बिक्रमबाबा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चितवनको गर्दि गाविस अन्तर्गत उत्तरपुर्व सिमानामा पर्ने चितवन राष्ट्रिय निकुञ्जभित्र बिक्रमबाबाको मन्दिर रहेको छ। जगतपुरदेखि दक्षिण राप्ती नदी पारी चितवन राष्ट्रिय निकुञ्जभित्र जंगलमा एउटा रुखमुनि बिक्रमबाबाको पूजा गर्ने चलन छ। बिक्रमबाबा अर्थ शक्तिशाली एवम् साहसी अभिभावक भन्ने हुन्छ। बिक्रमबाबालाई थारुहरूले आफ्नो देवता मानी पूजा गर्छन्। थारु, कुमाल, बोटे, दराइ जातिका मानिसहरूले सन्तान प्राप्त होस् भनी बिक्रमबाबाको पूजा गर्ने गर्छन्। हाल आएर सबै जात तथा समुदायका युवा–युवति, किशोर–किशोरीको बिक्रमबाबातर्फ आकर्षण बढेको छ। भक्तजनहरू आ–आफ्नो मनोकाँक्षा पूरा होस् भनी बिक्रमबाबाको पूजा गर्छन्, परेवा उडाउँछन्, बली चढाउँछन्, यूवा–यूवतीहरू सुखद् दाम्पत्य जीवन, अपेक्षित सन्तान प्राप्तिका लागि मनोरञ्जनात्मक र भोज खाने तरिकाले बिक्रमबाबा जाने गर्छन्। कुनै पनि प्राकृतिक आपद–विपद आइलाग्दा, रोगहरूको प्रकोप बढ्दा, जनतालाई रोग, दूर्घटनाबाट बचाउन यहाँ थारुका पण्डित गुरौले पूजा गर्ने गर्दछन्। विगतमा सरकारले गुरौलाई जनताको उपचार गर्ने, स्थानीय प्रशासन चलाउने, कर सङ्कलन गर्ने जिम्मेवारी दिइएको देखिन्छ। बिक्रमबाबाको पुजा हरेक वर्ष चैत्र शुक्ल पक्षको प्रतिपदाबाट आरम्भ गरिन्छ।

इतिहास[सम्पादन गर्नुहोस्]

बिक्रमबाबाको बारे प्रश्न गर्दा यहाँका आदिवासी थारूहरूले तीनै लोकका ठकुराइन(मालीक) भएकोले र सबै कुराहरू दिन सक्ने वा गर्न सक्ने पराक्रमि देवता भएकोले बिक्रमबाबा भनिएको बताउँछन् । बिक्रमबाबाको पुजा एक शताब्दी भन्दा पहिल्यै देखि चलेको बुझिन्छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]