बीणा दास

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
बीणा दास
বীণা দাস
Dasbina.jpg
जन्म२४ अगष्ट १९११
कृष्णनगर, बङ्गाल राज्य, बेलायती भारत
मृत्यु२६ डिसेम्बर १९८६
ऋषिकेश, उत्तर प्रदेश, भारत
संस्थानजुगान्तरभारतीय राष्ट्रिय काङ्ग्रेस
राजनीतिक कृयाकलापभारत स्वतन्त्रता आन्दोलन
धर्महिन्दु
आफन्तबेनी माधव दास
पुरस्कारपद्मश्री पुरस्कार

बीणा दास (बङ्गाली: বীণা দাস, जन्म; १९११, मृत्यु:१९८६) बङ्गाली मुलकी एक भारतीय क्रान्तिकारी तथा राष्ट्रबादी महिला थिइन्। ६ फेब्रुअरी १९३२ मा उनले कलकत्ता विश्वविद्यालयको एक दीक्षान्त समारोहमा अङ्ग्रेजी क्रिकेट कप्तान तथा बङ्गाली गभर्नर स्टनली ज्याकसनको हत्याको प्रयास गरेकी थिइन्।[१][२]

जीवनी[सम्पादन गर्ने]

उनी सुप्रसिद्ध ब्रह्म समाजी शिक्षक बेनी माधव दास तथा सामाजिक कार्यकर्ता सरला देवीकी छोरी थिइन्। उनी सेण्ट जोन डोसेसन कन्या उच्च माध्यमिक विद्यालयकी छात्रा थिइन्। बीणा दास कोलकातामा महिलाहरू द्वारा सञ्चालित अर्ध-क्रान्तिकारी सङ्गठन छात्री सङ्घको सदस्या पनि बनेकी थिइन् र उसको लागि उनले नौ वर्ष सख्त कारावासको जीवन बिताएकी थिइन्।[३]

सन् १९३१ फेब्रुअरी ६ का दिन कलकत्ता विश्वविद्यालयल समावर्तन उत्सव मनाएको थियो। उक्त कार्यक्रममा बङ्गालका लागि अङ्ग्रेज लाट सर स्टेनले ज्याकसन मुख्य अतिथि थिए।[४] उक्त अवसरमा कुमारी वीणादास जो उपाधि लिनका लागि आएकी थिइन्, उनले गभर्नर माथि गोली चलाएकी थिइन्। उनले हानको गोली चुकेर गभर्नरको कानको नजिकबाट गएको थियो जसका कारण गभर्नर मञ्चमा लडेका थिए।[५] उक्त घटना घट्ने बित्तिकै लेफ्टिनेन्ट कर्नल सुहरावर्दी दौडिएर वीणा दासको घाँटी एक हातले अठाए र अर्को हातले दासको बन्दुक रहेको हात समातेका थिए तर पनि दासले गोली चलाउँदै बन्दुक फ्याकेकी थिइन्।[६][७] उक्त घटना पश्चात् उनलाई अदालतमा एक साहसपूर्ण बयान दिएकी थिइन् तर पत्र पत्रिकामा रोक लगेका कारण उक्त बयान प्रकाशित भएको थिइन। वीणा दासलाई गभर्नर माथि गोली चलाएका कारण दस वर्षका लागि कारावासको दण्ड सुनाइएको थियो।

कारावास मुक्ति भएपछि दासले सन् १९३९ मा काङ्ग्रेस राजनितीक दलको सदस्य बनेकी थिइन्। सन् १९४२ मा उनले भारत छोडो आन्दोलनमा भाग लिँदै र पुनः सन् १९४२ देखि सन् १९४५ सम्मका लागि कारवासको सजाय प्राप्त गरिन्।[८] दास सन् १९४६-४७ मा बङ्गाल प्रदेश विधान सभा र सन् १९४७ देखि सन् १९५१ सम्म पश्चिम बङ्गाल प्रान्त विधान सभाको सदस्या रहिन्। सन् १९४७ मा उनको युगान्तर समूहको भारतीय स्वतन्त्रता कार्यकर्ता जतीश चन्द्र भौमिकसँग विवाह भएको थियो। उनको बुवाको मृत्यु पश्चात् उनले ऋषिकेशमा एकान्त जीवन व्यतीत गरेकी थिइन्। [९]

पुरस्कार[सम्पादन गर्ने]

सन् १९६० मा उनले गरेको सामाजिक कार्यका लागि उनलाई पद्मा श्री पुरस्कार द्वारा सम्मानित गरिएको थियो।[१०]

कार्य[सम्पादन गर्ने]

बीणा दासले बङ्गालीमा शृङ्खला झङ्कार र पितृधन नामक दुई आत्मकथा लेखेकी थिइन्।

मृत्यु[सम्पादन गर्ने]

उनको श्रीमानको मृत्यु पछि उनले ऋषिकेशमा एक्लो जीवन बिताइन् र अज्ञातमा उनको मृत्यु भएको थियो। उनको लास डिसेम्बर २६ डिसेम्बर १९८६ का दिन आंशिक रूपमा सडेको अवस्थामा सडक छेउबाट बरामद गरिएको थियो भने उनको लास पहिचान निर्धारण गर्नका लागि प्रहरीलाई एक महिनाको समय लागेको थियो।[११]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. ত্রৈলোক্যনাথ চক্রবর্তী (ঢাকা বইমেলা ২০০৪), "জেলে ত্রিশ বছর, পাক ভারতের স্বাধীনতা সংগ্রাম,", ধ্রুপদ সাহিত্যাঙ্গণ, आइएसबिएन 984-8457-00-3 
  2. "আনন্দবাজার পত্রিকা - কলকাতা", २०१७-१२-२७। 
  3. কমলা দাশগুপ্ত (জুলাই ২৩, ২০১৬), "স্বাধীনতা সংগ্রামে বাংলার নারী, অগ্নিযুগ গ্রন্থমালা ৯", র‍্যাডিক্যাল ইম্প্রেশন, पृ: ১২৫-১৩০, आइएसबिएन 978-81-85459-82-0 
  4. Kumar, Radha (१९९७), The History of Doing: An Illustrated Account of Movements for Women's Rights and Feminism in India 1800-1990 (अङ्ग्रेजीमा), Zubaan, आइएसबिएन 9788185107769 
  5. Five shots fired at governor Glasgow Herald, 8 February 1932, p. 11
  6. Girl, would-be assassin, gets nine years in India at Reading Eagle, 15 February 1932
  7. "Bina Das, Forgotten female freedom fighters", dnaindia.com, अप्रिल १५, २०१७, अन्तिम पहुँच जुन ३०, २०१७ 
  8. Chatterjee, India, "The Bengali Bhadramahila —Forms of Organisation in the Early Twentieth Century", Manushi: 33–34। 
  9. Sengupta, Subodh; Basu, Anjali (२०१६), Sansad Bangali Charitavidhan (Bengali) 1, Kolkata: Sahitya Sansad, आइएसबिएन 978-81-7955-135-6 
  10. "Padma Awards Directory (1954–2014)" (PDF), Ministry of Home Affairs (India), २१ मे २०१४, पृ: 11–37, मूलबाट १५ नोभेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ मार्च २०१६ 
  11. Sengupta, Subodh Chandra and Anjali Basu (ed.) (1988) Sansad Bangali Charitabhidhan (in Bengali), Kolkata: Sahitya Sansad, p.663

बाह्य कडीहरू[सम्पादन गर्ने]