सामग्रीमा जानुहोस्

बङ्गलादेशको मन्त्रिपरिषद्

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बङ्गलादेशको अन्तरिम मन्त्रिपरिषद्
भारप्राप्त
प्रमुख सल्लाहकार
गठन मिति८ अगस्ट २०२४
सदस्य र सङ्गठन
राष्ट्र प्रमुखराष्ट्रपति मोहम्मद साहाबुद्दिन
सरकार प्रमुखप्रमुख सल्लाहकार मुहम्मद युनुस
मन्त्रीहरूको सं.१०
कुल मन्त्री सं.१७
राजनीतिक दलस्वतन्त्र
इतिहास
पूर्वाधिकारीपाँचौँ हसिना मन्त्रिपरिषद्

बङ्गलादेशको मन्त्रिपरिषद् (बङ्गाली: বাংলাদেশের মন্ত্রিসভা) जनवादी गणतन्त्र बङ्गलादेश सरकारको कार्यकारी शाखाको प्रमुख संस्था हो। विधायिकाले बनाएको कानुनलाई मन्त्रिपरिषद्ले प्रधानमन्त्री नेतृत्वको सरकारका नीति तथा निर्णयहरू कार्यान्वयन गर्दछ र सम्पादन गरिएका कार्यहरूका लागि राष्ट्रिय संसद्प्रति सामूहिक रूपमा उत्तरदायी हुन्छ।[] मन्त्रिपरिषद् सामान्यतया प्रधानमन्त्री कार्यालय अन्तर्गतको सम्पूर्ण सरकारको सामूहिक निर्णय गर्ने निकाय हो, जसमा प्रधानमन्त्री र अन्य मन्त्रिपरिषद्का मन्त्रीहरू समावेश हुन्छन्। कामचलाउ वा अन्तरिम सरकार गठनको समयमा मन्त्रिपरिषद् मुख्य सल्लाहकार र अन्य सल्लाहकारहरू मिलेर बनेको हुन्छ। यी "सल्लाहकार" पदहरू आ-आफ्नो मन्त्री पदहरू बराबरका हुन्छन्। बङ्गलादेशको संविधानको धारा ७० ले अनियन्त्रित निर्विरोध सत्ता प्रधानमन्त्रीको हातमा सुम्पेको भन्दै आलोचना हुँदै आएको छ। बङ्गलादेशको २१औँ मन्त्रिपरिषद्मा प्रधानमन्त्री शेख हसिनाबाहेक २५ पूर्ण मन्त्री र ११ राज्यमन्त्रीहरू थिए। ७ जनवरी २०२४ मा बङ्गलादेशको १२औँ संसदीय निर्वाचनपछि, मन्त्रिपरिषद् महाशाखाले ११ जनवरी २०२४ मा शेख हसिनाको नेतृत्वमा गठित मन्त्रीहरूको नाम घोषणा गरेको थियो। नयाँ मन्त्रिपरिषद्का सदस्यहरूले जनवरी ११ मा शपथ लिएका थिए।[][]

सन् २०२४ अगस्ट ५ मा पूर्व प्रधानमन्त्री शेख हसिनाको बहिर्गमनपछि राष्ट्रपति मोहम्मद साहाबुद्दीनले ६ अगस्ट २०२४ मा संसद विघटन गरेपछि अन्तरिम सरकार बनाउका लागि बाटो खुलेको थियो भने हाल मुहम्मद युनुसले अन्तरिम सरकारको प्रमुख सल्लाहकारका रूपमा भूमिका निर्वाह गरेका छन्।[][]

मन्त्रिपरिषद्

[सम्पादन गर्नुहोस्]

बङ्गलादेशको संविधानको भाग ४ मा प्रधानमन्त्री र मन्त्रिपरिषद्सम्बन्धी नियमहरू छन्।

