पुरानो सहर (जेरुसेलम)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
जेरुसेलमको पुरानो सहर र उसको पर्खाल[१]
युनेस्को विश्व सम्पदा क्षेत्र
माथिल्लो पङ्क्ति: ओलिभ्स पर्वतबाट पुरानो सहर

मध्य पङ्क्ति: पुरानो सहरमा रहेको बजार; पश्चिमी पर्खालमा पूजा गर्दै एक यहुदी महिला

तल्लो पङ्क्ति: पवित्र चिहान भएको गिर्जाघर; पहाडी मन्दिर, कुब्बत अल-सखराअल-अक्सा मस्जिद
मापदण्डसांस्कृतिक: ii, iii, vi
सन्दर्भ148
सूचीकृतसन् १९८१ (? अज्ञात सत्र)
सङ्कटग्रस्तसन् १९८२–'वर्तमान'

पुरानो सहर (यहूदी: הָעִיר הָעַתִּיקָה, Ha'Ir Ha'Atiqah, अरबी: البلدة القديمة, al-Balda al-Qadimah, अङ्ग्रेजी: Old City) चौतर्फी पर्खालले[२] घेरिएको ०.९ वर्ग किलोमिटर (०.३५ वर्ग माइल) क्षेत्रफल ओगटेको आधुनिक जेरुसेलम सहरभित्र पर्ने एक स्थान हो।

पुरानो सहरको इतिहासलाई विशेष गरि पछिल्लो १,५०० बर्षमा जेरुसेलमको पुरानो नक्सामा महत्वपूर्ण विस्तार सहित कागजात गरिएको छ। यो क्षेत्रभित्र १९औँ शताब्दीको अन्तसम्म सम्पूर्ण जेरुसेलम सहर र यसका साथै छिमेकी गाउँ सिल्वान, र नयाँ यहूदी छिमेकीहरू जस्तै मिस्केनोट सानानिम रहेको थियो जुन पछि आएर नगरपालिकाको सिमानाको हिस्सा हुन पुगेको छ।

पुरानो सहरभित्र धेरै धार्मिक महत्त्वका क्षेत्रहरू छन् जसमा यहूदीहरूको पहाडी मन्दिरपश्चिमी पर्खाल, इसाईहरूको पवित्र चिहान भएको गिर्जाघरकुब्बत अल-सखरा र मुसलमानहरूको अल-अक्सा मस्जिद रहेको छ। यो सहरलाई सन् १९८१ मा युनेस्को विश्व सम्पदा क्षेत्रको सूचीमा राखिएको थियो।

परम्परागत रूपमा, पुरानो सहरलाई चार असमान बसोबास स्थलमा विभाजित गरिएको छ, यद्यपि वर्तमान पदनामहरू १९औँ शताब्दीमा मात्र प्रस्तुत गरिएको थियो।[३] आज पुरानो सहर मुसलमान, इसाई, आर्मेनियालीयहुदी बस्ती गरि विभाजित (उत्तरपूर्वी कुनाबाट घडीको दिशामा जाँदै) गरिएको छ। पुरानो सहरको स्मारकीय सुरक्षात्मक पर्खाल र सहरका ढोकाहरू सन् १५३५ देखि सन् १५४२ को बीचमा अटोमन सुल्तान सुलेमान प्रथमले निर्माण गरेका थिए।

जनसङ्ख्या[सम्पादन गर्ने]

भूगोल[सम्पादन गर्ने]

इतिहास[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Old City of Jerusalem and its Walls", UNESCO, अन्तिम पहुँच १३ जनवरी २०१४ 
  2. Kollek, Teddy (१९७७), "Afterword", in John Phillips, A Will to Survive – Israel: the Faces of the Terror 1948-the Faces of Hope Today, Dial Press/James Wade, "about 225 acres" 
  3. Ben-Arieh, Yehoshua (१९८४), Jerusalem in the 19th Century, The Old City, Yad Izhak Ben Zvi & St. Martin's Press, पृ: १४, आइएसबिएन 0-312-44187-8 

बाह्य कडीहरू[सम्पादन गर्ने]