फुलतला उपजिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
फुलतला उपजिल्ला
ফুলতলা উপজেলা
—  उपजिल्ला  —
फुलतला उपजिल्ला बङ्गलादेश-এ অবস্থিত
फुलतला उपजिल्ला
फुलतला उपजिल्ला
बङ्गलादेशको नक्शामा फुलतला उपजिल्लाको अवस्थिति
देश Flag of Bangladesh.svg बङ्गलादेश
विभाग खुलना विभाग
जिल्ला खुलना जिल्ला
क्षेत्रफल
 - जम्मा ५६.८३ किमी (२१.९ वर्ग मी)
अवनति ३ मि (१० फिट)
जनसङ्ख्या (१९९१)
 - जम्मा ६७,९३०
 जनघनत्व १,१९५.३/किमी (३,०९५.९/वर्ग मी)
समय क्षेत्र बङ्गलादेशी मानक समय (युटिसी+६)
वेबसाइट फुलतला उपजिल्लाको नक्शा

फुलतला (बाङ्ला: ফুলতলা) बङ्गलादेशको खुलना जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला खुलना विभाग अन्तर्गत पर्दछ।[१]

भूगोल[सम्पादन गर्ने]

फुलतला उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भागमा पर्छ भने यो उपजिल्ला २२°५४' देखि २३°०१' उत्तर अक्षांश र ८९°२३' देखि ८९°२९' पूर्वी देशान्तरणमा अवस्थित छ। फुलतला उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ८७.४१ वर्ग किलोमिटर अोगटेको छ। यस उपजिल्लालाई अभयनगर उपजिल्लाले उत्तर र पश्चिम, डुमुरिया उपजिल्लाले दक्षिण, खान जहान अालीअभयनगर उपजिल्लाले पश्चिमबाट घेरेको छ। चित्रा, भैरव नदी, डाकातिया बिल आदि यस उपजिल्लाको प्रमुख नदी तथा नहरहरू हुन्। [२]

इतिहास[सम्पादन गर्ने]

सन् १९६९ को जन आन्दोलनका बेला यस उपजिल्लाका अासाद र रफिक मारिएका थिए। २७ मार्च १९७१ मा दिन फुलतला उपजिल्लाका प्रहरी जवान र यहाँका स्थानीय मानिसहरूले पाकिस्तानी सेनालाई यस उपजिल्ला प्रवेश गर्न लाग्दा प्रतिरोध गरेका थिए जसका कारण यस उपजिल्लाका थुप्रै सर्वसाधारणहरू सहित प्रहरीका प्रमुख अधिकारीको पनि मृत्यु भएको थियो। १२ डिसेम्बरमा पाकिस्तानी सेनाले यस उपजिल्लाको बादामतला अाँखा अस्पताल नजिक लगभग ४०० बङ्गलादेशी लडाकुहरूको हत्या गरेका थिए। यो उपजिल्ला १३ डिसेम्बर १९७१ का दिन स्वतन्त्र भएको थियो। [३]

जनशाङ्खिकि[सम्पादन गर्ने]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या १७७५७० रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ९२८१७ छ भने महिलाको जनसङ्ख्या ८४७५३ रहेको छ। धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १५८७७२ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १८२१२, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ४८९, इसाई धर्मवलम्बीको जनसङ्ख्या १४ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ८३ रहेको छ। यस उपजिल्लामा ८६ मस्जिद, ३४ मन्दिर र ३ चिहानहरू रहेको छ। मसजि इ ताबेइन (जामिरा बाजार), मौलभीबाडि मस्जिद, मिछरि देवानको चिहान, कार्तिकखोला प्राचीन मन्दिर, बिग्राहेर पुरातन मन्दिर, राधागोबिन्ध मन्दिर आदि यस उपजिल्लाका केही लोकप्रिय धार्मिक स्थलहरू हुन्। यस उपजिल्लाका ९६.५७% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.५५% ले पोखरी, १.७१% ले टुटी र १.१७% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये ४.७८% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन।[४]