बङ्गलादेशका लागि प्रधानमन्त्रीको अध्यक्षतामा एउटा मन्त्रिमण्डल रहनेछ र त्यसमा प्रधानमन्त्री र उनले समय समयमा तोकेबमोजिमका अन्य मन्त्रीहरू रहनेछन्। गणतन्त्रको कार्यकारी अधिकारको प्रयोग यस संविधान बमोजिम प्रधानमन्त्रीको अधिकारद्वारा वा प्रधानमन्त्रीको अधीनमा हुनेछ। मन्त्रिपरिषद् संसदप्रति संयुक्त रूपमा उत्तरदायी हुनेछ। सरकारका सबै कार्यकारी प्रणालीहरू राष्ट्रपतिको नाममा लिइएको छ भनी व्यक्त गरिनेछ। राष्ट्रपतिको नाममा भएका आदेश तथा अन्य लिखतहरू कुन तरिकाले प्रमाणित वा प्रमाणीकरण गरिनेछ भनी राष्ट्रपतिले नियमद्वारा निर्धारण गर्नेछन् र त्यसरी प्रमाणित वा प्रमाणीकरण गरिएको कुनै आदेश वा सम्झौताको वैधतालाई उचित रूपमा बनाइएको वा कार्यान्वयन नगरिएको आधारमा कुनै अदालतमा प्रश्न चिन्ह लगाउन पाउने छैन। राष्ट्रपतिले सार्वजनिक कार्यको बाँडफाँड र सञ्चालनका लागि नियम बनाउनेछ।

भाग ४, द्वितीय परिच्छेद: प्रधानमन्त्री र मन्त्रिपरिषद् (अनुच्छेद ५५, दफा १-६), बङ्गलादेशको संविधान[]

मन्त्रिपरिषद्का सदस्यहरू

[सम्पादन गर्नुहोस्]

मन्त्रीहरूबाहेक बङ्गलादेशका प्रधानमन्त्रीले बङ्गलादेश सरकारको कार्यव्यवस्था नियमावली, १९९६ को दफा ३ (ख) १ बमोजिम संसदको सदस्य हुन योग्य कुनै पनि व्यक्तिलाई आफ्नो सल्लाहकारको रूपमा नियुक्त गर्न सक्नेछन्। सल्लाहकारहरू प्रायः मन्त्री स्तरका रहनेछन्। सन् २०२४ अगस्ट ८ मा बङ्गलादेशको अन्तरिम सरकारले शपथ लिएको दिनदेखि नै सल्लाहकारहरूको नियुक्ति लागू हुनेछ।

