बद्री पङ्गेनी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बद्री पंगेनी
लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष
व्यक्तिगत विवरण
नागरिकतानेपाली
अभिभावक
  • बोधराज पंगेनी (पिता)
पेशागायक

बद्री पंगेनी एक बहुचर्चित नेपाली लोक गायक हुन्।

बाल्यकाल[सम्पादन गर्नुहोस्]

चर्चित लोक तथा दोहोरी गायक बद्री पंगेनी पाल्पा जिल्लाको रामपुरमा जन्मिएका हुन्। पाल्पाको रामपुरको श्री दराई ठाँटी माविबाट वि. सं. २०५५ सालमा एसएलसी दिएपछि काठमाडौँ छिरेका पंगेनीले अहिलेसम्म सयौँ गीत गाएका छन्।

सांगीतिक यात्रा[सम्पादन गर्नुहोस्]

काठमाडौँ आएपछि पुकार दोहोरी साँझमा ६ वर्षसम्म काम गरेका पंगेनीले काम गर्दागदै पहिलो लोक दोहोरी एल्वम ‘तानसेन खस्यौली’ सार्वजनिक गरेका थिए।

त्यसपछि क्रमश पिएन क्याम्पस, ब्युटी नं वान, ससुरालीमा एल्बम सार्वजनिक गरे। उनलाई सर्वाधिक चर्चामा पुर्‍याएको गीत ‘सुसुरालीमा’ एल्बमको ‘ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा’ हो।

चौथो एल्बम ‘ससुराली’मा गायिका सिन्धु मल्लसँग मिलेर गाएको गीतले उनलाई जनतामाझ लोकप्रिय बनायो।

अवार्ड[सम्पादन गर्नुहोस्]

छोटो समयमै लोक गायकको परिचय बनाउन सफल पंगेनीले इमेज, हिट्स, अन्नपुर्ण अवार्ड पाएका छन्। उनले राज्य जनसेवा श्री प्रबल चौँथो पनि प्राप्त गरेका छन्।[१]

लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष[सम्पादन गर्नुहोस्]

गायक पंगेनी लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष हुन्। उनी वि. सं. २०७३ असोज १२ गते अध्यक्ष पदमा निर्वाचित भएका थिए। प्रतिष्ठानको अध्यक्ष पदका लागि गायक पंगेनी, विष्णु खत्री र टिकाराम चपाईंको उम्मेदवारी परेको भए पनि दुवैलाई भारी मतको अन्तरले हराउँदै पंगेनी विजयी भएका हुन्। पंगेनीले ८८८ मत ल्याएर विजयी भएका हुन् भने अध्यक्षका दुई प्रत्यासी खत्रीले ५०८ र चपाईंले ३३० मत ल्याएका छन् ।[२]

दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष भएपछि उनले लोक गीतमा देखिएको बिकृति हटाउन प्रयत्न गर्ने बताएका थिए। तर उनीमाथि यस बिषयमा कुनै कदम नचालेको र लोक संस्कृतिको संरक्षणमा ध्यान नदिएको आरोप पनि लाग्दै आएको छ।


२०१४-वर्तमान[सम्पादन गर्नुहोस्]

पंगेनीले आफ्नो नयाँ लोक एल्बम 'रातो पछ्यौरी ल्याएका छन् । यसमा शकुन्तला थापाको पनि स्वर रहेको छ । [३]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

उनको श्रीमती र एक छोरी छन्।[१]

श्रीमतीलाई परिकार बनाउन सिकाएको मैले नै हो। उनी सानै छँदा भगाएर ल्याएँ। उनलाई खाना तथा परिकार बनाउन आउँदैनथ्यो। मैले नै सिकाएर सबै जानिन्। अहिले त मभन्दा मीठो पकाउँछिन् । मैले सबैभन्दा मीठो पकाउने मासु हो, अहिले त मैलेभन्दा श्रीमतीले नै मीठो पकाउँछिन्: बद्री पंगेनी [४]

राजनीति[सम्पादन गर्नुहोस्]

बद्री पंगेनीले "सही पनि एमाले, मै पनि एमाले" नामक गीत गाएका थिए। यो तत्कालीन एमालेको चुनावी गीत हो।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य लिङ्क[सम्पादन गर्नुहोस्]