प्रवीण खालिङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

[[चित्र:thumbnail

जुन २०११}}

शीर्षक अक्षर[सम्पादन गर्नुहोस्]

{प्रवीण खालिङ #prabin_khaling}

प्रवीण खालिङ (Prabin Khaling) भारतको २२औं राज्य सिक्किमको अप्पर सियारी कोपीबारी गाउँ निवासी हुन्‌।पिता स्वर्गीय प्रदीप खालिङ अनि माता श्रीमती गङ्गा खालिङको कोखमा ६ डिसेम्बर, १९८२-मा जन्मिएका प्रवीण खालिङ (Prabin Khaling)भारतीय नेपाली साहित्यमा उदीयमान कविका रूपमा चिनिन्छन्। पेशागत रूपमा पत्रकार रहेका खालिङले आफ्नो पत्रकारिताको करिअर साहित्य संग्राम हिन्दी दैनिक-बाट २००१-मा विद्यार्थी छँदै दार्जीलिङ संवाददाताको रूपमा शुरु गरेका हुन्। नेपाली र राजनीति शास्त्रमा एमएसम्मको शिक्षा आर्जन गरी सकेका खालिङले त्यसपछि त्रिवेणी साप्ताहिक -को सम्पादकको रूपमा (२००२-०५) कार्य गरे भने गान्तोकबाट प्रकाशित आजको सिक्किम -मा पनि संलग्न हुँदै सिलगढीबाट प्रकाशित दैनिक समाचार पत्र हाम्रो पहाड र समय दैनिक- केही समय संलग्न रहे। हाल गान्तोकबाट प्रकाशित ( अनुगामीनी पहिलो हिन्दी दैनिक ) लगायत भारतको चर्चित अङ्ग्रेजी दैनिक द टेलिग्राफका सिक्किम प्रतिनिधि हुन। प्रवीण खालिङ एक प्रयोगवादी कविका रूपमा चिनिन्छन्। उनी प्रसिद्ध हिन्दी दैनिक प्रभात खबर र प्रभात वार्ता (सिलगढीबाट प्रकाशित हिन्दी दैनिक) का सिक्किम प्रतिनिधि पनि रहिसकेका छन्। कवि/पत्रकार प्रवीण खालिङको सम्पादनमा भारतीय गोर्खाहरूको राष्ट्रिय साप्ताहिक पूर्वाञ्चल भारती समाचार (http://www.purvanchalbharati.blogspot.in/) २०१२ सालदेखि गान्तोकबाट लागातार प्रकाशमा आइरहेको छ। उक्त पत्रिका देशको १५ वटा राज्य अनि पूर्वी नेपाल र दक्षिण भोटाङमा समेत फैलिएको छ। फोटोग्राफी र कला भनेपछि हुरुक्कै हुने प्रवीण खालिङ गोर्खा जातिको उत्थान र देशमा गोर्खाहरूको हित हक रक्षा अनि अधिकार सुनिश्चित गराउने महान अभियानका योद्धा हुन्‌। भारतका गोर्खा समुदायका राष्ट्रिय छाता सङ्गठन भारतीय गोर्खा परिसंघका राष्ट्रिय महासचिव (सङ्गठन)को रूपमा सेवा पुऱ्याएका छन्। भारतीय नेपाली साहित्य लेखनमा 2015मा घोषणा गरिएको "समावेशी लेखन" का एक अभियन्ताको रूपमा साहित्य सिर्जना गरिरहेका छन्। कविको रूपमा उनको पहिलो कविता सङ्ग्रह "झरी" प्रेम कविताहरूको सङ्ग्रह 2015 मा प्रकाशित छ। समावेशी लेखनको प्रयोगको रूपमा उक्त कविता संग्रहलाई लिइएको छ। समावेशी लेखनकै परियोजनागत हिसाबले उक्त सङ्कलन प्रकाशित गरिएको हो।