बुद्ध लामा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बुद्ध लमा
जन्मवि.स. २०५४ मंसिर ८
पोखरा,कास्की,नेपाल
वासस्थाननेपाल
राष्ट्रियतानेपाली
पेशागायक/विद्यार्थी
कार्यकाल२०१७-वर्तमान
चिनारीको कारणविजेता:'२०१७ नेपाल आइडल
मातापितासन्तबहादुर लामा

बुद्ध लामा एक नेपाली गायक हुन् । उनी पहिलो नेपाल आइडलको पहिलो विजेता हुन् । नेपालमा विदेशी फ्रान्चाईज अन्तर्गतको पहिलो कार्यक्रम नेपाल आइडलको पहिलो संस्करणमा विजेता बन्न सफल भएका थिए ।

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

विक्रम सम्वत् २०५४ साल मंसिर ८[१]गते पोखरामा जन्मिएका बुद्ध लामाको पुर्ख्यौली थलो धादिङको लापा हो । उनको परिवार २०४२ सालमा पोखरा बसाईं सरेको थियो ।

पारिवारिक पृष्ठभूमि[सम्पादन गर्ने]

बुद्धका बुवा सन्तबहादुर लामा नगरपालिकाको स्वीपर काम गर्छन् भने आमा गृहिणी हुन् । उनका बुबा आमाको स्वर पनि राम्रो छ । उनीहरु गाउँमा गीत गाउनेको नाममा चिनिन्छन् ।

संगीत सुरूवाट[सम्पादन गर्ने]

आफ्नो बिद्यालय महेन्द्र माविमा बाल दिवसको कार्यक्रममा गाउँदै उनले सांगीतिक करिअर सुरु गरे । घर परिवारले पनि उनको सोखमा होस्टे गरिरहृयो । उनका लागि आवश्यक बाद्ययन्त्र खरिद गर्न परिवारले कन्जुस्याईं गरेन । दिदी भिनाजुको मार्गदर्शनमा उनले त्रिवेणी संगीतालयमा संगीत सिक्न थाले । सानै उमेरदेखि त्रिवेणीका गुरु नवराज बरालसँग संगीत सिकेका बुद्ध पोखरामा आयोजना भएको ‘बिग आइकन-२०११’मा चौथो भए ।

२०१२ मा उनले आफ्नै कम्पोजिसनमा ‘कसरी तिमीलाई’ बोलको गीत पनि रेकर्ड गराएका थिए । साथीहरुसँग मिलेर उनले ताण्डव नामको ब्याण्ड पनि बनाएका थिए । तर, एक सदस्यको निधन भएपछि ब्याण्ड भताभुंग भयो ।

शिझा[सम्पादन गर्ने]

गएको वर्ष पोखराको महेन्द्र माविबाट एसईई परीक्षा उत्तिर्ण गरेका उनले त्यसपछि टूरिजम् हस्पिटालिटी म्यानेजमेन्ट पढिरहेका छन् । साथै पोखराकै गुरुकुल संगीतालयमा संगीत सिकिरहेका छन् ।

सम्मान[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

स्रोत[सम्पादन गर्ने]