महावीर पुन
महावीर पुन | |
|---|---|
महावीर पुन | |
| शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री | |
| पद बहाली २२ सेप्टेम्बर २०२५ | |
| राष्ट्रपति | रामचन्द्र पौडेल |
| प्रधानमन्त्री | सुशीला कार्की |
| व्यक्तिगत विवरण | |
| जन्म | २२ जनवरी १९५५ नाङ्गी गाउँ, म्याग्दी, नेपाल |
| राष्ट्रियता | नेपाल |
| मातृ शिक्षाप्रतिष्ठान | नेब्रास्का विश्वविद्यालय |
| पेशा | वैज्ञानिक, शिक्षक, सामाजिक उद्यमी, राजनीतिज्ञ |
| परिचित | नेपाल वायरलेस नेटवर्किङ परियोजना राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक |
| पुरस्कार | रामोन म्याग्सेसे पुरस्कार (२००७) जोनाथन बी. पोस्टेल सेवा पुरस्कार (२०१४) इन्टरनेट हल अफ फेम (२०१४) |
महावीर पुन नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री हुन्[१] साथै नेपाली वैज्ञानिक, शिक्षक, [२]सामाजिक उद्यमी तथा हिमालयका दुर्गम क्षेत्रहरूको विकासित ताररहित प्रविधिको प्रयोगमा आफ्नो व्यापक कार्यका लागि प्रसिद्ध एक कार्यकर्ता हुन् जसलाई नेपाल वायरलेस नेटवर्किङ परियोजना पनि भनिन्छ। उनी नेपालका बहुचर्चित व्यक्तित्व हुन्।[३] उनको कार्यलाई अशोका फाउन्डेसन, रमन म्याग्सेसे फाउन्डेसन, नेब्रास्का विश्वविद्यालय र ग्लोबल आइडियाज बैङ्कले मान्यता दिएको छ।[४] उनी एक मानवतावादी हुन् जसको कामले धेरै युवाहरूलाई आफ्नै देश फर्काउन र यसको विकासको लागि यसको सेवा गर्न प्रेरित गरिरहेको छ।[५]
उच्च शिक्षा
[सम्पादन गर्नुहोस्]आफ्नो उच्च माध्यमिक शिक्षा सकाएर पुनले १२ वर्ष ४ वटा विद्यालयमा शिक्षकको रूपमा काम गरेका थिए। सन् १९८९ मा पुनले नेब्रास्का विश्वविद्यालयबाट विज्ञान शिक्षा मा स्नातकोत्तर हासिल गरेका थिए। स्नातकोत्तर सकाएर २४ वर्ष पछि आफ्नो गाउँ नाङ्गी फर्किदा उनले दिगो शिक्षाको आवश्यकता महसुस गरेका थिए। जसको सुरुवात उनले हिमान्चल उमाविको स्थापनाबाट सुरुवात गरेका थिए। कम्प्युटर शिक्षा र आय स्रोत वृद्धिलाई ध्यानमा राखी उनले आफ्नो कार्यक्रम अगाडि बढाउदै देशलाई विकाशको ज्योतितिर अग्रसर गराउन थालेका थिए।
परिवार
[सम्पादन गर्नुहोस्]उनको गृहणी ओम माया पुन संग विवाह गरि दुई छोरि सन्तान झरना पुन र जुना पुन छन् ।[६]
सामाजिक कार्य
[सम्पादन गर्नुहोस्]सन २००१ महावीर पुनको जीवनको स्वार्णिम वर्ष रहन गयो जब ब्रिटिस ब्रोडकास्ट कर्पोरेसन बीबीसीले उनको गाउँगाउँमा इन्टरनेटको पहुँच पुर्याउने महत्त्वाकाङ्क्षी योजनालाई विश्वसमुदायमाझ पेस गरिदिएको थियो। बीबीसीको यस समर्थनबाट युरोप र अमेरिकाबाट विभिन्न सहयोगी दाताहरूले पुनलाई आर्थिक सहयोग गरेका थिए। त्यस सहयोगबाट उनले नाङ्गी र राम्चे आसपासका गाउँहरूमा ताररहित इन्टरनेट सञ्चालन गर्न सफल भएका थिए।
पुन ‘इन्टरनेट हल अफ फेम’, ’समग्र सामाजिक नवीनता पुरस्कार’, जोनाथन बी पोष्टल अवार्ड, एसियाको नोबेल पुरस्कारले चिनिने ‘रोमन म्यागसेसे पुरस्कार’ जस्ता विभिन्न सम्मानद्वारा सम्मानित भइसकेका छन्।
राष्ट्रिय आविस्कार केन्द्र
[सम्पादन गर्नुहोस्]
पुनले सन् २०१२ मा सूचना तथा प्रविधि मार्फत देश विकासका सम्भावनाहरूको खोज र आविष्कार गर्ने उद्देश्यले मुनाफारहित संस्था राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरेका थिए। यस्तो विशाल योजनालाई मुर्तरुप दिन ठुलो आर्थिक सहयोगको खाँचो हुनेभएकाले पुनले नेपाल सरकारको ढोका बारम्बार ढक्ढकाएका थिए।[७]
नेपाली युवा र गतिविधिहरूको व्यापक विरोधपछि बनेको सुशीला कार्कीको अन्तरिम मन्त्रिपरिषद्, २०८२ को शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका हुन् ।[८]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "पाँच मन्त्रीको नाम सिफारिस", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२५-०९-२२।
- ↑ "महावीर पुन भन्छन् : १३ वर्ष स्थायी शिक्षक भए पछि म बहुलाएँ !"। इडियुखबर। २१ मे २०१८। सङ्ग्रह मिति २२ डिसेम्बर २०२१।
- ↑ "प्रेरणादायी डा. महावीर पुन"। सेतोपाटी। ३ मे २०२१। सङ्ग्रह मिति २२ डिसेम्बर २०२१।
- ↑ "नेपाली बैज्ञानिक महावीर पुन"। २३ जुलाई २०१९। सङ्ग्रह मिति २२ डिसेम्बर २०२१।
- ↑ "महान नेपाली आविष्कारक महावीर पुनको जीवनी [भिडियोसहित]"। जनबोली। १० डिसेम्बर २०१९। सङ्ग्रह मिति २२ डिसेम्बर २०२१।
- ↑ "Chapter 9 – Marriage and Family (cont.) | Wireless Prophet" (en-USमा), २०१४-०३-१७, अन्तिम पहुँच २०२५-०९-२५।
- ↑ "महावीर पुनको 'आविष्कार केन्द्र'"। अनलाईनखबर। १ अक्टुबर २०१९। सङ्ग्रह मिति २२ डिसेम्बर २०२१। मिति मान यहाँ जाँच गर्नुहोस्:
|তারিখ=(मद्दत) - ↑ "५ जना मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस, शपथ भोलि", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२५-०९-२२।