ब्रायन हटन हज्सन
ब्रायन हटन हज्सन | |
|---|---|
Portrait by Louisa Starr-Canziani | |
| जन्म | १ फेब्रुअरी १८०१ प्रेस्टबरी, चेशायर, इङ्ल्यान्ड |
| मृत्यु | २३ मे १८९४ (उमेर ९३) लन्डन, इङ्ल्यान्ड |
| मातृ शिक्षाप्रतिष्ठान | ईस्ट इन्डिया कम्पनी कलेज |
| कामदार | ब्रिटिश ईस्ट इन्डिया कम्पनी |
उल्लेखनीय कार्य | नेपालका स्तनधारी जनावरहरूको वर्गीकृत सूचीपत्र, बौद्ध धर्म र साहित्यका चित्रणहरू। |
| जीवनसाथी | एनी स्कट, सुसान टाउनशेन्ड। |
ब्रायन हटन हज्सन नेपालका लागि बेलायती रेजिडेन्सी (दूत) थिए। सन् १८२० देखि अढाइ दशकसम्म नेपालका लागि रहँदा उनले नेपालमा विभिन्न सामग्री सङ्कलन गरेका थिए। उनको नेपालका स्तनधारी जनावरहरूको वर्गीकृत सूचीपत्र, बौद्ध धर्म र साहित्यका चित्रणहरूको बारेमा काम उल्लेखनिय रहेको छ।
अनुसन्धान
[सम्पादन गर्नुहोस्]हज्शनले विभिन्न विधाका सामग्रीहरू सङ्कलन गरी लण्डन पुर्याएका थिए। जुन सामग्रीलाई सामग्रीहरूलाई हज्शन पाण्डुलिपि भनिएको छ। अधिक समय दार्जीलिङमा रहेर खोज गरेका हज्शनको सम्पर्कमा थुप्रै नेपाली थिए। तीमध्ये ताप्लेजुङको ढुङ्गेसाँघुका जोभानसिं वनेम पनि थिए। जोभानसिंले आफ्ना पुर्खाहरूले गोर्खालीविरुद्ध लड्दाका युद्धवर्णन पुर्खाहरूबाट सुनेका घटना लिम्बू भाषामा सिरिजंगा लिपिमा लेखेर हज्शनलाई बुझाएका थिए।
हज्शनबारे पुस्तक
[सम्पादन गर्नुहोस्]साढे दुई सय वर्षअघिको विषयलाई लिएर अनुसन्धान गरिएको कृति हज्शन पाण्डुलिपिमा गोर्खा-लिम्बुवान-खम्बुवान पुस्तक वि.सं. २०७० वैशाखमा काठमाडौंमा सार्वजनिक गरियो। उक्त पुस्तक अर्जुनबाबु माबुहाङ र भरत तुङघङले लेखेका हुन्।