पोरशा उपजिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पोरशा
পোরশা
पोरशा is located in बङ्गलादेश
पोरशा
पोरशा
बङ्गलादेशको नक्शामा पोरशा उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: २५°१.५′उ॰ ८८°२९′पू॰ / २५.०२५०°N ८८.४८३°E / 25.0250; 88.483निर्देशाङ्कहरू: २५°१.५′उ॰ ८८°२९′पू॰ / २५.०२५०°N ८८.४८३°E / 25.0250; 88.483
देश बङ्गलादेश
विभागराजशाही विभाग
जिल्लानउगाँ जिल्ला
क्षेत्रफल
 • जम्मा२५२.८३ किमी (९७.६२ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११)
 • जम्मा१३२,०९५
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटनउगाँ जिल्लाको नक्शा

पोरशा (बङ्गाली: পোরশা) बङ्गलादेशको उत्तरी भागमा पर्ने जिल्ला नउगाँ जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ।[१]

भूगोल[सम्पादन गर्नुहोस्]

पोरशा बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°५४' देखि २५°०५' उत्तर अक्षांश र ८८°२४' देखि ८८°३९' पूर्वी देशान्तरणमा अवस्थित छ। परोशा उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २५२.८३ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई सापाहार उपजिल्लाले उत्तर, गोमस्तापुरनियामतपुर उपजिल्लाले दक्षिण, पत्नीतलामहादेवपुर उपजिल्लाले पूर्व र भारतको पश्चिम बङ्गाल राज्यले पश्चिमबाट घेरेको छ। शिव र पूनर्भावा नदि यस उपजिल्लाको प्रमुख नदिहरू हुन्। [२][३]

जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]

बङ्गलादेश राष्ट्रिय जनगणना अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या १२१८०९ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ६१८९६ छ भने महिलाको जनसङ्ख्या ५९९१३ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १०४५७१ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ८०५५ रहेको छ।[४] त्यस्तै गरी बौद्ध धर्मवलम्बीको जनसङ्ख्या १३९७, इसाई धर्मवलम्बीको जनसङ्ख्या ३२ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ७७५४ रहेको छ। यस उपजिल्लामा सन्थल, उराउँ र पहान जनजातिका मानिसहरू बसोबास गर्छन्। यस उपजिल्लामा २६८ मस्जिद, ४१ हिन्दु मन्दिर र १ गिर्जाघर रहेका छन्।[५][६]

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ भने यहाँको ५०.२०% भूभाग खेती योग्य रहेका छन्। यस उपजिल्लामा धान, गहुँ, आलु, तोरी आदि अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, कटहर र खरबुजा उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा ११ धान कुटानी केन्द्र, २ गहुँ पिसानी केन्द्र, ३ आइसक्रिम उद्योग, १६ फलाम कारखाना तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले धान, गहुँ, चामल र मौसमी तरकारी तथा अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका कोदो र खैनी पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा १४ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा २ माछापालन केन्द्र, १ दुग्ध सङ्कलन केन्द्र तथा ११ कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ८१.४४% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ३.१७% मजदुरी, व्यापार र उद्योगमा ०.२२%, वाणिज्यमा ५.४३%, सञ्चार र यातायातमा ०.९३%, निर्माण क्षेत्रमा ०.२५%, सुविधा ३.३४%, धार्मिक सेवा ०.१३%, वैदेशिक रोजगारी ०.०३% र अन्य ५.०६% रहेका छन्।

प्रशासन[सम्पादन गर्नुहोस्]

प्रशासकीय पोरशा थानाको स्थापना सन् १९३३ भएको थियो भने सन् १९८४ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियोे। हाल पत्नीतला उपजिल्लामा १ नगरपालिका, ११ सङ्घ परिषद्, २९७ मौजा र २९२ गाउँहरू रहेका छन्। हाल यस उपजिल्लामा ६ सङ्घ परिषद्, १५५ मौजा र २५३ गाउँहरू रहेका छन्।[७]

शिक्षा[सम्पादन गर्नुहोस्]

यस उपजिल्लाको कुल साक्षरता दर ३५.६% रहेको छ जसमध्ये पुरुषको साक्षरता ३८.५% छ भने महिलाको साक्षरता दर ३२.६% रहेको छ। यस उपजिल्लामा २ क्याम्पस, १११ प्राथमिक विद्यालय, मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; पोरशा डिग्री क्याम्पस (सन् १९६९), गनगुडिया प्राबिधिक तथा कृषि डिग्री क्याम्पस (सन् १९८७), पोरशा उच्च विद्यालय (सन् १९२७), निथापुर उच्च विद्यालय (सन् १९३६), पोरशा उच्च मदरसा तथा उच्च विद्यालय (सन् १९२७), पालाशबाडी चाँचिबाडी फजिल मदरसा (सन् १९६४) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (৯ জুলাই ২০১৪), "এক নজরে পোরশা", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার। [dead link]
  2. "पोरशा उपजिल्ला", बाङ्लापिडिया, अन्तिम पहुँच १५ नोभेम्बर २०१८ 
  3. "মালদহের तहসিল মানচিত্র", ভারতের মানচিত্র, अन्तिम पहुँच १५ नोभेम्बर २०१८ 
  4. "বাংলাদেশ জনসংখ্যা ও আবাসন আদমশুমারি ২০১১: জেলা রিপোর্ট - নাগাঁও", লিঙ্গ এবং বাসভবনের দ্বারা গৃহস্থালী এবং জনসংখ্যা, ধর্ম দ্বারা জনসংখ্যা, বয়সের এবং আবাস, জনসংখ্যার সাক্ষরতা বছর এবং তার বেশি ধর্ম, লিঙ্গ এবং বাসস্থান দ্বারা, বাংলাদেশ পরিসংখ্যান ব্যুরো (বিবিএস), পরিকল্পনা মন্ত্রক, গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার, अन्तिम पहुँच ९ डिसेम्बर २०१८  वेब्याक मेसिन अभिलेखिकरण २९ सेप्टेम्बर २०२२ मिति
  5. ধনঞ্জয় রায়, দিনাজপুর জেলার ইতিহাস, কে পি বাগচী অ্যান্ড কোম্পানি কলকাতা, প্রথম প্রকাশ ২০০৬, পৃষ্ঠা ২১১
  6. "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 
  7. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]