भोजेश्वर मन्दिर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
भोजेश्वर मन्दिर
भोजेश्वर मन्दिर मध्य प्रदेश-এ অবস্থিত
भोजेश्वर मन्दिर
भोजेश्वर मन्दिर
मध्य प्रदेशमा स्थिति भोजेश्वर मन्दिर
निर्देशांक:२३°०६′०१″उत्तर ७७°३४′४७″पूर्व / २३.१००३° उत्तर ७७.५७९७° पूर्व / 23.1003; 77.5797निर्देशाङ्क: २३°०६′०१″उत्तर ७७°३४′४७″पूर्व / २३.१००३° उत्तर ७७.५७९७° पूर्व / 23.1003; 77.5797
नाम
अन्य नामहरू:भोजपुर मन्दिर, भोजेश्वर मन्दिर
अवस्थिति
देश:भारत
राज्य/अञ्चल:मध्य प्रदेश
जिल्ला:रायसेन
शहर:भोजपुर
उचाई:४६३ मी (१,५१९ फिट)
कला र संस्कृति
मुख्य देवता:शिव
प्रमुख चाडपर्व:महा शिवरात्रि
स्थापना मिति:११औं शताब्दी
परिचालक निकाय:भारतीय पुरातात्त्विक सर्वेक्षण विभाग

भोजेश्वर मन्दिर (English:  Bhojeshwar Temple, जसलाई भोजपुर मन्दिर पनि भनिन्छ) मध्य प्रदेशको राजधानी भोपाल देखि लगभग ३० किलोमिटर दूर स्थित भोजपुर नामक गाउँमा बनाइएको मन्दिर हो । यो मन्दिर बेतवा नदीको किनारमा विन्ध्या दायराको मध्य एक पहाडीमा स्थित छ । मन्दिरको निर्माण एवम् यसको शिवलिङ्गको स्थापना धारको प्रसिद्ध परमार राजा भोज (सन् १०१० - १०५३) ले गरेका थिए । उनको नाममा नै यसलाई भोजपुर मन्दिर वा भोजेश्वर मन्दिर पनि भनिन्छ, तथापि केहि पौराणिक कथाहरूको अनुसार यस स्थलको मूल मन्दिरको स्थापना पाण्डवहरू द्वारा गरिएको मानिन्छ । यसलाई उत्तर भारतको सोमनाथ पनि भनिन्छ । यहाँको शिलालेखहरू देखि ११औं शताब्दीको हिन्दू मन्दिर निर्माणको स्थापत्य कलाको ज्ञान हुन्छ र थाहा हुन्छ कि गुम्बजको उपयोग भारतमा इस्लामको आगमन अघि पनि हुन्थ्यो । यस अपूर्ण मन्दिरको वृहत कार्य योजनालाई निकटवर्ती पाषाण शिलाहरूमा उत्कीर्ण गरिएको छ । यी नक्शा चित्रहरूको अनुसार यहाँ एक वृहत मन्दिर परिसर बनाउन योजना थियो, जसमा धेरै अन्य मन्दिरहरू बनाइन्थ्यो । यसको सफलतापूर्वक सम्पन्न हुँदा यो मन्दिर परिसर भारतको सबैभन्दा ठूलो मन्दिर परिसरहरू मध्ये एक हुन्थ्यो । मन्दिर परिसरलाई भारतीय पुरातत्त्व सर्वेक्षण विभाग द्वारा राष्ट्रिय महत्त्वको स्मारक चिह्नित गरिएको छ र यसको पुनस्र्त्थान गरिसकेपछि, यसलाई फेरि राम्रो देखाउने प्रयास गरिएको छ । मन्दिरको बाहिर पुरातत्व विभागको शिलालेख अनुसार यस मन्दिरको शिवलिङ्ग भारतका मन्दिरहरूमा सबैभन्दा उच्च एवम् विशालतम शिवलिङ्ग हो । यस मन्दिरको प्रवेशद्वार पनि कुनै हिन्दू भवनको ढोकाहरूमा सबभन्दा ठूलो हो । मन्दिरको नजिकै यस मन्दिरलाई समर्पित एक पुरातात्विक संग्रहालय पनि निर्माण गरिएको छ । शिवरात्रिको अवसरमा राज्य सरकारद्वारा यहाँ प्रतिवर्ष भोजपुर उत्सवको आयोजन गरिन्छ ।

इतिहास[सम्पादन गर्ने]

पौराणिक मत[सम्पादन गर्ने]

यस मतको अनुसार माता कुन्तीद्वारा भगवान शिवको पूजा गर्नका लागि पाण्डवहरूले यस मन्दिरको निर्माणको एक रात्रिमा नै पूरा गर्ने संकल्प लिए जुन पूरा हुन सकेन । यस प्रकार यो मन्दिर आज सम्म अधुरो छ ।[१][२]

ऐतिहासिक मत[सम्पादन गर्ने]

यस मतको अनुसार यस्तो मान्यता छ कि मन्दिरको निर्माण कला, स्थापत्य र विद्याको महान संरक्षक मध्य-भारतको परमार वंशीय राजा भोजदेवले ११औं शताब्दीमा गराएका थिए ।[१][३][४][५] परम्पराहरू एवम् मान्यतानुसार उनले नै भोजपुर एवम् अब टुटेको एक बाँधको निर्माण पनि गराएका थिए ।[६] मन्दिरको निर्माण कहिल्यै पूर्ण हुन सकेन, अतः यहाँ एक शिलान्यास वा उद्घाटन/निर्माण अंकन शिलाको कमी छ । फेरि पनि यहाँको नाम भोजपुर नै छ जुन राजा भोजको नाम नाम देखि नै जोडिएको छ ।[७] केहि मान्यताहरूको अनुसार यो मन्दिर एकै रातमा निर्मित हुनु थियोे तर यसको छतको काम पूरा हुनु पहले नै बिहान भयो, त्यसैले काम अधुरै रह्यो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ शिवजी का ऐसा मन्दिर, जिसका निर्माण सुबह होने के कारण रह गया अधूरा। समाचार-इण्डिया।१६-०९-२०१४ |accessdate= ०६-०२-२०१७
  2. "भोजेश्वर नाथ का अनोखा है यह मन्दिर", हिन्दी रसायन, अन्तिम पहुँच ०६-०२-२०१७ 
  3. "भोजपुर" (एचटीएम), इंदिरा गाँधी राष्ट्रीय कला केन्द्र। 
  4. "भोजपुर", रायसेन कृषि उपज मंडी समिति। 
  5. राजा भोज ने कराया था केदारनाथ मन्दिर का निर्माणवेबदुनिया।अनिरुद्ध जोशी 'शतायु'|अभिगमन तिथि:६-०२-२०१७
  6. मनकोडी १९८७, p. ७१.
  7. विलिस, माइकल (२००१), "Inscriptions from Udayagiri: locating domains of devotion, patronage and power in the eleventh century", साउथ इण्डियन स्टडीज़ (अंग्रेज़ीमा) १७ (१): ४१–५३। 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]