मकरमेला, पनौती

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

मकर मेला मकर संक्रान्तिको दिन प्रत्येक बाह्र वर्षमा पनौतीमा लाग्ने मेला हो।[१] माघ महिनाभरि लाग्ने यो मेलामा नेपालभित्रका भक्तजनहरू मात्र नआई उत्तर भारत प्रयागबाट समेत तीर्थालुहरू आउँछन्। मेलाको प्रमुख स्थान त्रिवेणीघाट क्षेत्र हो। त्रिवेणीमा नुहाई त्यहाँको जल उत्तरपट्टी कुञ्जगिरी पर्वतमा अवस्थित गोरखनाथलाई अर्पण गर्नाले ठूलो पुण्य मिल्ने धारणा भक्तजनमा पाइन्छ।

राजा प्रताप मल्लले वि.सं. १७२७मा रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्दा पनौती त्रिवेणीघाटको पनि जल ल्याई राखेको कुरा यहाँस्थित शिलालेखमा उल्लेख छ। पापीको रूपमा कहलिएका विरूपाक्षलाई 'ने मुनिले' पनौतीमा स्नान गर्न जानु भनेको 'पटन' भन्ने ठ्यासफूमा उल्लेख छ। त्रिवेणी भन्नाले तीन नदीको संगमस्थल भन्ने बुझिन्छ। भारतको प्रयागमा गंगा र यमुनाको संगममा गुप्तरूपले सरस्वती मिसिन आएझैं रूद्रावती (रोशी) र लिलावती (पुण्य) नदी बाहेक गुप्त रूपमा ब्रम्हायणी मन्दिरको तलबाट दूध बग्ने पद्मावती नदी बगेकी छन्। त्रिवेणी संगममा जन्मदेखि मृत्युसम्मका धार्मिक क्रियाकलाप गरिन्छ। यसका साथै हरेक वर्ष माघ महिनामा साँखु र भक्तपुरका माधवनारायण देवता त्रिवेणीमा ल्याई दुई दिनसम्म राखिन्छ।

इतिहास[सम्पादन गर्ने]

मकर मेला चिरकालदेखि चलिआएको मेला हो। स्कन्दपुराणअन्तर्गत हिमवत खण्ड (नेपाल महात्म्य)मा वर्णन गरिएको छ- परापूर्वकालमा श्रृष्टिकर्ता परब्रम्हाले 'अहिल्या' नाम गरेकी सुन्दरी सिर्जना गरी सुरक्षित राख्नका लागि दश इन्द्रीयहरू बसमा राख्न सक्ने गौतम ऋषिलाई नासोका रूपमा सुम्पेका थिए। यो कुरा ब्रम्हा र ऋषिमा मात्र सीमित थियो। देवराज इन्द्र सुन्दरी अहिल्याको रूपबाट मोहित भई कामातुर भएर गौतम ऋषिको भेषमा गई अहिल्याको सतीत्व हरण गरे। यो कुरा स्नान गरी फर्केका गौतम ऋषिले थाहा पाई रिसले चुर भई सतीत्व हरण गर्ने देवराज इन्द्रलाई 'जुन वस्तुमा बढी लालसा राख्यो, त्यही वस्तु शरीरमा उत्पन्न होस् भनी श्राप दिए।' नभन्दै हजारौं योनीहरू पाप चिह्नका रूपमा शरीरमा देखापरे, पत्नी अहिल्या पत्थरझंै विवेकरहित भएकाले शिला हुने श्राप दिए। त्रेतायुगमा मर्यादा पुरुष रामचन्द्रको जन्म हुने र उनकै पाउ स्पर्श पश्चात् अहिल्याको श्राप मोचन हुने भयो। श्री इन्द्रेश्वर मन्दिरको उत्तरपूर्व कुनामा अवस्थित शिलालाई अहिल्या मानिएको छ। काठमाडौंको काष्ठमण्डपपछि पुरानो कला कौशलयुक्त मन्दिरको रूपमा यो गनिएको छ। शरीरभरि योनी भएका देवराज इन्द्र पनौतीमा आई १२ वर्षसम्म श्री महादेवको भक्ति गरी पापमुक्त भएकाले सोही बेलादेखि मकर मेला निरन्तर रूपमा चल्दै आएको जनविश्वास छ।

