बोचागञ्ज उपजिल्ला
बोचागञ्ज
বোচাগঞ্জ | |
---|---|
उपजिल्ला | |
निर्देशाङ्क: २५°४८′उ॰ ८८°२७.७′पू॰ / २५.८००°N ८८.४६१७°Eनिर्देशाङ्कहरू: २५°४८′उ॰ ८८°२७.७′पू॰ / २५.८००°N ८८.४६१७°E | |
देश | बङ्गलादेश |
विभाग | रङ्पुर विभाग |
जिल्ला | दिनाजपुर |
क्षेत्रफल | |
• जम्मा | २२४.८१ किमी२ (८६.८० वर्ग माइल) |
जनसङ्ख्या (सन् १९९१) | |
• जम्मा | १३५,३७६ |
• घनत्व | ६००/किमी२ (१६००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+६ (बङ्गलादेशी मानक समय) |
वेबसाइट | यस उपजिल्लाको आधिकारिक नक्सा |
बोचागञ्ज बङ्गाली: বোচাগঞ্জ बङ्गलादेशको दिनाजपुर जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला रङ्पुर विभाग अन्तर्गत पर्दछ।[१]
भूगोल
[सम्पादन गर्नुहोस्]बोचागञ्ज बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २५°४०' देखि २५°५४' उत्तर अक्षांश र ८८°२३' देखि ८८°३२' पूर्वी देशान्तरणमा अवस्थित छ। बोचागञ्ज उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २२४.८१ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई वीरगञ्ज र पिरगञ्ज उपजिल्लाले उत्तर, बिरल उपजिल्ला र भारतको पश्चिम बङ्गाल राज्यले दक्षिण, वीरगञ्ज, कहारोल र बिरल उपजिल्लाले पूर्व र पिरगञ्ज उपजिल्लाले पश्चिमबाट घेरेको छ। ताङ्गन यस उपजिल्लाका प्रमुख नदि हो।[२]
इतिहास
[सम्पादन गर्नुहोस्]बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने यस युद्धका बेला यस क्षेत्रमा बसोबास गर्ने उर्दु मात्रृभाषा भएका मानिसहरूले (राजाकार) र पाकिस्तानी सेनाले यहाँ रहेका बङ्गाली मातृभाषा भएका स्थानीय मानिसहरूको सामूहिक हत्या, घरटहरामा आगजनी, महिला माथी दुर्ववहार, सामूहिक बलात्कार गरी आतङ्क मच्चाएका थिए। पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीच यस उपजिल्लाको मेहरपुर हाटमा प्रत्यक्ष गोली हानाहान भएको थियो। पाकिस्तानी सेनाले यस उपजिल्लाका युवाहरूको अपहरण गरी सामूहिक हत्या पनि गरेका थिए। यस उपजिल्लाको पुलेरहाट भन्ने ठाउँमा बङ्गलादेशी लडाकुले राखेको धरापमा परि ६ पाकिस्तानी सेना मारिएका थिए।[३]
जनशाङ्खिकि
[सम्पादन गर्नुहोस्]उपजिल्ला प्रतिवेदनका अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या १४५२९५ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ७४५८९ छ भने महिलाको जनसङ्ख्या ७०७०६ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ८७३१४ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ५५६५६, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ९५०, इसाई धर्मवलम्बीको जनसङ्ख्या १२ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १४६३ रहेको छ। यस उपजिल्लामा २११ मस्जिद, ९१ मन्दिर, १ गिर्जाघरहरू रहेका छन्। यस उपजिल्लाका ९६.०१% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.०३% ले पोखरी, ०.५६% ले टुटी र ३.४% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्।यस उपजिल्लाको कुल घरहरू मध्ये ६७.११% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। बोचागञ्ज उपजिल्लामा १ अस्पताल, १ उपजिल्ला स्वास्थ्य संस्था, ६ सङ्घ अस्पताल तथा परिवार नियोजन केन्द्र र १ आँखा अस्पताल रहेका छन्।
अर्थतन्त्र
[सम्पादन गर्नुहोस्]यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, मकै, तोरी, आलु, उखु तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, मेवा, खरबुजा, कटहर, अम्बा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा चिनी उत्पादन केन्द्र, गहुँ कुटानी केन्द्र, बरफ कारखाना तथा चिस्यान केन्द्र, वेल्डिङ उद्योग,चिनी उद्योग तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, चामल, गँहु, जुट,आलु, चिनी लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका आलसको तेल, तिल, खैनी, सखरखण्ड पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा २९ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्दै आएका छन्। यस उपजिल्लामा ५ माछापालन केन्द्र, २५ दुग्ध सङ्कलन केन्द्र तथा ७८ कुखुरापालन केन्द्रहरू रहेका छन्।
यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६०.७४% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ३.१४% मजदुरीमा, उद्योग तथा व्यापारमा ०.६४% वाणिज्यमा ९.६४%, सञ्चार तथा यातायातमा २.२६%, निर्माण क्षेत्रमा १३.४६%, सुविधामा ७.१७%, धार्मिक सेवामा ०.१%, वैदेशिक रोजगारी तथा भाडामा ०.१५% र अन्यमा २.७१% रहेका छन्।
प्रशासन
[सम्पादन गर्नुहोस्]बोचागञ्ज थानको स्थापना सन् १९१६ मा भएको थियो भने सन् १९८४ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियो। हाल यस उपजिल्लामा १ नगरपालिका, ६ सङ्घ परिषद्/वडा, १४४ मौजा/महल्ला र १४६ गाउँहरू रहेका छन्।
शिक्षा
[सम्पादन गर्नुहोस्]यस उपजिल्लाको कुल साक्षरता दर ५०.९% रहेको छ जसमध्ये पुरुषको साक्षरता ५८.७% छ भने महिलाको साक्षरता दर ४२.८% रहेको छ। यस उपजिल्लामा ६ क्याम्पस, १ व्यवसायीक शिक्षण संस्था, ४९ माध्यमिक विद्यालय, १२० प्राथमिक विद्यालय र १५ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; सेतावगञ्ज डिग्री क्याम्पस (सन् १९६७), मोलहापाडा बहुभाषिक उच्च विद्यालय (सन् १९१३), सेतावगञ्ज पाइलट उच्च विद्यालय (सन् १९३८), नेहालगाउँ उच्च विद्यालय (सन् १९४६), बतासन उच्च विद्यालय (सन् १९६६), सेतावगञ्ज कन्या विद्यालय (सन् १९७३), सेतावगञ्ज कामिल मदरसा (सन् १९५७) आदि।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ रिजुल करिम (सन् २०१२), "বোচাগঞ্জ উপজেলা", in सिराजुल इस्लाम र आहमेद ए जमाल, बाङ्लापिडिया: बङ्गलादेशको राष्ट्रिय विश्वकोश (दोस्रो संस्करण), बङ्गलादेशको एसियाली समाज।
- ↑ "बोचागञ्ज उपजिल्ला", बाङ्लापिडिया, अन्तिम पहुँच ८ डिसेम्बर २०१८।
- ↑ "बङ्गलादेशको राष्ट्रिय जनगणना", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६।