बहराइनको केन्द्रिय बैङ्क

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बहराइनको केन्द्रिय बैङ्क
مصرف البحرين المركزي
केन्द्रीय कार्यालयमनामा, बहराइन
स्थापना१९७३; ५१ वर्ष अघि (१९७३)
अध्यक्षरसिद अल मराज
केन्द्रीय बैंकबहराइन
मुद्राबहराइनी दिनार
बहराइनी दिनार (आइएसओ ४२१७)
पूर्वाधिकारीबहराइन मौद्रिक आयोग
वेबसाइटhttp://www.cbb.gov.bh

बहराइनको केन्द्रिय बेङ्क बहराइनमा केन्द्रीय बेङ्कको रूपमा सेवा गर्दछ। यो बहराइनको केन्द्रित बेङ्क र वित्तीय संस्था कानून २००६ अन्तर्गत स्थापित एक सार्वजनिक संयुक्त इकाई हो। यसलाई ६ सेप्टेम्बर २००६ मा गठन गरिएको थियो। बहराइन केन्द्रिय बेङ्क र वित्तीय संस्था कानूनले सन् २००६ को अध्यादेश सङ्ख्या ६४ अन्तर्गत बहराइन मौद्रिक आयोगको ठाउँमा केन्द्रिय बेङ्कको स्थापना गरेको थियो। सन् २००६ मा स्थापना गरिएको केन्द्रिय बेङ्क बहराइनको राज्यमा वित्तीय सेवा उद्योगको एकमात्र नियामक बनेको थियो। मूल पैसा सरकार कार्यालयसँग तुलना गर्दा यसले आफ्नो स्वतन्त्रतालाई सुदृढ बनाएको थियो र नियामक प्रक्रियालाई सरलीकृत गरेको थियो।[१] यसले लगत्तै आफ्नो शक्तिको क्षेत्र विस्तार गरेको थियो। बेङ्क बहराइनको राजधानी मनामाको कूटनीतिक क्षेत्रमा अवस्थित छ।

बहराइनको केन्द्रिय बेङ्कका हालका गभर्नर रसिद अल मराज हुन्।[२] नोभेम्बर २०१४ मा उनले राज्यको बढ्दो बीमा क्षेत्रको विकास गर्ने निर्णय गरेको थियो। उनले बीमा क्षेत्रलाई सहयोग पुर्‍याउन, केन्द्रिय बेङ्कले बीमा बजारसँग सहकार्य गर्नु पर्ने आवश्यकतालाई स्वीकार्का थिए र बीमा कम्पनीहरूको सामाजिक जिम्मेवारी पूरा गर्न दायित्वमा पनि जोड दिएका थिए।[३] केन्द्रिय बेङ्कका गभर्नर बहराइन सेयर बजारको विभागका निर्देशक समितिका अध्यक्ष हुन्।

बहराइन संयुक्त अधिराज्यबाट स्वतन्त्र भएको केही समय पछि सन् १९७३ मा बहराइन मौद्रिक आयोगको रूपमा स्थापित भएको थियो। बेङ्कमा सन् ६५३ सङ्ग्रहको साथ एक सुन्दर सिक्का र मुद्रा सङ्ग्रहालय पनि रहेको छ।

जिम्मेवारीहरू[सम्पादन गर्नुहोस्]

यसको जिम्मेवारी यस प्रकारका छन्:

  1. मौद्रिक नीति लागू गर्नु।
  2. बेङ्किङ क्षेत्रको पर्यवेक्षण र विनियमन गर्नु।
  3. सरकारको वित्तीय आयोगको रूपमा कार्य सञ्चालन गर्नु।
  4. बहराइनको बृद्धिलाई एक प्रमुख अन्तर्राष्ट्रिय वित्तीय केन्द्रको रूपमा प्रोत्साहित गर्नु।
  5. विदेशी मुद्रा, अधिराज्यको नगद र सुनको भण्डारलाई प्रवन्ध गर्नु।

प्राधिकरण[सम्पादन गर्नुहोस्]

बहराइन केन्द्रिय बेङ्कलाई, केन्द्रिय बेङ्क र वित्तीय संस्था ऐन अन्तर्गत अधिकार प्रदान गरिएको छ जसमा अधिकारहरू निम्नलिखित छन्:

  1. राष्ट्रिय मुद्रा जारी गर्नु
  2. मुद्राको स्थिरता र राज्य मुद्रा प्रणाली कायम गर्न मौद्रिक नीति लागू गर्नु
  3. क्षेत्रीय र अन्तर्राष्ट्रिय आर्थिक वातावरणमा परिवर्तन सम्बोधन गर्न उचित कदम चाल्नु
  4. वित्तीय संस्थालाई मानक र विकास गर्नु
  5. अनुमति पत्र पत्रहरू स्वीकार गर्नु, मामिलाहरू जारी गर्नु, र गतिविधिहरूको सुपरिवेक्षण गर्नु
  6. सरकारी बेङ्कको रूपमा सेवा सञ्चालन गर्नु
  7. सरकारको आर्थिक मामिलामा परामर्शदाताको रूपमा काम गर्नु
  8. सरकारको सुन र विदेशी विनिमय भण्डार प्रबन्ध गर्नु
  9. अन्तर्राष्ट्रिय आर्थिक मामिलामा राज्यको प्रतिनिधित्व गर्नु
  10. वित्तीय सेवा उद्योगमा नवीनतालाई बढावा र प्रोत्साहन गर्नु
  11. वैध अधिकार र ग्राहकहरूलाई अनुमति पत्र प्राप्त वित्तीय संस्थाको चासो राख्नु

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Decree No. 64 of 2006 with respect to promulgating the Central Bank of Bahrain and Financial Institutions Law", ६ सेप्टेम्बर २००६, मूलबाट ४ नोभेम्बर २००६-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ अक्टोबर २००६ 
  2. Central Bank of Bahrain - Management - Governor, अभिगमन मिति ३१ मे २०१९
  3. "مصرف البحرين المركزي يتعهد بتطوير صناعة التأمين", एस इन्स ब्रोकर, अन्तिम पहुँच २०१४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]


ढाँचा:केन्द्रिय बैंकहरू