सामग्रीमा जानुहोस्

भर्जिन मोबाइल साउदी अरब

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भर्जिन मोबाइल साउदी अरब
उद्योगदूरसञ्चार
स्थापितअप्रिल १, २०१४; १२ वर्ष पहिले (२०१४-०४-01)
केन्द्रीय कार्यालय
रियाद
,
साउदी अरब
मुख्य व्यक्ति
फाउद हलावी, कार्यकारी
वेबसाइटvirginmobile.sa

भर्जिन मोबाइल साउदी अरब (अरबी: فيرجن موبايل السعودية ) एसियाली राष्ट्र साउदी अरबको एक प्रमुख दूरसञ्चार कम्पनीहरू मध्ये एक हो वा साउदी अरबको मोबाइल सञ्जाल प्रदायक कम्पनी हो।[] यसले सन् २०१४ मा साउदी अरबको सञ्चार तथा सूचना प्रविधि आयोग मार्फत साउदी अरबमा मोबाइल सञ्जाल सञ्चालनको लागि अनुमति पत्र प्राप्त गरेको थियो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत पाउद हलावी हुन्।[]

भर्जिन मोबाइल साउदी अरब, बेलायत बहुराष्ट्रिय दूरसञ्चार कम्पनी भर्जिन मोबाइलको नियन्त्रणमा रहेको छ। कम्पनीलाई आधिकारिक रूपमा भर्जिन मोबाइल साउदी संस्था भनिन्थ्यो। यो एक साउदी अरबी कम्पनी हो जसले स्थानीय, क्षेत्रीय र विश्वव्यापी सेयरधनी र मोबाइल दूरसञ्चारमा विशेषज्ञहरू ल्याउँदछ।

यसको प्रधान कार्यालय राजधानी रियादमा अवस्थित छ र यसका देशका विभिन्न ठाउँहरूमा छरिएका ग्राहक सेवा केन्द्र रहेका छन् भने जेद्दामा सदस्य हेरचाह केन्द्र रहेको छ।[]

भर्जिन मोबाइल साउदी अरबले, साउदी अरबको सञ्चार तथा सूचना प्रविधि आयोग मार्फत मोबाइल सञ्जाल सञ्चालन गर्नका लागि अप्रिल २०१४ मा अनुमति पत्र प्राप्त गरेको थियो।[]

भर्जिन मोबाइल साउदी संस्था सिमित दायित्व कम्पनी जून २०१३ मा आधिकारिक रूपमा स्थापना भएको थियो भने यसले सेवा सञ्चालन १ अप्रिल २०१४ देखि गर्दै आइरहेको छ। यसलाई साउदी अरबको सञ्चार तथा सूचना प्रविधि आयोगद्वारा भर्जिन मोबाइलको अनुमतिपत्र प्रदान गरिएको थियो।

कम्पनी भर्जिन मोबाइल मध्य पूर्व र अफ्रिकाको एक भाग हो जसमा सेयर स्थानीय साउदी अरबी नागरिकहरूको रहेको छ।

भर्जिन मोबाइल साउदी अरबल, साउदी दूरसञ्चार कम्पनीको सञ्जालमा आधारित छ। यो सञ्जाल निम्न उल्लेखित आवृत्तिहरूमा कार्य सञ्चालन गर्दछ:

१) तेस्रो पुस्ता २१०० मेगाहर्ज

२)चौँथो पुस्ता दीर्घकालीन सञ्जाल १८००/२३०० मेगाहर्ज

भर्जिन मोबाइल साउदी अरबले आफ्नो प्रस्तावहरूमा "निष्पक्षता र सरलता" सहित सम्पूर्ण सेवाहरू प्रदान गरिरहेको कुरा दावी गर्दै आइरहेको छ।

भर्जिन मोबाइलका दूरसञ्चार सेवाहरू यस प्रकारका छन्:

१) सङ्ख्या आरक्ष सेवा

२) (प्रिपेड) पूर्व भुक्तानी योजनाहरू

३) (पोष्टपेड) पछि भुक्तानी योजना

४) प्रिपेड) पूर्व भुक्तानी मोबाइल विस्तृत पट्टी सेवाहौ

भर्जिन मोबाइलले आफ्ना सम्पूर्ण उत्पादनहरू साउदी अरबमा विक्री वितरण गर्दछ। यसले तेस्रो तथा चौथो पुस्ताको सञ्जाललाई सञ्चालनमा ल्याएको छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]