भिक्टर यानुकोभिच

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Viktor Yanukovych official portrait.jpg
भिक्टर यानुकोभिच

भिक्टर यानुकोभिच (युक्रेनी: Ві́ктор Фе́дорович Януко́вич, listen; born 9 July 1950) युक्रेनी राजनीतिज्ञ हुन् जो २०१० मा युक्रेनको चौथो राष्ट्रपति निर्वाचित भएका थिए।[१] २०१४ मा युक्रेनमा उर्लिएको पश्चिमी राष्ट्र समर्थित शक्तिको क्रान्तिकारी लहरले यानुकोभिचलाई अपदस्त गरेको थियो । हाल उनी रसियामा निर्वासित जीवन बिताइरहेका छन्।[२] युक्रेनको संसदले राष्ट्रपति भिक्टर यानुकोविच बिरुद्धको महाभियोग प्रस्ताव पारित गरेको थियो ।

सन् २०१० मा रुसनिकट मानिने भिक्टर यानुकोभिच निर्वाचित भएपछि २०१३ मा युक्रेनले युरोपेली सङ्घको प्रस्तावलाई नमान्दा आन्दोलनको ज्वारभाटा प्रारम्भ भएको थियो । यसबाट उत्पन्न परिस्थितिको सामना गर्न नसकेर यानुकोभिच रुसको शरणमा गएका थिए। राष्ट्रपति भिक्टर यानुकोभिच अपदस्थ भएपछि रसियाका सेना युक्रेनको क्रिमियामा गयो। उक्त राजनीतिक कदमको परिणामस्वरूप रुस २०१४ मा क्रिमिया आफूमा बिलय गराउन सफल भयो।


यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Ukraine's Tymoshenko Slams Rival, No Comment On Election Result, Radio Free Europe/Radio Liberty (11 February 2010): "International observers and the Organization for Security and Cooperation in Europe have called the election transparent and honest."
  2. Roth, Andrew (२०१९-०१-२५), "Ukraine's ex-president Viktor Yanukovych found guilty of treason", The Guardian (en-GBमा), आइएसएसएन 0261-3077, अन्तिम पहुँच २०२०-०५-२८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]