फतेहपुर सिकरी
युनेस्को विश्व सम्पदा क्षेत्र | |
---|---|
![]() | |
मापदण्ड | सांस्कृतिक: ii, iii, iv |
सन्दर्भ | २५५ |
सूचीकृत | १९८६ (दशौ सत्र) |
फतेहपुर सिकरी (उर्दू: فتحپور سیکری) एक शहर हो, जुन आगरा जिल्ला को एक नगरपालिका हो । यो भारतको उत्तर प्रदेश राज्यमा अवस्थित छ । यो एतिहासिक सहर मुगल साम्राज्यको समयमा अकबर राजाकोको राज्य मा सन् १५७१ देखि सन् १५८५ सम्म रहेको थियो । पछि सम्भवत पानीको कमीले गर्दा यस सहरलाई खालि गराइएको थियो । फतेहपुर सिकरी हिन्दु र मुसलमान वास्तुकलाको मिश्रणको सबैभन्दा राम्रो उदाहरण हो । फतेहपुर सिकरी मस्जिदको बारेमा भनिन्छ कि यो मक्काको मस्जिदको नक्कल हो । अझ यसको वास्तुकला हिन्दु र पारसी वास्तुकलामा आधार मानेर निर्माण गरिएको छ । मस्जिदको प्रवेशद्वार ५४ मीटर अग्लो ढोकाको रहेको छ । जसको निर्माण सन् १५७० मा भएको थियो । मस्जिदको उत्तरमा शेख सलीम चिश्तीको दरगाह छ जहाँ नि:सन्तान महिलाहरू सन्तान माग्न आउने गर्दछन ।
इतिहास[सम्पादन गर्नुहोस्]
चित्र दिर्घा[सम्पादन गर्नुहोस्]
पंच तला पंच महल