अस्तित्ववाद

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

अस्तित्ववाद मूलतः मान्छेको वैयक्तिक जीवनलाई नयाँ सन्दर्भ, नयाँ अर्थ र नयाँ मानवीय मूल्य स्थापना गर्न चाहने इसाको बिसौ शताब्दीको एक विशिष्ट युरोपेली धार्मिक-दार्शनिक चिन्तन पद्धति हाे ।

परिचय[सम्पादन गर्ने]

अतियथार्थवाद पछि एउटा नितान्त नौलो आधुनिक घटनाका रूपमा साहित्यमा अस्तित्ववादको प्रवेश भएको पाइन्छ । जन्म सँगसँगै मानिसले मृत्यु बोकेर आउने हुनाले मानव जीवनका निस्सारता, निरर्थकता, विवशताबाट उत्पन्न नैराश्य नै अस्तित्ववादको मूल प्रेरणास्रोत हाे । यति हुँदाहुँदै पनि यस वादले निवृत्ति मार्गतिर होइन प्रवृत्ति मार्गतिर उन्मुख गराउँछ । [१] ज्याँ पाल सार्त्र र अल्बर्ट कामुलार्इ यस वादका प्रमुख अनुयायीका रूपमा लिइन्छ ।

मान्यता[सम्पादन गर्ने]

  • प्रकृतिको अस्तित्व भन्दा व्यक्ति अस्तित्व बढी महत्त्व पूर्ण हुन्छ,
  • मान्छेले जन्मसँगै मृत्युलाई लिएर आएको हुन्छ,
  • मान्छेले अस्तित्वको खोज र त्यसको बोध आफ्ना पीडा, दुःख, क्लेश,विसङ्गति आदिकै माझबाट गर्दछ,
  • यसको विषयवस्तु सबै साहित्यकारमा समान भए पनि भाषा र शिल्पशैली चाहिँ भिन्नभिन्न हुन्छ वा हुनसक्छ ।
लक्ष्मी प्रसाद जाेशी द्दवारा प्रकाशित लेख

अस्थित्ववादका मान्यताहरू

१ अस्थित्वकाे केन्द्र मानिस हाे ।

२ मानिसका पहिलेका परिभाषाहरू पुर्ण रूपमा असन्ताेष जनक छन् । ३ मानिस संसारमा एक्लाे छैन । ४ अस्थित्वले सारलाइ उछिन्छ । ५ ब्रह्माण्डकाे अाफैमा कुनै अर्थ र उद्देश्य हुदैन । ६ मानिसकाे पुर्ण स्वतन्त्रता । ७ मृत्यु वास्तविक र निश्चित छ ।

नेपाली साहित्यमा यसकाे प्रयोग[सम्पादन गर्ने]

नेपाली साहित्यमा यस वादले कथा उपन्यास, नाटक, कविता, निबन्ध जस्ता विधामा प्रभाव पारेको छ । कथातर्फ पारिजात, इन्द्रबहादुर राई, ध्रुवचन्द्र गौतम, मोहनराज शर्मा, उपन्यासतर्फ पारिजात, इन्द्रबहादुर राई, ध्रुवचन्द्र गौतम, दौलतविक्रम विष्ट, नाटकतर्फ विजय मल्ल, ध्रुवचन्द्र गौतम, मोहनराज शर्मा अादिका कृतिहरूमा प्रभाव पारेको देखिन्छ

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. जाेशी, डा.कुमारबहादुर (ते.सं. २०५४), पाश्चात्य साहित्यका प्रमुख वाद, काठमाडाैं ः साझा प्रकाशन

बाह्य कडी[सम्पादन गर्ने]