नामचित्रपददायित्व प्राप्त मन्त्रालयपहिचान
मुहम्मद युनुसप्रमुख सल्लाहकारसल्लाहकारको कार्यालय,
मन्त्रिपरिषद् विभाग,
रक्षा मन्त्रालय,
सशस्त्र प्रहरी विभाग,
विद्युत्, उर्जा तथा खनिज सम्पदा मन्त्रालय मन्त्रालय,
शिक्षा मन्त्रालय,
जनप्रशासन मन्त्रालय,
रेलपथ मन्त्रालय,
विज्ञान तथा प्रविधि मन्त्रालय,
कृषि मन्त्रालय,
वस्त्र तथा जुट मन्त्रालय,
भूमि मन्त्रालय,
आवास तथा सार्वजनिक निर्माण मन्त्रालय,
खाद्य मन्त्रालय,
नागरिक उड्डयन तथा पर्यटन मन्त्रालय,
सडक परिवहन तथा पुल मन्त्रालय,
स्वतन्त्रता युद्ध विषयक मन्त्रालय,
संस्कृति विषयक मन्त्रालय,
श्रम तथा रोजगार मन्त्रालय,
स्वस्थ्य तथा परिवार कल्याण मन्त्रालय,
वाणिज्य मन्त्रालय,
,
प्रवासी कल्याण वैदेशिक रोजगार मन्त्रालय,
तथ्य तथा सूचना मन्त्रालय,
विपद् व्यवस्थापन तथा राहत मन्त्रालय,
महिला तथा बालबालिका विषयक मन्त्रालय,
जलस्रोत मन्त्रालय
सामाजिक उद्यमी, परोपकारी, नोबेल शान्ति पुरस्कार विजेता तथा ग्रामीण बैङ्कका संस्थापक
सालेहउद्दिन अहमद सल्लाहकारअर्थ मन्त्रालय; योजना मन्त्रालयपूर्व गभर्नर, बङ्गलादेश बैङ्क
आसिफ नजरुल सल्लाहकारकानुन, न्याय तथा संसद विषयक मन्त्रालयढाका विश्वविद्यालयको कानुन विभागका शिक्षक, प्राध्यापक तथा लेखक
आदिलुर रहमान खान सल्लाहकारकला मन्त्रालयपूर्व प्रधान न्यायाधीश तथा मानवाधिकार सङ्गठन अधिकारका संस्थापक सम्पादक
हासान आसिफ सल्लाहकारस्थानीय सरकार, ग्रामीण विकास तथा सहकारी मन्त्रालयपूर्व प्रधान न्यायाधीश तथा अन्तरिम सरकारका सल्लाहकार
तौहिद हुसेन सल्लाहकारपरराष्ट्र मन्त्रालयपूर्व परराष्ट्र सचिव
सैयदा रिजवाना हासान सल्लाहकारवातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयवकिल र पर्यावरण कार्यकर्ता तथा पर्यावरणीय वकिलहरूको सङ्गठनका प्रमुख कार्यकारी
सर्मिन मुर्सिद सल्लाहकारसमाजकल्याण मन्त्रालयबङ्गलादेशी आन्दोलनकारी तथा ब्रोटीका प्रमुख कार्यकारी अधिकृत
विधान रञ्जन राय सल्लाहकारप्राथमिक तथा जनशिक्षाराष्ट्रिय मानसिक स्वस्थ्य संस्था तथा अस्पतालका पूर्व निर्देशक
फारुके आजम सल्लाहकारअध्यावधि सल्लाहकारको रूपमा शपथ नलिएकोवीर प्रतीक पदकप्राप्त स्वतन्त्रता सेनानी
एम साखावात हुसेन सल्लाहकारस्वराष्ट्र मन्त्रालयबङ्गलादेश सेनाका सेवानिवृत्त सहायक रथी तथा पूर्व निर्वाचन आयुक्त
सुप्रदीप चाकमा सल्लाहकारअध्यावधि सल्लाहकारको रूपमा शपथ नलिएकोपूर्व राष्ट्र दूत तथा पर्वतीय चट्टोग्राम विकास बोर्डका अध्यक्ष
आ.फ.म खालिद हुसेन सल्लाहकारधर्म विषयक मन्त्रालयलेखक तथा अनुसन्धाता, नायबे अमिर हिफाजते इस्लाम बङ्गलादेश
फरिदा आखतार सल्लाहकारमत्स्ये तथा पशुधन मन्त्रालयअर्थनीतिविद् तथा उबिनिगको संस्थापक कार्यकारी
नूरजाहान बेगम सल्लाहकारस्वास्थ तथा परिवार कल्याण मन्त्रालयग्रामीण बैङ्कको पूर्व व्यवस्थापन निर्देशक
नाहिद इस्लाम सल्लाहकारडाक, दूरसञ्चार तथा प्रविधि मन्त्रालयसंयोजक, विभेदविरोधी विद्यार्थी आन्दोलन
आसिफ माहमुदसल्लाहकारयुवा तथा खेलकुद मन्त्रालय