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा मुख्यतया धान, गहुँ, आलु, नरिवल, जुट, बेसार, उखु लगायत अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया, अाँप, कटहर, केरा, खरबुजा, मेवा, भुइँकटर, बदाम, लिची, आलुबखडा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, गहुँ पिसानी केन्द्र, काष्ठ सामग्री उत्पादन केन्द्र, बरफ उद्योग, बिस्कुट उद्योग, कपास तथा कपडा उद्योग तथा प्लाष्टिक सामग्री उत्पादन कारखाना रहेका छन्। यस उपजिल्लाले मुख्यतया जुट, पानको पात, बदाम, नरिवल, झिङे माछा लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको बडान धान पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा १८ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान अोसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा ७२७० माछापालन केन्द्र र २१ दुग्ध सङ्कलन केन्द्रहरू रहेका छन्।


यस जिल्लाको मानिसहरू मजदुरीमा ६.७७%, कृषिमा १९.१०%, वाणिज्यमा २०.९५%, सञ्चार र यातायातमा ६.४७%, उद्योगमा १३.४०% निर्माण क्षेत्रमा १.९१%, सुविधामा २२.६४%, धार्मिक सेवामा ०.१३%, वैदेशिक रोजगारी तथा भाडामा ०.५१% र अन्यमा ८.१२% संलग्न रहेका छन्।


प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय फुलतला उपजिल्ला सन् १९८३ मा स्थापना भएको थियो।[५] हाल यस उपजिल्लामा ५ सङ्घ परिषद्, १८ मौजा/महल्ला र २५ गाउँहरू रहेका छन्। यस उपजिल्लाका सङ्घ परिषद्हरू प्रकार छन्; दामोदर सङ्घ परिषद्, फुलतला सङ्घ परिषद्, जामिरा सङ्घ परिषद् र आटरा गिलातला सङ्घ परिषद्। [६][७]

शिक्षा[सम्पादन गर्ने]

यस जिल्लाको कुल साक्षरता दर ६०.४२% रहेको छ जसमध्ये पुरुषको साक्षरता ६४.८०% छ भने महिलाको साक्षरता दर ५४.९२% रहेको छ। यस उपजिल्लामा ४ क्याम्पस, २० माध्यमिक विद्यालय, ६६ प्राथमिक विद्यालय, १ सामुदायिक विद्यालय, ९ बाल उद्धान केन्द्र र ९ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; फुलतला एमएस क्याम्पस (सन् १९८०), फुलतला महिला क्याम्पस (सन् १९९०), खानजाहान अाली क्याम्पस (सन् १९९४), फुलतला एमसिएसपी क्याम्पस (सन् २००१), फुलतला रियुनियन उच्च विद्यालय (सन् १८९८), पयग्राम कसबा माध्यमिक विद्यालय (सन् १९०३), फुलतला अाहमदिया मदरसा (सन् १८९०), जामिरा बाजार पिपराइल सिद्दिकीया फाजिल मदरसा (सन् १९२०) आदि। [८]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. Firoj Ansari (२०१२), "Phultala Upazila", in Sirajul Islam and Ahmed A. Jamal, Banglapedia: National Encyclopedia of Bangladesh (Second संस्करण), Asiatic Society of Bangladesh 
  2. खुलना, "खुलना जिल्लाको फुलतला उपजिल्ला", फुलतला डटकम 
  3. "बङ्गलादेशको खुलना जिल्ला र त्यसका उपजिल्लाहरूको इतिहास", द हिष्ट्रि अफ बाङ्लादेश 
  4. "खुलना विभागको आधिकारिक जाल स्थलमा फुलतला उपजिल्ला", अुलना डट जिअोभी डट बिडी 
  5. "खुलना जिल्लाका उपजिल्लाहरू", द बाङ्लादेश, अन्तिम पहुँच ३० सेप्टेम्बर २०१८ 
  6. "खुलना जिल्लाका उपजिल्लाहरूको सूची", काबिरहाट डटकम, अन्तिम पहुँच ८ जनवरी २०१५ 
  7. "खुलना जिल्लाका उपजिल्लाहरूको जानकारी", डब्ल्युपी ग्रुप बिडी, अन्तिम पहुँच १ अगष्ट २०१७ 
  8. "ফুলতলা উপজেলা", বাংলাপিডিয়া 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]