भिसा इङ्क.

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भिसा इंक. एक अमेरिकी बहुराष्ट्रिय भुक्तानी कार्ड सेवा संस्था हो ।यसको  मुख्यालय सान फ्रान्सिस्को, क्यालिफोर्नियामा छ। [१] यसले विश्वभर प्राय: भिसा-ब्रान्डेड क्रेडिट कार्ड, डेबिट कार्ड र प्रिपेड कार्ड मार्फत इलेक्ट्रोनिक पैसा स्थानान्तरणको सुविधा दिन्छ, । [२] भिसा संसारको सबैभन्दा मूल्यवान कम्पनीहरु मध्ये एक हो।

भिसाले वित्तीय संस्थाहरूलाई भिसा-ब्रान्डेड भुक्तानी प्रडक्ट प्रदान गर्दछ जसबाट उनीहरूले आफ्ना ग्राहकहरूलाई क्रेडिट, डेबिट, प्रिपेड र नगद पहुँच कार्यक्रमहरूको सुबिधा प्रदान गर्छन् भिसाले कार्ड जारी गर्दैन, क्रेडिट विस्तार गर्दैन वा उपभोक्ताहरूको लागि दर र शुल्कहरू सेट गर्दैन। २०१५ मा , निल्सन रिपोर्ट ( क्रेडिट कार्ड उद्योगलाई ट्र्याक गर्ने   एक प्रकाशन) अनुसार भिसाको ग्लोबल नेटवर्क ( VisaNet भनेर चिनिन्छ) २०१४ मा १०० बिलियन कारोबार सम्पन्न गर्‍यो जसको मूल्य ६.८ ट््रीलियन अमेरिकी डलर थियो । [३]

भिसा १९५८ मा मा बैंक अफ अमेरिका द्वारा BankAmericard क्रेडिट कार्ड प्रोग्रामको रूपमा स्थापना गरिएको थियो। [४] प्रतिस्पर्धी मास्टर चार्ज (अहिले मास्टरकार्ड ) को प्रतिक्रियामा, बैंक अफ अमेरिका ले १९६६ मा अन्य वित्तीय संस्थाहरूलाई BankAmericard प्रोग्राम लाइसेन्स दिन थाल्यो ।    [५] त्यसपछि सन् १९७६ मा यसलाई भिसा नाम दिइएको थियो [६]

भिसा विश्वको दोस्रो ठूलो कार्ड भुक्तानी संस्था हो। २०१५ मा चाइना युनियनपे भिसालाई उछिनेर ठूलो कार्ड भुक्तानी संस्था बन्यो । [७] यद्यपि, युनियनपे मुख्यतया चीनको घरेलु बजारको आकारमा आधारित भएको हुनाले, भिसा अझै पनि बाँकी विश्वमा प्रमुख बैंककार्ड कम्पनी मानिन्छ, जहाँ यसले कुल कार्ड भुक्तानीको ५०% बजार हिस्सा लिएको छ । [८]

इतिहास[सम्पादन गर्नुहोस्]

आलोचना र विवाद[सम्पादन गर्नुहोस्]

विकिलिक्स[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Visa Inc. 2021 Annual Report", Visa Inc., मूलबाट नोभेम्बर ६, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ अगस्ट २०२२ 
  2. Visa वेब्याक मेसिन अभिलेखिकरण सेप्टेम्बर ३०, २००९ मिति.
  3. Fisher, Daniel (२०१५-०५-२५), "Visa Moves at the Speed of Money", Forbes, मूलबाट अगस्ट ६, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०५-०१ 
  4. Electronic Value Exchange: Origins of the Visa Electronic Payment System, London, २०११, पृ: १, अन्तिम पहुँच मार्च २०, २०२३ 
  5. "History of Visa", Visa Latin America & Caribbean.
  6. Technological Innovation in Retail Finance: International Historical Perspectives, New York। 
  7. "UnionPay takes top spot from Visa in $22 trillion global cards market – RBR", Finextra (London: Finextra Research Limited), २२ जुलाई २०१६, मूलबाट जुन ४, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी ३, २०१७ 
  8. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Finextra ,=