अघिल्ला मन्त्रिपरिषद्हरूको सूची

[सम्पादन गर्नुहोस्]
क्रम सङ्ख्या मन्त्रिपरिषद् गठन मिति निर्वाचन सत्तारूढ दल प्रणाली
प्रथम मुजिब१७ अप्रिल १९७१नभएकोबङ्गलादेश अवामी लिगअस्थायी
द्वितीय मुजिब१२ जनवरी १९७२सन् १९७०बङ्गलादेश अवामी लिगअस्थायी
तृतीय मुजिब१६ मार्च १९७३सन् १९७३बङ्गलादेश अवामी लिगसंसदीय
चौँथो मुजिब२५ जनवरी १९७५नभएकोबाक्सालराष्ट्रपतीय
मोस्ताक१५ अगस्ट १९७५नभएकोबङ्गलादेश अवामी लिगराष्ट्रपतीय
सयम६ नोभेम्बर १९७५नभएकोबङ्गलादेश अवामी लिगराष्ट्रपतीय
जियाउर

१५ अप्रिल १९७९

सन् १९७८बङ्गलादेश जातीयतावादी दलराष्ट्रपतीय
सत्तार३० मे १९८१सन् १९८१बङ्गलादेश जातीयतावादी दलराष्ट्रपतीय
एरशाद२४ मार्च १९८२सन् १९८६सैन्य/जातीय पार्टीराष्ट्रपतीय
१०साहाबुद्दिन६ डिसेम्बर १९९०नभएकोअस्थायीअन्तरिम
११खालेदा प्रथम२० मार्च १९९१सन् १९९१सन् १९९६बङ्गलादेश जातीयतावादी दलसंसदीय
१२हाबिबुर३० मार्च १९९६नभएकोअस्थायीतत्वावधायक सरकार
१३हसिना प्रथम२३ जुन १९९६सन् १९९६बङ्गलादेश अवामी लिगसंसदीय
१४लतिफुर१५ जुलाई २००१नभएकोअस्थायीतत्वावधायक सरकार
१५खालेदा द्वितीय१० अक्टोबर २००१सन् २००१बङ्गलादेश जातीयतावादी दलसंसदीय
१६इयाजउद्दिन२९ अक्टोबर २००६नभएकोअस्थायीतत्वावधायक सरकार
१७फखरुद्दिन११ जनवरी २००७नभएकोअस्थायीतत्वावधायक सरकार
१८द्वितीय हसिना६ जनवरी २००९सन् २००८बङ्गलादेश अवामी लिगसंसदीय
१९तृतीय हसिना२४ जनवरी २०१४सन् २०१४बङ्गलादेश अवामी लिगसंसदीय
२०चौँथो हसिना७ जनवरी २०१९सन् २०१८बङ्गलादेश अवामी लिगसंसदीय
२१पाँचौँ हसिना११ जनवरी २०२४सन् २०२४बङ्गलादेश अवामी लिगसंसदीय
२२युनुस८ अगस्ट २०२४नभएकोअस्थायीअन्तरिम

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "নির্বাহী - বাংলাপিডিয়া"bn.banglapedia.org। सङ्ग्रह मिति २०१९-०२-०५
  2. "কে কোন মন্ত্রণালয় পেলেন (পুরো তালিকা)"যুগান্তর। सङ्ग्रह मिति ६ जनवरी २०१९
  3. "নতুন সরকারের মন্ত্রী-প্রতিমন্ত্রী-উপমন্ত্রী হচ্ছেন যারা"ডেইলি স্টার। सङ्ग्रह मिति ६ जनवरी २०१९
  4. "Bangladesh parliament dissolved, president’s office says", Al Arabiya (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०८-०६
  5. "জাতীয় সংসদ বিলুপ্ত ঘোষণা"ঢাকা পোস্ট। ६ अगस्ट २०२४। सङ्ग्रह मिति ६ अगस्ट २०२४
  6. "গণপ্রজাতন্ত্রী বাংলাদেশের সংবিধান"bdlaws.minlaw.gov.bd। सङ्ग्रह मिति १६ जनवरी २०१९