त्यस्तै अर्को धारणा पनि जनमानसमा प्रचलित छ। पाटन र पनौतीको पहिलेदेखि सम्बन्ध बिग्रेको इतिहास छ। लामो समयसम्म वर्षा नभई खडेरी र ठूलो अनिकाल भएपछि पनौतीपाटनका तान्त्रिकहरू दिनहुँ फूलचोकी माई कहाँ गई पूजा पाठ गर्थे र पानी माग्थे। यो ठाउँ पनौतीबाट पश्चिम र पाटनबाट दक्षिणपूर्व पर्छ। यी दुई क्षेत्रबीच पानी लाने कुरामा होडबाजी चलेको थियो। एक दिन फूलचोकी माई प्रशन्न भई जसले पहिला सुन र चाँदीको फूल चढाउन ल्याउँछ त्यसलाई वरदान दिने कुरा बताउनुभएछ। यसबाट पनौतीका तान्त्रिकहरू चिन्तित अनुहार लिई घर फर्के भने पाटनकाले खुसी हुँदै सुन र चाँदीको फूल बनाउन कालीगढलाई अह्राए। पनौतीका तान्त्रिकले आफ्नो ठाउँमा जान्ने कालीगढ नभएको कुरा बताई तोरी र मुलाको फूल (सुन र चाँदीको जस्तो देखिने) चढाए। सुन चाँदीको निम्ति प्रख्यात पाटनलाई भन्दा तोरी, मुला र साग खेती गर्ने पनौतीलाई नै पानी चाहिने फूलचोकी माईले सोची खुसी भई पनौतीतिर पानी पठाइदिइन्। पाटनका तान्त्रिकले ६ वर्ष लगाएर सुन र चाँदीको फूल ल्याई चढाए र आफूलाई पनि बरदान मिल्नुपर्ने कुरा बताएपछि फूलचोकी माईले मूलको आधा पानी गोदावरीतिर पठाइदिइन्। जुन गोदावरी खोलाको नामले प्रख्यात छ। यी दुवै खोलामा ६-६ वर्षको अन्तरमा गोदावरीमा भदौ महिनाभर १२ वर्षे मकर मेला र माघ महिनामा पनौती त्रिवेणीघाटमा १२ वर्षे मकर मेला लाग्छ।

ऐतिहासिक महत्त्व[सम्पादन गर्ने]

काभ्रे जिल्लाको पनौती नगरपालीकाको पनौतीमा पर्ने रोसी खोला जुन खोला फुलचोकीबाट बगेको छ, यसको धार्मिक विश्वास अनुसार कुनै जमानामा पनौती तथा ललितपुरमा ठूलो खडेरी परेछ यो खडेरीबाट पनौतीका र गोदावरी ललितपुरका सारा मानिसलाई अनिकाल लागेछ यो अनिकालबाट जोगिनका लागि पनौती तथा गोदावरी ल पु का धार्मिक गुरुहरू मिलेर फुलचोकी मातालाई प्रार्थना गर्छन प्रार्थनाबाट खुसि भएर फुलचोकी माताले भनीछन हेर मनुस्य यो फुलचोकी नाम रहनुमा यस फुलचोकीमा रहेको चादी तथा फुलको चौकि रहेरहो तर पनौती तथा गोदावरीका मानीसले यो चोरी गरेकाले म तिमीहरूसँग रुष्ठ छु जसले पहिला यहाँ सुन र चादिका दुईवटा फुल ल्याउछ तिनिहरूलाई म पनि दन्छु जावे भने पछि ती दरुइ ऋषि मनुष्यहरू फकेर ताम जामा लागेछन ललितपरका चाई धनि भएकाले हतार हतार सुन र चादिका फुरल तयार गर्न लागेछन भने पनौतीका चाही चिन्तामा परेछन र हतपत जक्ती निकाली मुलाको फल र तोरीको फुल लगेर चडाएछन र ललितपरकाले भने केही ढिलागरेछन र फलचोकी खुसी भएर दुवैतीर वरावर पनि पर्ठाई दिएछन तेसपछि रोसी खोलाको रूपमा वगन थालीछन यसैगरी वग्ने क्रममा पुण्यमती खोला, सँग मिलेछ तेस वखत पनौतीका मानिसले दुख पाएको देखेर गोरखानाथले गोरखानाथबाट दुधको खोला वगाई वागमतीमा मिसिने गरी बगाई दिई छन भने पनौती का ज्यापुहरूले बागमतिमा भेल आएको वेलाम मान्द्र डाला राखेपछी धान गहु मकै ल्यइदिने गदी रहिछन यसरी जीवन यापन गदै आएका पनौतीका मानिसले रोसी, पुण्यमती, दुधको खोला मिसिएको ठाउँमा प्रत्येक १२ वर्षमा मकर मेला मनाउन थालेछन।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "संक्षिप्त परिचय", panautimun.gov.np, पनौती नगरपालिका, अन्तिम पहुँच ३ नोभेम्बर २०२० 

बाह्य कडीहरू[सम्पादन गर्ने]