फिलिप काउटिन्हो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फिलिप काउटिन्हो
20180610 FIFA Friendly Match Austria vs. Brazil Philippe Coutinho 850 1692.jpg
फिलिप काउटिन्हो २०१८ ब्राजिलमा
व्यक्तिगत जानकारी
पुरा नाम फिलिप काउटिन्हो
जन्म मिति (1992-06-12) १२ जुन १९९२ (उमेर ३०)
जन्म स्थान रियो डि जेनेरियो, ब्राजिल
उचाइ १.७२ मि[१]
खेल्ने स्थान(हरू) मिडफिल्डर
क्लब जानकारी
वर्तमान टोली
बार्सिलोना
सङ्ख्या १४
युवा करियर
१९९९–२००८ भस्को दा गमा
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००८–२०१३ इन्टर मिलान २८ (३)
२००८–२०१०भास्को दा गामा (लोन) १९ (१)
२०१२ईस्पानियोल (लोन) १६ (५)
२०१३–२०१८ लिभरपुल फुटबल क्लब १५२ (४१)
२०१८– बार्सिलोना ७२ (१६)
२०१९-२०२०बायर्न म्युनिख (लोन) २३ (८)
अन्तर्राष्ट्रिय करियर
२००९ ब्राजिल यु १७ (३)
२०११–२०१२ ब्राजिल यु २० (३)
२०१०– ब्राजिल ६३ (१८)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: 08:39, २५ नोवेम्बर २०२१ (UTC)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २५ नोवेम्बर २०२१

फिलिप काउटिन्हो कोरेया (ब्राजिली पोर्तुगाली: [fiˈlipi kowˈtʃĩj̃u]; जन्म १२ जुन १९९२), फिलिप काउटिन्होको नामले चर्चित छन ।

बाल्यकाल[सम्पादन गर्नुहोस्]

१२ जुलाई सन् १९९२ मा फिलिपो काउटिन्होको जन्म ब्राजिलको राजधानी रियो दि जेनरियोमा भएको थियो । राजधानी नजिकैको रोचास्थित त्यस्तो बस्तीमा काउटिन्हो हुर्किए, जहाँ , उद्योगहरुका लागि आवश्यक कच्चा पदार्थको भण्डारण हुने गरेको थियो । कंक्रिटको जङ्गल भनेर चिनिने यो बस्तीका खुला मैदान र सडकहरु काउटिन्होका लागि हराभरा स्थान थिए ।  

दुई दाजुहरूको पछि–पछि उनी फुटबल कुदाउँदै हिँड्थे । छोटो समयमै उनले दाजुहरु क्रिस्टियानो र लियन्द्रो मात्रै नभएर टोलका सबै बालकहरूलाई उछिने ।  चर्चित क्लब भास्को डि गामाले ट्रायलमा बोलायो । भास्को डि गामाको युथ टोलीमा छदाँ बेला–बेलामा उनको जम्काभेट नेयमारसँग हुने गर्दथ्यो । त्यतिबेलासम्म न काउटिन्होको चर्चा विश्वव्यापी थियो । न त नेयमारकै ।

यो थियो, सन् २००३ को कुरा, जतिबेला नेयमार भर्खरै सान्तोषमा आबद्ध भएका थिए । काउटिन्होले ठूलो मैदानमा खेल्न थालेको २ वर्षमात्रै भएको थियो । रोविन्हो र डियगो यतिबेला उदयमान खेलाडीका रूपमा चर्चामा थिए । उनीहरूले ब्राजिली फुटबल हाँक्ने अनुमान गरिएको थियो ।

काउटिन्होको समय आउँदै थियो । सन् २००८ मा नेयमारको सान्तोषलाई भास्को डि गामाले यु–१७ कोपा ब्राजिलमा हरायो । यही खेलमा उत्कृष्ट प्रदर्शन गरेका काउटिन्हो चर्चामा आए । अर्को वर्ष ब्राजिलले दक्षिण अमेरिकी यु–१७ फुटबल च्याम्पियनसिप जित्दा काउटिन्होले तीन गोल गरे ।

त्यसपछि धेरै युरोपेली क्लबले आँखा लगाए । इन्टरले भर्खरै नाम सुनिएका १६ वर्षीया खेलाडीमाथि ४ मिलियन युरोको बाजी लगायो । त्यो पनि, २ वर्षपछि क्लबमा भित्र्याउने शर्त राखेर । उनले थप २ सिजन भास्कोबाटै ऋणमा खेले ।

२०१० मा डेब्यु[सम्पादन गर्नुहोस्]

