पुरुषोत्तम शमशेर जङ्गबहादुर राणा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(पुरुषोत्तम जबराबाट अनुप्रेषित)
पुरुषोत्तम शमशेर जबरा
जन्म१९८२ चैत १५
चारबुर्जा दरबार
पेशाइतिहासकार
उल्लेखनीय कार्य
इतिहास
मातापिताईश्वर शमशेर

इतिहासकार पुरुषोत्तम शमशेर जबरा रुद्र शमशेरका नाति, ईश्वर शमशेरका छोरा हुन् । पुरुषोत्तम जबराको जन्म १९८२ चैत १५ मा चारबुर्जा दरबारमा भएको हो ।[१]

वाल्यकाल[सम्पादन गर्नुहोस्]

जिजुबुबा रुद्रसमशेर जबरालाई पाल्पा धपाउँदा उनी आठ वर्षको थिए ।उनले पाल्पा दरबारमै लेखपढ गर्न सिकेर भारतको युपी बोर्डबाट म्याट्रिक र बनारसको जयनारायण कलेजबाट इन्टर-मिडियट उत्तीर्ण गरे । थप उच्च शिक्षाका लागि बनारसकै हिन्दु विश्वविद्यालयमा भर्ना भए । [२]

काठमाडौँ आगमन[सम्पादन गर्नुहोस्]

उनी विसं. २००७ साल फागुन ४ गते बुबा र राजा त्रिभुवनसँग एउटै जहाजमा नयाँदिल्लीबाट काठमाडौँ आए ।[२]

पुस्तकहरू[सम्पादन गर्नुहोस्]

पुरुषोत्तम जबराले रचना गरेका पुस्तहरू निम्न अनुसार रहेका छन् ।

  • राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू
  • श्री ३ हरूको तथ्य बृतान्त (भाग १)
  • श्री ३ हरूको तथ्य बृतान्त (भाग २)
  • श्री ३ हरूको तथ्य बृतान्त (भाग ३)

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]