भारतीय निर्वाचन आयोग
भारत निर्वाचन आयोग | |
संवैधानिक निकाय विवरण | |
---|---|
गठन | २५ जनवरी १९५० (पछि राष्ट्रिय मतदाता दिवस को रूपमा मनाइयो) |
अधिकार क्षेत्र | कानून र न्याय मन्त्रालय, भारत सरकार |
प्रधान कार्यालय | निर्वाचन सदन, अशोका रोड, नयाँ दिल्ली[१] २८°३७′२६″उ॰ ७७°१२′४०″पू॰ / २८.६२३८९°N ७७.२११११°Eनिर्देशाङ्कहरू: २८°३७′२६″उ॰ ७७°१२′४०″पू॰ / २८.६२३८९°N ७७.२११११°E |
कर्मचारीहरू | 300 को आसपास[२] |
संवैधानिक निकाय कार्यकारीहरू | |
वेबसाइट | Official Website |
भारतीय निर्वाचन आयोग (ECI) एक संवैधानिक निकाय हो। यसलाई भारतको संविधानले देशमा निर्वाचन सञ्चालन र नियमन गर्न स्थापना गरेको हो। संविधानको धारा ३२४ ले संसद, राज्य व्यवस्थापिका, भारतको राष्ट्रपतिको कार्यालय र भारतका उपराष्ट्रपतिको कार्यालयको निर्वाचनको रेखदेख, निर्देशन र नियन्त्रणको अधिकार निर्वाचन आयोगमा निहित हुने व्यवस्था गरेको छ। तसर्थ, निर्वाचन आयोग एक अखिल भारतीय निकाय हो कि यो केन्द्रीय सरकार र राज्य सरकार दुवैको साझा हो। [[१]]
यस निकायले लोकसभा, राज्यसभा, राज्य विधान सभा, राज्य विधान परिषद् र देशको राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयहरूको निर्वाचनको व्यवस्थापन गर्दछ। [[२]] [[३]] निर्वाचन आयोगले संविधानको धारा ३२४, र त्यसपछि जनप्रतिनिधित्व ऐन लागू गरेको छ । निर्वाचन सञ्चालन गर्दा प्रचलित कानूनले अपर्याप्त व्यवस्था गरेको अवस्थामा उपयुक्त ढङ्गले काम गर्ने संवैधानिक अधिकार आयोगलाई छ । यो स्थायी संवैधानिक निकाय हो।
संरचना
[सम्पादन गर्नुहोस्]आयोगमा वर्तमानमा एक मुख्य निर्वाचन आयुक्त र दुइ निर्वाचन आयुक्त हुन्छन्। जब यो पहिला पटक १९५०मा गठित भयो तबदेखि र १५ अक्तूबर, सन् १९८९ सम्म केवल मुख्य निर्वाचन आयुक्त सहित यो एक एकल-सदस्यीय निकाय थियो। १६ अक्तूबर, 1989 देखि 1 जनवरी, 1990 सम्म यो आर. वी. एस. शास्त्री (मु.नि.आ.) र निर्वाचन आयुक्तका रूपमा एस.एस. धनोवा र वी.एस. सहगल सहित तीन-सदस्यीय निकाय बन्यो। 2 जनवरी, 1990 देखि 30 सितम्बर, 1993 सम्म यो एक एकल-सदस्यीय निकाय बन्यो र फेरि 1 अक्तूबर , 1993 देखि यो तीन-सदस्यीय निकाय बन्यो। [३]
वर्तमानमा मुख्य निर्वाचन आयुक्त श्री राजीव कुमार र अन्य निर्वाचन आयुक्त अनुप चन्द्र पाण्डे र अरुण गोयल छन्।
अधिकार एवं गर्तव्य
[सम्पादन गर्नुहोस्]मुख्य निर्वाचन आयुक्त
[सम्पादन गर्नुहोस्]निर्वाचन आयुक्तहरूको नियुक्ति एवं कार्यावधि
[सम्पादन गर्नुहोस्]मुख्य निर्वाचन आयुक्त र अन्य निर्वाचन आयुक्तहरूको नियुक्ति भारतको राष्ट्रपतिले गर्दछन। मुख्य निर्वाचन आयुक्तको कार्यकाल ६ वर्ष वा ६५ साल, जो पहिला हो,को हुन्छ जबकि अन्य निर्वाचन आयुक्तहरूको कार्यकाल ६ वर्ष वा ६२ साल, जो पहिला हो,को हुन्छन्। निर्वाचन आयुक्तको सम्मान र वेतन भारतका सर्वोच्च न्यायलयका न्यायधीशका सामान हुन्छ। मुख्य निर्वाचन आयुक्तलाई संसद द्वारा महाभियोगको प्रक्रियाबाट नैं हटाउन सकिन्छन्।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- निर्वाचन आयोगको आधिकारिक जालस्थल
- भारतका सबै प्रान्तहरू एवं केन्द्र-शासित प्रदेसहरूका मुख्य निर्वाचन अधिकारिहरूका जालस्थलको सूची
- ईराक निर्वाचनहरूमा भारतीय निर्वाचन आयोगका सहयोगका बारेमा टेलीग्राफमा छपी खबर
- इंटरनेटमा निर्वाचन आयोग द्वारा जारी मतदाता सूची वेब्याक मेसिन अभिलेखिकरण २००७-०२-१० मिति विकल्प: 'मतदाताको नाम' तपाईँ विधानसभा क्षेत्र, एवं लोकसभा क्षेत्रानुसार पनि मतदाता सूची पा सक्छौं, वा फेरि पोलिंग बूथका अनुसार पनि।
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ "Contact Us", Election Commission of India, मूलबाट २६ डिसेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १० जनवरी २०१८।
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;:0
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ "प्राय पूछे जाने प्रश्न – निर्वाचन तन्त्र", Election Commission of India।