मदन पुरस्कार पाउने महिला लेखकहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाली साहित्यक्षेत्रमा मदन पुरष्कार पाउने महिला लेखकहरु चारजना रहेका छन्: पारिजात, झमक घिमिरे , राधा पौडेल र नीलम कार्की "निहारिका" ।[१]

पारिजात[सम्पादन गर्नुहोस्]

पारिजात विशेषतः उनको शिरीषको फूल कृतिका लागि चर्चित छिन् । उनले यसै कृतिका लागि विक्रम संवत् २०२२ मा मदन पुरष्कार पाएकी हुन् । भारतको दार्जिलिङमा जन्मिएकी पारीजातले कर्मथलो भने नेपाललाई बनाइन् । आकांक्षा, महत्ताहीन, आदिम देश, बैँसको मान्छे, तोरीबारी बाटा र सपनाहरु लगायतका कृतिहरु एनका चर्चित कृतिहरु हुन् । उनमा साहित्यसँगै राजनीतिक चेत पनि उत्तिकै रहेको थियो । उनले राल्फा आन्दोलनमा अन्य संगीतकार तथा साहित्यकारसँग मिली योगदान दिएकी थिइन् ।

झमक घिमिरे[सम्पादन गर्नुहोस्]

पारिजातपछि मदन पुरष्कार पाउने महिला लेखक हुन्, झमक घिमिरे । उनले २०६८ सालमा जीवन काँडा कि फूलका लागि यो पुरष्कार पाएकी हुन् । उनी खुट्टाका औँलाका साहाराले लेख्छिन् । उनलाई बाल्यकालदेखि नै प्रतिमष्तिस्क रोगबाट पीडित छिन् । उनी पुस्तकका अलावा, पत्रपत्रिकाहरूमा लेख समेत लेख्छिन् । उनको जीवनीमा आधारित चलचित्र पनि बनिसकेको छ । घिमिरेका संकल्प, आफ्नै चिता अग्नि शिखातिर, मान्छे भित्रका योद्धाहरु लगायतका कृतिहरु प्रकाशित छन् ।[२]

राधा पौडेल[सम्पादन गर्नुहोस्]

राधा पौडेलले उनको पहिलो कृति खलङ्गामा हमलाका लागि मदन पुरष्कार पाएकी हुन् । उनले बिक्रम संवत २०७१ मा यो पुरष्कार पाएकी हुन् । उनको मुख्य पेशा नर्सिङ हो । आफुले भोगेका, देखेका कुरा डायरीमा टिपोट गर्ने उनको बानी छ । त्यही बानीले नै उनलाई लेखक बनाएको उनी भन्छिन् । खलङ्गामा हमला पनि डायरी टिपोटको नै परिष्कृत रुप हो । तत्कालीन द्धन्द्धकालका बेला, बिक्रम संवत २०५९ मा जुम्लाको खलङ्गामा माओवादीले गरेको हमला र त्यसले त्यहाँको जनजीवनमा पारेको प्रभावलाई उनले खलङ्गाको हमलामा उतारेकी छिन् । खलङ्गामा हमलापछि उनको कृति प्रकाशित भएको छैन । डायरी टिपोटलाई भने उनले निरन्तरता दिईरहेकी छिन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]