मलाया बाँकेबकुल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मलाया बाँकेबकुल्ला बकुल्ला प्रजातिमा पर्ने एक मध्यम स्तरको बकुल्ला हो। यो पंक्षी दक्षिण र पुर्वी एसियामा बसोबास गर्छ भने यसले भारत, ताइवान, चीन र फिलिपिन्समा प्रजनन गर्छ।

मलाया बाँकेबकुल्ला
वैज्ञानिक वर्गीकरण
वंश:
Gorsachius
प्रजाति:
melanolophus
मलाया बाँकेबकुल्लाको बासस्थान दायरा
  प्रजनन दायरा
  अन्य समयमा दायारा
  शीतकालिन दायारा

विवरण[सम्पादन गर्नुहोस्]

मलाया बाँकेबकुल्लाको लम्बाई ४८ सेमी (१९ इन्च) हुन्छ र यसको एउटा पखेटा देखि अर्को पखेटासम्मको लम्बाई ८६ सेमी (३४ इन्च) हुन्छ भने यसको तौल ५०० देखि ८०० ग्राम हुन्छ। यस पंक्षी होचो हुन्छ भने यसको छोटो ठुँड हुन्छ। यस पंक्षीको खैरो टाउको, खरानी रङ्ग जस्तो शरीर, पहेँलो आँखा र छोटो पहेँलो र हल्का हरियो हुन्छन्। यसको हल्का खैरो पखेटा हुन्छ भने यसको पखेटा तलको भाग सेतो हुन्छ। यस प्रजातिका भाले र पोथी हेर्दा खेरी एउटै देखिन्छन् यद्यपि भालेको शरीरमा धेरै भुत्लाहरू हुन्छन्। यो पंक्षी बकुल्ला प्रजातिहरू मध्ये सबैभन्दा फरक देखिने गर्छ। यस पंक्षीको कालो छोटो र तीखो ठुँड, छोटो र हल्का हरियो खुट्टा र छोटो घाँटी हुन्छ।[२]

वितरण र बासस्थान[सम्पादन गर्नुहोस्]

मलाया बाँकेबकुल्ला मुख्यतया भारत, श्री लङ्का, नेपाल, म्यानमार, कम्बोडिया, लाओस, चीन, थाइल्याण्ड, सिङ्गापुर, इन्डोनेसिया, ताइवान, बङ्गलादेश, जापान, भियतनाम र फिलिपिन्समा पाइन्छन्। यी पंक्षी क्रिसमस टापु र पलाउ पनि पाइन्छन्। यसको बासस्थान क्षेत्र लगभग १२४०००० वर्ग किमी सम्म फैलिएको छ।

बाँके बकुल्लाको बासस्थान भिन्न भिन्न ठाउँमा भएतापनि यी पंक्षी विषेश गरी तालको छेउछाउ, नदि, नहर, पोखरीमा आदिमा पाइन्छन्। यो पंक्षी समुद्र तटमा म्याङ्ग्रोभ क्षेत्र र हिलो भएको ठाउँमा पनि उत्तिकै मात्रामा पाइन्छ। यस पंक्षीको धान खेती पनि एक महत्त्वपूर्ण बासस्थान हो। यो पंक्षी कहिलेकाँही गाईवस्तु भएको ठाउँमा पनि पाइन्छ।

आहारा[सम्पादन गर्नुहोस्]

यस पंक्षीले मुख्यतया साँझ र झिस्मिसे बिहानीमा सक्रिय हुने भएकाले यसले साँझ र बिहानीमा सिकार गर्ने गर्छ। यस पंक्षीले आफ्नो आहारा विभिन्न माध्यको प्रयोग गरेर समाउने गर्दछ। यसले आफ्नो सिकारलाई लामो दुरीबाटै ठम्याउन सक्छ र त्यसलाई निकैबेर हेर्छ र राम्रो मौका पायो भने आक्रमण गर्ने गर्छ। यसले आहारा समाउनका लागि चारोको पनि प्रयोग गर्छ जसमा यसले आफ्नो प्वाँख र रुखका पातहरू पानिमा हाल्ने गर्छ। यस पंक्षी निकै चलाख हुन्छ भने यसले आफ्नो आहारा पाउनका लागि मानिसले फालेका रोटि र अन्य खाद्य वस्तु पानीमा फाल्छ र त्यसलाई माछाले खान आउँद यसले माछालाई छोप्ने गर्छ। जमिनमा भने यसले आफ्नो सिकारलाई विस्तारै हिँडेर र दोडिएर समाउने गर्दछ। यसले माछाका अलावा किरा, फटयाङ्ग्रा, माकुरो, गाइनेकिरा, सर्प, साना उभएचर प्राणी, झिङे माछा, गङ्गटा आदि खाने गर्छ।

स्थित[सम्पादन गर्नुहोस्]

यस पंक्षी विश्व भरी छरिएर बस्ने र धेरै मात्रामा पाइने भएकाले यसलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ द्वारा कम चासोका प्रजातिको रूपमा वर्गीकृत गरिएको छ र यसलाई आइयुसीएनको रातो सूचीमा पनि सूचीकृत गरिएको छ।

खतरा[सम्पादन गर्नुहोस्]

मलाया बाँकेबकुल्ला विश्व भरी छरिएर बस्ने भएकाले यसलाई कहीँकतै संरक्षण र सुरक्षा दिन पर्ने देखिन्छ। विश्वका केही क्षेत्रहरूमा यस पंक्षीको बस्ने जङ्गलहरू र बासस्थानलाई सहरीकरण गरिएको छ। यस पंक्षीलाई केही क्षेत्रमा अवैध चोरी सिकारी समेत गर्ने गरेको पाइएको छ।[३]

संरक्षण स्थिति[सम्पादन गर्नुहोस्]

यस पंक्षी विश्व भरी छरिएर बस्ने भएकाले हाल यसलाई अन्तर्राष्ट्रिय स्तरबाट कुन‌ैपनि संरक्षण दिइएको छैन तर पनि केही स्थानिय स्तरबाट भने यस प्रजातिको सङ्ख्या वृद्धि र प्रजनन दर बढाउनका लागि यसलाई संरक्षण स्थिति दिइएको छ। यस पंक्षीलाई अवैध चोरी सिकारी गर्ने भएकाले अमेरिकाको पेन्सिलभेनियाको एक संस्थाले भने यसलाई लोपोन्मुख प्रजातिमा बर्गकरण गरेको छ।[४]

तस्वीर सङ्ग्रह[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

प्रजातिहरूको जानकारी