सन् २०१० मा इन्टर आउने बित्तिकै काउटिन्होले आफ्नो कला देखाउन थाले । सन् २०१० को च्याम्पियन्स लिग फुटबलमा इन्टर मिलानले टोट्टेनह्यामलाई ४–३ ले हराउँदा काउटिन्होले दुई गोलका लागि एसिस्ट गरेका थिए । यस खेलपछि नै हो । युरोपमा उनी चर्चामा आए ।

उनको खेलबाट प्रभावित भएका प्रशिक्षक मानो मेनिसेजले इरान विरुद्धको मैत्रिपूर्ण खेलमा यी खेलाडीलाई डेब्यु गराए । उक्त खेलमा ब्राजिल ३–० ले विजयी भएको थियो । काउटिन्हो यतिबेला १८ वर्षका मात्रै थिए । त्यसको चार दिनपछि उनले युक्रेन विरुद्धको मैत्रिपूर्ण खेलमा ९० मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान उत्रन पाए । यस खेल ब्राजिलले २–० ले जित्यो ।  नोभेम्बरमा अर्जेन्टिना विरुद्ध भएको मैत्रिपूर्ण खेलमा पनि उनी टोलीमा समावेश थिए । तर, अर्जेन्टिना विरुद्ध ब्राजिल एक शुन्यले पराजित हुँदा उनले बेन्चमै बसेर टुलुटुलु खेल हेरे ।

यसपछिका तीन वर्ष काउटिन्हो टोलीमा परेनन् । मानो मेनिसेजको सट्टामा लुईस फिलिप स्कोलारी प्रशिक्षक बनेर आए । उनले काउटिन्होको प्रतिभा चिनेनन् ।

सन् २०१४ को विश्वकपमा टोलीमै परेनन् सन् २०१४ मा ब्राजिलमै विश्वकप आयोजना हुँदा स्कोलारीले अन्तिम अवस्थामा टोलीबाट काउटिन्होको नाम हटाए । विश्वकपमा ब्राजिलले सेमिफाइनलमा जर्मनीसँग ७–१ को लज्जास्पद हार व्यहो¥यो । तेस्रो स्थानका लागि भएको खेलमा नेदरल्यान्डस्सँग ३–० ले पराजित भयो । यसपछि प्रशिक्षक लुईस फिलिप बर्खास्त भए । डुंगा प्रशिक्षकका रूपमा टोलीमा फर्किए । टिमका धेरै खेलाडी फेरबदल भए । अनि काउटिन्होको पालो आयो ।

सन् २०१४ को विश्वकपपछि काउटिन्हो ब्राजिली टोलीका नियमित सदस्य रहँदै आएका छन् । उनले उक्त विश्वकपपछि खेलेका ३६ खेलमा १२ गोल गरेका छन् ।

लिभरपुलका ठूला स्टार[सम्पादन गर्नुहोस्]

इन्टर मिलानमा सुरुवात राम्रो गरेपनि काउटिन्होले आफ्नो उत्कृकष्ट प्रदर्शनलाई निरन्तरता दिन सकेनन् । त्यसैले, इन्टरले उनलाई सन् २०१२ मा ऋणमा स्पेनिस क्लब इस्पानियोल पठायो । इस्पानियोलमा राम्रो खेलका काउटिन्हो फेरि क्लब फर्कदाँ उनीबाट ठूलो अपेक्षा गरिएको थियो । तर, सोचेजस्तो प्रदर्शन गर्न नसकेपछि २०१२÷१३ को सिजन समाप्त नहुँदै इन्टरले काउटिन्होलाई लिभरपुलमा बेच्यो । यस सिजनमा उनले १९ खेल खेलेर १ गोलमात्रै गरेका थिए ।

तर लिभरपुल फुटबल क्लब आएपछि काउटिन्होले आफ्नो वास्तविक क्षमता देखाए । लिभरपुलमा डेब्यु सिजनमा १३ खेल खेल्दै ३ गोल गरे । उनको खेल सुरुदेखि नै हेर्न लायक थियो । उनको तुलना क्रिष्टियानो रोनाल्डोसँग हुन थाल्यो । प्रिमियर लिगमा यस्तै खेल डेब्यु सिजनमा म्यानचेस्टरका लागि रोनाल्डोले खेलेका थिए । रोनाल्डोलेजस्तै काउटिन्होले पनि विपक्षी खेलाडीहरूलाई डिस्टर्व गर्थे । गोलका लागि छरितो पास उपलब्ध गराउँथे । ड्रिब्लिङ र बलमाथिको नियन्त्रण गज्जबको थियो । विपक्षी टोलीको रक्षापंक्ती भत्काउन माहिर काउटिन्होको सम्मानमा विपक्षी टोलीका समर्थकहरूको शिर पनि पटक–पटक झुक्ने गर्दथ्यो । काउटिन्होले प्रिमियर लिगका दर्शकहरूलाई मनोरञ्जन दिएको डेब्यु सिजन लिभरपुल सातौँ स्थानमै सिमित भयो ।

