बालन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

बालन अथवा बालुन विशेष धार्मिक पर्व आदिमा एक जनाले भट्याउने र अरूले सामुहिक रूपमा स्वर मिलाउने गरी गाइने राम, कृष्ण, महादेव आदि देवताको चरित्रगाथा हो।[१] शिव पुराण, महाभारतरामायणका विभिन्न प्रसंगलाई लयात्मक रूपमा एक विशेष प्रकारको नृत्यको साथमा बालन प्रस्तुत गरिन्छ। बालन सुरुगर्दा सबैभन्दा पहिले मंगलाचरण गाउने गरिन्छ। बालन खेल्न साधारण तया आठ/आठ जनाको समूह बनाइन्छ। बालनका साथमा खैंजडीमुजुरा जस्ता वाद्ययन्त्र पनि प्रयोग गरिन्छ। बालनमा संगीत, गायन र नृत्यका साथमा ईश्वरीय शक्तिको उपासना गरिने हुनाले जात्रा, पर्व, धार्मिक कार्य, पूजा आदिमा यसको महत्व रहने गर्दछ। बालनमा प्रस्तुत गरिने नृत्य ४, १६, ३२, ६४ अथवा १२८ पाइलेसम्म हुन्छ। नर्तकीहरू चारैतिर घुमी घुमी अघि अथवा पछि सर्दै नमस्कार गर्दै नाच्ने गर्दछन्।[२]

विशेष गरी एकादशी महात्म्यको महिमालाई श्लोकबद्द गाइने र नाँचिने बालनले बृद्दाबृद्दादेखि बालबालिकासम्मलाई मोहित बनाउँदछ ।

रसुवा जिल्लाको बालन सत्य सुकिर्ति गणपते ब्रम्हा लम्बोदर और दाता ।

गणेश श्रीकृष्ण रहुन् वरपर भक्तजनको रक्षा गर ।।

एकादशी ब्रतमा जो अन्न खाला बन्दीखानमा बस्न जाला । एकादशी लिएकै जत्तिकै हुन्छ छेउमा बसी जसले सुन्छ ।।

सत्यमा तपस, त्रेतामा ध्यान द्वापर युगमा गर्थे दान। यो कलि युगमा कीर्तन गरौं हरिका भरैमा परौं ।।


सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. नेपाली बृहत् शब्दकोश ISBN No.: 978-99933-71-10-6 , नेपाल प्रज्ञा प्रतिष्ठान
  2. नेपाली लोकसाहित्य, पूर्व आधुनिक साहित्य तथा आधुनीक नेपाली निबन्ध, कृष्णविलास पौड्याल