सापाहार उपजिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सापाहार उपजिल्ला
সাপাহার
सापाहार उपजिल्ला is located in बङ्गलादेश
सापाहार उपजिल्ला
सापाहार उपजिल्ला
बाङ्लादेशको नक्शामा सापाहार उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: २५°७.५′उ॰ ८८°३४.९′पू॰ / २५.१२५०°N ८८.५८१७°E / 25.1250; 88.5817निर्देशाङ्कहरू: २५°७.५′उ॰ ८८°३४.९′पू॰ / २५.१२५०°N ८८.५८१७°E / 25.1250; 88.5817
देश बङ्गलादेश
विभागराजशाही विभाग
जिल्लानउगाँ जिल्ला
क्षेत्रफल
 • उपजिल्ला२४४.४९ किमी (९४.४० वर्ग माइल)
 • महानगर
८.३ किमी (३.२ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार[१])
 • उपजिल्ला१६१,७९१
 • घनत्व६६०/किमी (१७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
हुलाक
६५६०
वेबसाइटसापाहार उपजिल्लाको आधिकारिक नक्शा

सापाहार बङ्गाली: সাপাহার बङ्गलादेशको उत्तरी भागमा पर्ने जिल्ला नउगाँ जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ।[२]

भूगोल[सम्पादन गर्नुहोस्]

सापाहार बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २५°०१' देखि २५°१३' उत्तर अक्षांश र ८८°२६' देखि ८८°३८' पूर्वी देशान्तरणमा अवस्थित छ। सापाहार उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २४४.४९ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई भारतको पश्चिम बङ्गाल राज्यले उत्तर, पोरशा उपजिल्लाले दक्षिण, पत्नीतला उपजिल्लाले पूर्व र भारतको पश्चिम बङ्गाल राज्यले पश्चिमबाट घेरेको छ। पुनर्भाबा नदि यस उपजिल्लाको प्रमुख नदि हो।[३][४][५]

इतिहास[सम्पादन गर्नुहोस्]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने तात्कालिक समयमा सापाहार क्षेत्र नम्बर ७ मा पर्थ्यो। अगष्ट १४ का दिन बङ्गलादेशको स्वतन्त्रका लागि लडिरहेका लडाकुहरूले पाकिस्तानी सेना सवार एक सवारीसाधनमा अचानक आक्रमण गर्दा ५ पाकिस्तानी सेनाको मृत्यु भएको थियो जसको फलस्वरूप पाकिस्तानी सेनाले हापनिया र वरिपरिका गाउँहरूका सर्वसाधारणहरूको सामूहिक हत्यम गरेका थिए भने थुप्रै घरटहराहरूमा आगजनी समेत गरेका थिए। पाकिस्तानी सेनाले पछि सापाहार मोहिला क्याम्पस र हातीडाङ्गा र अहई सङ्घ परिषद्का मानिसहरूको सामूहिक हत्यम गरेका थिए।

जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]

बङ्गलादेश राष्ट्रिय जनगणना अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या १४३८५३ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ७३९७४ छ भने महिलाको जनसङ्ख्या ६९८७९ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १३३८९३ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ६७९६ रहेको छ। त्यस्तै गरी बौद्ध धर्मवलम्बीको जनसङ्ख्या १००७, इसाई धर्मवलम्बीको जनसङ्ख्या ३१ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या २१२६ रहेको छ। यस उपजिल्लामा सन्थल, उराँव र महाली जनजातिका मानिस बसोबास गर्छन्। यस उपजिल्लामा २२५ मस्जिद, २३ हिन्दु मन्दिर १ गिर्जाघरहरू रहेका छन्। तेलीना मस्जिद, अलिनगर जामे मस्जिद आदि यस उपजिल्लाका प्रमुख धार्मिक स्थलहरू हुन्।[६]

