फ्योदर दोस्तोएभ्स्की

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

फ्योदर मिखाइलोभिच दोस्तोएभ्स्की[क] (ब्रिटिस: /ˌdɒstɔɪˈɛfski/,[१] अमेरिकी: /ˌdɒstəˈjɛfski, ˌdʌs-/;[२] रुसी: १९१८-अघि: Ѳедоръ Михайловичъ Достоевскій; १९१८-पछि: Фёдор Михайлович Достоевский[ख] जसले अन्य कुराहरूका अलावा, सिरिलिक अक्षर Ѳ लाई Ф ले बदल दियो। , tr. Fyódor Mikháylovich Dostoyévskiy, आइपिए: [ˈfʲɵdər mʲɪˈxajləvʲɪdʑ dəstɐˈjefskʲɪj] ( ); 11 November 1821 – 9 February 1881[३][ग]), कहिलेकाहीँ दोस्तोयेब्स्की को रूपमा अनुवादित, एक रूसी उपन्यासकार, लघु कथाकार, निबन्धकार र पत्रकार थिए। धेरै साहित्यिक आलोचकहरूले उनलाई विश्व साहित्यमा एक महान् उपन्यासकार मान्दछन्, किनकि उनका धेरै कार्यहरूलाई उच्च प्रभावशाली उत्कृष्ट कृतिहरू मानिन्छ।

दोस्तोएभ्स्कीका साहित्यिक कृतिहरूले १९औं शताब्दीको रूसी साम्राज्यमा राजनीतिक, सामाजिक र आध्यात्मिक वातावरणमा समस्याग्रस्त मानव अवस्था को अन्वेषण गर्दछ, र विभिन्न दार्शनिक र धार्मिक विषयवस्तुहरूसँग सरोकार राख्दछ। उनका सबैभन्दा प्रशंसनीय उपन्यासहरूमा अपराध र सजाय (१८६६), दि इडियट (१८६९), ''डेमन्स'' (१८७२), र द ब्रदर्स करामाजोभ (१८८०) पर्छन्।

उनको सन् १८६४ मा प्रकाशित लघुउपन्यास नोट्स फ्रम अन्डरग्राउन्ड लाई अस्तित्ववादी साहित्यको पहिलो कृति मानिन्छ।[४]

सन् १८२१ मा मस्कोमा जन्मिएका दोस्तोएभ्स्कीलाई सानो उमेरमै परी कथाहरू र किम्वदन्ती तथा रूसी एवं विदेशी लेखकका पुस्तकहरूको माध्यमबाट साहित्यसँग परिचय गराइएको थियो। उनी १५ बर्षको हुँदा उनकी आमाको सन् १८३७ मा मृत्यु भयो, र त्यही समयता आफू पढ्दै गरेको स्कूल छोडेर , मिलिटरी इन्जिनियरिङ्ग-प्राविधिक विश्वविद्यालयमा उनी भर्ना भए। स्नातक सकेपछि, उनले एक इन्जिनियरको रूपमा काम गरी केही समयको लागि शानदार जीवनशैलीको आनन्द लिए। उनी अतिरिक्त पैसा कमाउनका लागि पुस्तकहरूको अनुवाद पनि गर्थे। १८४० को दशकको मध्यमा उनको पहिलो उपन्यास पुअर फोक प्रकाशित भयो, जसबाट उनलाई सेन्ट पिटर्सबर्गको साहित्य वृत्तको समूहमा प्रवेश मिल्यो। यद्यपि, उनलाई १८४९ मा, पेट्रासेब्स्की सर्कल नामक एउटा साहित्यिक समूहसँग सम्बन्धित भएको कारण गिरफ्तार गरियो, जुन समूहले रूसी साम्राज्यको आलोचना गरिएका प्रतिबन्धित पुस्तकमाथी चर्चा गर्ने गर्थ्यो। दोस्तोएभ्स्कीलाई मृत्युदण्डको सजाय सुनाइएको थियो तर सजायलाई अन्तिम क्षणमा परिवर्तन गरियो। त्यसपछिका चार बर्षहरू उनले साइबेरिया जेलमा बिताए र त्यसपछिका ६ बर्षको निर्वासनमा अनिवार्य सैन्य सेवा गरे। आउँदो बर्षहरूमा, दोस्तोएभ्स्कीले एउटा पत्रकारको रूपमा काम गरे, खुद आफ्नै पत्रिकाको प्रकाशन र सम्पादन गरे जसमा उनका लेखहरूको सङ्ग्रह लेखकको डायरी पनि सामिल छ। उनले पश्चिमी युरोपमा घुम्न सुरू गरे र उनलाई जुवा-तासको लत बस्यो, जसका कारण उनले वित्तीय कठिनाइहरूको सामना गर्नुपर्यो। केही समयका लागि त उनी पैसाको लागि भिख माग्नुपर्ने स्थितिसम्म पनि पुगे, तर अन्ततः उनी सबैभन्दा अधिक पढिने र अत्याधिक सम्मानित रूसी लेखकहरूको सूचीमा पर्न सफल भए।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Jones, Daniel (२०११), "Dostoievski, Dostoevsky", in Roach, Peter; Setter, Jane; Esling, John, Cambridge English Pronouncing Dictionary (18औँ संस्करण) (Cambridge University Press), आइएसबिएन 978-0-521-15255-6 
  2. "Dostoevsky". Random House Webster's Unabridged Dictionary.
  3. Morson, Gary Saul (७ नोभेम्बर २०२३), "Fyodor Dostoyevsky", Encyclopædia Britannica, अन्तिम पहुँच १२ सेप्टेम्बर २०१५ 
  4. Leigh, David J. (२०१०), "The Philosophy and Theology of Fyodor Dostoevsky", Ultimate Reality and Meaning 33 (1–2): 85–103, डिओआई:10.3138/uram.33.1-2.85 

बाह्य लिङ्कहरू[सम्पादन गर्नुहोस्]


उद्दरण त्रुटी: <ref> tags exist for a group named "lower-alpha", but no corresponding <references group="lower-alpha"/> tag was found