भारुण्ड (प्राचीन चरा)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
भारुण्ड.jpg
भारुण्ड

भारुण्ड एक प्राचीन पन्छी हो । महाभारत भीष्म पर्व अध्याय ७ मा भारुण्ड नामक पक्षीको उल्लेख छ । भारुण्डको भुँडी एउटै भए पनि मुख दुईवटा थियो ।[१]

हिरण्यकश्यप लाई मरेपछि पनि जब नृसिंह को क्रोध शान्त नहुँदा तब भारुण्डले नृसिंहलाई आफ्नो पन्जामा समाएर आकाशमा लिएर उडेको थियो ।

कथा[सम्पादन गर्ने]

एकदिन समुद्र किनारमा टहलिरहँदा अमृत–फल भेटियो । जुन समुद्रको लहरले किनारामा ल्याइ पुर्‍याएको थियो । त्यस फललाई खाँदै उसको एउटा मुखले भन्यो–" मैले समुद्रको लहरले किनारामा बगाएर ल्याएका संयौ अमृततुल्य फल खाएको छु तर यस फलको स्वाद त दिव्य तथा विलक्षण छ । यो देववृक्षको फल पो हो कि ? यस्तो स्वादिलो फल मैले आजसम्म खान पाएको छैन ।" पहिलो मुखको यस प्रकारको कुरा सुनेर दोस्रो मुखले भन्यो– " भाइ, यदि यो फल तिमीले भनेजस्तो स्वादिलो छ भने अलिकति मलाइ पनि देऊ । म पनि यसको स्वाद चाखूँ ।" यो सुनेर पहिलो मुखले हाँस्दै भन्यो– " हाम्रो त एउटै भुँडी छ, जुन मुखले खाए पनि पेटमैं जाने त हो नि । यो मुखले खाए पनि त्यो मुखले खाएपनि भर्ने त पेट नै हो । त्यसैबाट तिमी तृप्ति लेऊ । अलग–अलग दुई मुखले किन खानुपर्‍यो ? बरु उब्रेको भाग हाम्रो प्रियतमालाई दिउँ, उसले पनि यसको स्वाद चाखेर सन्तुष्ट भएमा हाम्रो भलो हुन्छ ।

एउटा टाउकाले आधा आफू खायो, बक्यौता प्रियतमालाई दियो । बदलामा प्रियतमाको मीठो चुम्बन पायो । त्यो देखेर अर्को टाउकोले चर्को असन्तुष्टि जनायो । यति कुरा भनेर उसले उब्रेको फल आफ्नी प्रियालाई दियो । त्यो फल स्वाद मानी खाएर ऊ प्रसन्न भएर पतिलाई आलिंगन, चुम्बन तथा कटाक्ष गर्न थाली । दोस्रो मुख त्यस दिनदेखि उदास र खिन्न रहन थाल्यो ।

अर्को दिन समुद्रमा विष–फल भेटियो ।त्यो फल पाएपछि पहिलो मुखलाई देखाउँदै उसले भन्यो–हेर, आज मैले विषफल पाएको छु ।  तिमीसित अपमान पाएको कारण यसलाई म खान गइरहेको छु । उसको यस प्रकारको भयानक कुरा सुनेर पहिलो मुखले आत्तिंदै भन्यो–मूर्ख, यस्तो गर्‍यौ भने हामी दुवैजनाको मृत्यु निश्चित हुनेछ । तिमी यो फल नखाऊ । पहिलो मुखले जति भनेपनि दोस्रो मुखले मानेन । आफ्नो अपमान सम्झेर अर्को टाउकाले त्यसलाई एक्लै खाइदियो । त्यो विषफल खाइदियो जसको कारणले ती दुई मुख भएको अद्भूत चरा तत्काल मर्‍यो । [२][३][४]

सन्देश[सम्पादन गर्ने]

एकोदरा पृथग्ग्रीवा अन्योन्यफलभक्षिण:

असंहता विनश्यन्ति, भारूण्डा इव पक्षिण:

अर्थात्

एकमत भएर काम नगर्ने व्यक्ति, एउटा भुँडी र दुईटा मुख भएको तथा परस्पर दुवै मुखबाट अलग–अलग फल खाने व्यक्तिको भारुण्ड चराझैं विनाश हुन्छ ।[५]

प्रयोग[सम्पादन गर्ने]

भारुण्ड भारतीय राज्य कर्नाटकको आधिकारिक निशान छाप हो ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]