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लामा धान, गहुँ, आलु, प्याज, लसुन, तोरी आदि अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, कटहर, मेवा र खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, तेल उद्योग, बिस्कुट कारखाना, इट्टा उद्योग, बिँडी कारखाना, फलाम उद्योग तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले धान, गहुँ, तोरी, खरबुजा तथा मौसमी तरकारी तथा अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका आलसको तेल र तिल पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा २६ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा ११ माछापालन केन्द्र, ८ दुग्ध सङ्कलन केन्द्र तथा ३२ कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ७९.०३% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै २.२३% मजदुरी, वाणिज्यमा ७.४६%, सञ्चार र यातायातमा १.३२%, निर्माण क्षेत्रमा ०.३७%, सुविधा ३.७६%, धार्मिक सेवा ०.१०%, वैदेशिक रोजगारी ०.०७% र अन्य ५.६६% रहेका छन्।

प्रशासन[सम्पादन गर्नुहोस्]

प्रशासकीय सापाहार थानाको स्थापना सन् १९७९ भएको थियो भने सन् १९८५ मार्च १ का दिन यसलाई उपजिल्लामा परिणत गरिएको थियोे। सापाहार उपजिल्ला सापाहार नगरपालिका सहित ६ सङ्घ परिषदमा विभाजन गरिएको छ जुन यस प्रकार छन्; अहई सङ्घ परिषद्, गोअला सङ्घ परिषद्, पथरी सङ्घ परिषद्, सापाहार सङ्घ परिषद्, साहिरान्ती सङ्घ परिषद् र लितना सङ्घ परिषद्। हाल सापहार उपजिल्लामा ६ सङ्घ परिषद्, १५२ मौजा/महल्ला र २२८ गाउँहरू रहेका छन्।[७]

शिक्षा[सम्पादन गर्नुहोस्]

यस उपजिल्लाको कुल साक्षरता दर ४०.४% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४३.६% छ भने महिलाको साक्षरता दर ३७% रहेको छ। यस उपजिल्लामा ६ क्याम्पस, ३८ माध्यमिक विद्यालय, ११४ प्राथमिक विद्यालय, ३ बाल उद्दान केन्द्र, १ कम्प्युटर शिक्षण संस्था, ५१ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; सापाहार सरकारी डिग्री क्याम्पस (सन् १९७३), सापाहार मोहिला क्याम्पस (सन् १९९५), कता पाडा एमएल उच्च विद्यालय (सन् १९२९), तघडिया उच्च विद्यालय (सन् १९५८), टिलना उच्च माध्यमिक विद्यालय (सन् १९५८), सापाहार पाइलट उच्च विद्यालय (सन् १९६२), मिलापाडा उच्च विद्यालय (सन् १९६४), कोचिकुरुलिया उच्च विद्यालय (सन् १९६४), चलक गोपाल उच्च विद्यालय (सन् १९६४), सापाहार सरकारी कन्या उच्च माध्यमिक विद्यालय (सन् १९७३), पथरिया फजिल मदरसा (सन् १९६१) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (১৫ জুলাই ২০১৫), "এক নজরে উপজেলা", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার। [dead link]
  2. মোঃ মুখলেছুর রহমান (सन् २०१२), "সাপাহার", in সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. "सापाहार उपजिल्ला", बाङ्लापिडिया, अन्तिम पहुँच १५ नोभेम्बर २०१८ 
  4. "দক্ষিণ দিনাজপুরের তহসিল মানচিত্র", ভারতের মানচিত্র, अन्तिम पहुँच १५ नोभेम्बर २०१८ 
  5. "মালদহের তহশীল মানচিত্র", ভারতের মানচিত্র, अन्तिम पहुँच १५ नोभेम्बर २०१८ 
  6. "Bangladesh Population and Housing Census 2011: Zila Report – Nagaon", Table P01 : Household and Population by Sex and Residence, Table P05 : Population by Religion, Age group and Residence, Table P09 : Literacy of Population 7 Years & Above by Religion, Sex and Residence, Bangladesh Bureau of Statistics (BBS), Ministry of Planning, Government of the People’s Republic of Bangladesh, अन्तिम पहुँच ९ डिसेम्बर २०१८  वेब्याक मेसिन अभिलेखिकरण २९ सेप्टेम्बर २०२२ मिति
  7. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]