अर्को सिजन लिभरपुलको कथा फेरियो । लिभरपुलले जित हासिल गरेका महत्त्वपूर्ण खेलमा उनले लुईस सुआरेज र डेनियल स्टरिजलाई गोलका लागि अवसर सिर्जना गरे ।  लिभरपुलले इंलिश प्रिमियर लिगमा उपाधिका लागि अन्तिम क्षणसम्म प्रतिस्पर्धा ग¥यो । म्यानचेस्टर सिटीसँग २ अंकले पछि परेर उपाधि गुमाएपनि लिभरपुलको प्रशंसा सबैले गरे । काउटिन्होले लिगको अन्त्यतिर उपाधि होडमा रहेको सिटी विरुद्ध निर्णायक गोल गरे । ‘यो गोल प्रिमियर लिगकै अहिलेसम्मको उत्कृष्ट गोल हो,’ लुईस सुआरेजले आफ्नो आत्मकथामा लेखेका छन् ।

सन् २०१४/१५ को सिजन सुरु नहुँदै सुआरेजले लिभरपुल फुटबल क्लब छाडे । त्यसपछि, काउटिन्हो टोलीका सबैभन्दा ठूला स्टार बने । तर दबाब थेग्न सकेनन् । २०१५/१६ मा प्रशिक्षक योर्गेन क्लोपले लिभरपुल सम्हालेपछि काउटिन्हो र रोर्बटो फिरिमानोले फेरि एकपटक लिभरपुललाई ठूला खेलमा विजयी गराए । सन् २०१६/१७ को सिजन काउटिन्होका लागि अर्को एक अविस्मरणीय वर्ष बन्दै थियो । यस सिजन लिभरपुलले अंक तालिकाको चौथो स्थानमा रहेर लिग टुंग्यायो । सुआरेजको बर्हिगमनपछि लिभरपुल चौथो स्थानमा अटाएको यो पहिलोपटक थियो । काउटिन्होको प्रदर्शन उसको सफलताको प्रमुख कारण थियो ।

गत सिजन काउटिन्हो लिभरपुल छाडेर बार्सिलोना आए । बार्सिलोना आउनुअघि उनले लिभरपुलबाट खेलेका १३ खेलमा ७ गोल र ६ एसिस्ट गरेका थिए । च्याम्पियन्स लिगमा उनले लिभरपुलबाट समुह चरणका ४ खेलमा ५ गोल र २ एसिस्ट गरेका थिए । च्याम्पियन्स लिग चलिरहेकै बेलामा बार्सिलोना सरुवा भएपछि उनले सिजनका बाँकी खेल गुमाए । तर, उनको बर्हिगमनपछि महोमद्द सलाहको प्रेरणादायी प्रदर्शनमा लिभरपुलले च्याम्पियन्स लिगको फाइनल यात्रा ग¥यो ।

बार्सिलोनामा लिग च्याम्पियन[सम्पादन गर्नुहोस्]

यता, बार्सिलोना आएकै वर्ष काउटिन्होले ला लिगा उपाधि तथा कोपा डेल रे जिते । जनवरीयता, सिजनको अन्त्यसम्म खेलेका ला–लिगाका १८ खेलमा उनले ८ गोल तथा ५ एसिस्ट गरे । कोपा डेल रेमा ४ खेल खेल्दै २ गोल गरे ।

इस्पानियोलका पूर्व प्रशिक्षक मारिसियो पोचेटिन्होले काउटिन्होको तुलना  लियोनल मेस्सीरोनाल्डिन्होसँग गरेका छन् । ‘फिलिपोको खुट्टामा विशेष जादु छ ,’ उनले भनेका छन् । पास उपलब्ध गराउने मामिलामा उनको आँखा निकै तेजिलो मानिन्छ । उनलाई लिभरपुलका समर्थकहरूले ‘लिट्टिल म्याजिसियन’ उपनाम  दिएका छन् । उनी दुवै खुट्टाले उत्तिकै राम्रो बल प्रहार गर्न सक्छन् र लामो दुरीबाट प्रहार गर्न पनि माहिर छन् । [२]

जीवनी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Philippe Coutinho", FC Barcelona, अन्तिम पहुँच २३ जनवरी २०१८ 
  2. http://ratopati.com/story/50935