भाक्सु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भाक्सु
देशभारत
राज्यहिमाचल प्रदेश
जिल्लाकाँगडा जिल्ला
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)

भागसु/भाक्सु (भागसुनाग वा भागसुनाथ पनि भनिन्छ) भारतको हिमाचल प्रदेशको काँगडा जिल्लाको धर्मशाला नजिकैको एउटा गाउँ हो। यो गाउँ भागसुनाग झरना र पुरातन भागसुनाग मन्दिरको स्थल हो।[१]

१८औँ शताब्दीको सुरुतिर, गोर्खाहरू बेलायतीहरूसँग यहाँ बसोबास गर्न आए र उनीहरूले १८१५ मा पहिलो गोर्खा राइफल्स (मलौन रेजिमेन्ट) गठन गरे।[२] भाक्सु प्रथम गोर्खा राइफल्स (मलौन रेजिमेन्ट) को घर पनि हो। भाक्सुको नाम हाल म्याकलियोडगन्ज स्टेसनमा रहेको भाक्सुनाग मन्दिरको नामबाट राखिएको छ।[३]

इतिहास[सम्पादन गर्नुहोस्]

भारतीय पौराणिक कथामा नागदेवताले पवित्र नागदल तालको पानी चोरेका राजा भाक्सुसँग युद्ध गरेका थिए। राजा भाक्सु पराजित भए र अन्ततः क्षमा गरियो, र क्षेत्र भाक्सु नागको रूपमा पवित्र गरियो।[४]

पर्यटन[सम्पादन गर्नुहोस्]

भाक्सुमा धेरै होटलहरू छन्। भाक्सु झरना, त्रियुण्ड ट्रेक र धरमकोट पर्यटकीय आकर्षणहुन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Planet, Lonely, "Bhagsu & Dharamkot travel | Dharamsala, India", Lonely Planet (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०३-२७ 
  2. "Bhagsunag waterfall, McLeodganj", PedalThrottle (en-USमा), २०२०-०३-०१, अन्तिम पहुँच २०२०-०६-१२ 
  3. "Bhagsunag Temple, McLeodganj: A 5000 years old temple", PedalThrottle (en-USमा), २०२०-०३-१३, अन्तिम पहुँच २०२०-०६-१२ 
  4. जोगिन्दरनगर.कॉम (२०१२-११-०३), "Bhagsu Nag Temple - An Ancient Hindu Temple", Jogindernagar.com (en-USमा), अन्तिम पहुँच २०१९-०३-२७