भेट्रान कप २०७६

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
मितिअसोज २ गतेदेखि असोज ६ गतेसम्म
टोलीहरू१६
स्थान(हरू)१ (१ आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेतारोयल एफसी दार्जलिङ [१] (१औँ उपाधि)
उप-विजेताझापा भेट्रान क्लब
प्रतियोगिता तथ्याङ्क
उत्कृष्ट खेलाडी(हरू)नेपाल नरेन्द्रमणी लिम्बु (झापा)
उत्कृष्ट गोलरक्षकनेपाल रूपक गुरुङ (झापा)


प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप साधारणतया भेट्रान कप २०७६, ४० वर्ष नाघेका खेलाडीहरू बीच खेलाइएको एक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता थियो जसलाई चितवनको भरतपुरमा पहिलो पटक आयोजना गरिएको थियो। यो प्रतियोगितालाई चितवन भेट्रान फुटबल क्लबले असोज २ गते देखि असोज ६ गते सम्म जिल्ला प्रहरी कार्यालय (चितवन) को ठिक अगाडि अवस्थित गेष्टहाउस चौरमा सञ्चालन गरिएको थियो र सबै खेलहरू सोही चौरमा खेलाइएको थियो। [२]

प्रतियोगिताको मुख्य प्रायोजक जस्मिन पेण्ट्स रहेको छ भने सह प्रायोजकमा वि एण्ड वि सव मनी ट्रान्सफर, गोर्खा ब्रेवरी, माटर्स, मिलन मार्केट, सेन्ट्रल कलेज आदि रहेका छन्। सहयोगी संस्थाको रूपमा अखिल नेपाल फुटबल सङ्घ चितवन, चितवन खेलकुद पत्रकार मञ्च र गोल नेपाल रहेका छन्।[३] [४] प्रतियोगिताको पहिलो चरणको खेलहरु दुई दिन सम्म सञ्चालन भएका थिए र उक्त दुबै दिन ४–४ वटा खेल भएको थियोसहभागी १६ मध्ये ८ टोली क्वाटरफाइनल प्रवेश गरेका थिए। क्वाटरफाइनलका खेलहरू असोज ४ गते भएको थियो भने सेमीफाइनलको खेलहरु ५ गते र फाइनल खेल ६ गते भएको थियो।[५] प्रतियोगिताको अन्तिम तथा निर्णायक खेलमा रोयल भेट्रान दार्जिलिङले झापा भेटान क्लबलाई सडनडेथमा पराजित गर्दै उपाधि चुम्न सफल भएको थियो।[१]

सहभागी टोलीहरू[सम्पादन गर्नुहोस्]

भेट्रान कप २०७६ का सहभागी क्लबहरू

  • विदेशी क्लबहरू
    • देराहदुन एफसी भारत
    • रोयल भेट्रान दार्जिलिङ

  • स्वदेशी क्लबहरू
    • चितवन भेट्रान निलो
    • चितवन भेट्रान रातो
    • मक्वानपुर भेट्रान हेटौँडा
    • अभिषेक चर्च नवलपुर
    • बगरभाइ खलक पोखरा
    • टि बरगर ललितपुर

    • नाइट किङ काठमाण्डौ
    • धरान भेट्रान क्लब, धरान
    • सानो गौचरन क्लब, काठमाण्डौ
    • रुपन्देही भेट्रान ११, बुटवल
    • बिबिसी भेट्रान क्लब, बनेपा
    • युथ एकेडेमी वीरगञ्ज
    • कैलाली भेट्रान कैलाली
    • झापा भेट्रान क्लब, झापा

व्यक्तिगत पुरस्कारहरू[सम्पादन गर्नुहोस्]

पुरस्कार विधाहरू विजेताहरू क्लब[६][१]
उत्कृष्ट गोलरक्षक नेपाल रूपक गुरुङ झापा भेट्रान क्लब, झापा
उत्कृष्ट रक्षापङ्क्तिका खेलाडी भारत प्रनव घोष रोयल भेट्रान दार्जिलिङ
उत्कृष्ट मध्यपङ्क्तिका खेलाडी भारत बि बान्तवा रोयल भेट्रान दार्जिलिङ
सर्वाधिक गोलकर्ता भारत पल्जर भुटिया पिटर रोयल भेट्रान दार्जिलिङ
सर्वोत्कृष्ट खेलाडी नेपाल नरेन्द्रमणी लिम्बु झापा भेट्रान क्लब, झापा

नगद तथा पुरस्कारहरू[सम्पादन गर्नुहोस्]

विजेता बन्दै पाहुना टोली रोयल भेट्रान दार्जिलिङले १ लाख १ हजार १११ रुपैयाँ सहित मेडल र ट्रफी प्राप्त गरेका थिए भने दोस्रो स्थानमा चित्त बुझाएको झापा भेट्रान क्लबले कपसहित ५० हजार ५५५ रुपैयाँ नगद पुरस्कार पाएको थियो।

त्यसैगरी म्यान अफ दि म्याचलाई नगद र ट्रफी दिइएको थियो। अन्त्यमा खेल भरिका उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षापङ्क्ती, उत्कृष्ट मध्यपङ्क्ती र सर्वाधिक गोलकर्तालाई जनही ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो।[७]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ "अन्तर्राष्ट्रिय चितवन भेटेरान कपको उपाधी दार्जिलिङलाई", सौराहा अनलाइन, ६ असोज २०७६, अन्तिम पहुँच १६ असोज २०७६ [dead link]
  2. "चितवनमा भेट्रान फुटबल कप हुने,भारतका दुई टिमसहित १६ टिमले प्रतिस्पर्धा गर्ने", इ मकालु अनलाइन, १ असोज २०७६, अन्तिम पहुँच १६ असोज २०७६  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०१-२८ मिति
  3. "भरतपुरमा ‘प्रथम अन्तराष्ट्रिय आमन्त्रण चितवन भेट्रान फुटबल हुने’ तयारी अन्तिम", सफल खबर, १ असोज २०७६, अन्तिम पहुँच १६ असोज २०७६ 
  4. "भेट्रान कप फुटबल सुरु", नागरिक न्युज, ५ असोज २०७६, अन्तिम पहुँच १६ असोज २०७६ 
  5. "अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप फुटबल असोज २ देखि", हाम्रो खेलकुद, सोमवार, भाद्र ३०, २०७६, अन्तिम पहुँच १६ असोज २०७६ 
  6. "‘चितवन भेट्रान कप’ दार्जिलिङले उचाल्यो", न्युज प्रवाह, ६ असोज २०७६, अन्तिम पहुँच १६ असोज २०७६ 
  7. "अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप फुटबल असोज २ देखि", हाम्रो खेलकुद, सोमवार, भाद्र ३०, २०७६, अन्तिम पहुँच १६ असोज २०७६