानलाई प्रहरीले गिरफ्तार गरी लगिरहेको देखेर मनमायाले भक्त बहादुरले खरिद गरेको पुरानो डुङ्गामा पछ्याउँछिन् तर अलिक टाढा पुगिसके पछि डुङ्गा विस्तारै डुब्न थाल्छ र मनमाया नदीमा फाल हान्छिन्। मनमायालाई देखेर भक्त बहादुर पनि उनलाई बचाउन नदीमा फाल हानि मनमायालाई किनारमा ल्याउँछन् तर मनमायाको मृत्यु भैसकेको हुन्छ। चलचित्रको अन्त्यमा भक्त बहादुरले उनको छोरालाई काँधमा हालेर घर छाडेको बतासेले हेरिरहन्छन्।

कलाकारहरू[सम्पादन गर्नुहोस्]

  • दयाहाङ राई बतासेको रूपमा
  • प्रियङ्का कार्की चन्द्राको रूपमा
  • माओत्से गुरुङ भक्त बहादुर भुजेलको रूपमा
  • मेनुका प्रधान मनमायाको रूपमा
  • सुदम सिके दोहोरी साँझको साहूको रूपमा
  • पुर्णिमा गुरुङ
  • मणिराम पोखरेल
  • बुद्धि तामाङ

सङ्गीत[सम्पादन गर्नुहोस्]

क्र.सं.शीर्षकगायक (हरू)लम्बाइ
१."निर"कालीप्रसाद बाँसकोटा३:०९
२."रुमानी रङ्"अनुपम शर्मा, अर्चाना शर्मा३:३२
३."माझी"कालीप्रसाद बाँसकोटा३:३९

पुरस्कार[सम्पादन गर्नुहोस्]

पुरानो डुङ्गाले प्राप्त गरेको पुरस्कारहरू
कार्यक्रम श्रेणी पाउने व्यक्ति नतिजा
पाँचौँ एनएफडिसी पुरस्कार [६] उत्कृष्ट कथा राम बाबु गुरुङउपेन्द्र सुब्बा विजयी
उत्कृष्ट चलचित्रता शैलेन्द्र ध्वज कार्की विजयी
उत्कृष्ट सङ्गीत कालीप्रसाद बासकोटा विजयी
उत्कृष्ट उप नायक माओत्से गुरुङ विजयी
उत्कृष्ट उप नायिका मेनुका प्रधान विजयी
नेपाल चलचित्र समालोचक सङ्घ[७] उत्कृष्ट अभिनेता माओत्से गुरुङ विजयी

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "‘Purano Dunga’ makes aggressive start at box office", My Republica (अङ्ग्रेजीमा), मूलबाट २०१७-०८-०७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०८-०६ 
  2. "‘Purano Dunga’ movie review: Distinctly tragic and deeply resonant – OnlineKhabar", मूलबाट २०१७-०८-०७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०८-०६  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०८-०७ मिति
  3. "Director Gurung back with Purano Dunga - The Himalayan Times", The Himalayan Times (अङ्ग्रेजीमा), २०१६-०२-०९, मूलबाट २०१७-०८-०७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०८-०६  वेब्याक मेसिन अभिलेखिकरण २०२०-११-३० मिति
  4. "Year 2073: Year of large collection in Nepali Movie", My Republica (अङ्ग्रेजीमा), मूलबाट २०१७-०८-०७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०८-०६ 
  5. "लुट-२ र पुरानो डुङ्गा अष्ट्रेलियामा पनि प्रदर्शन हुने", अनलाइन खबर, मूलबाट २०१७-०८-०७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०८-०६ 
  6. "Purano Dunga, Chhakka Panja steal limelight in 5th NFDC award", My Republica (अङ्ग्रेजीमा), मूलबाट २०१७-०७-०४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०८-०६ 
  7. "Cine artists felicitated with critics award (Photo feature)", My Republica (अङ्ग्रेजीमा), मूलबाट २०१७-१२-०१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-११-२८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]