महेन्द्र विक्रम शाह
महेन्द्र विक्रम शाह | |
|---|---|
| भारतको लागि नेपाली राजदुत | |
| कार्यकाल १९५४–१९५४ | |
| एकाधिपति | राजा त्रिभुवन |
| पूर्वाधिकारी | विजय शमशेर |
| उतराधिकारी | दमन शमशेर जंग बहादुर राणा |
| व्यक्तिगत विवरण | |
| नागरिकता | नेपाली |
| पेशा | राजनीति |
महेन्द्र विक्रम शाह नेपालका विद्वान व्यक्ति तथा पूर्वमन्त्री हुन्। यिनी मातृकाप्रसाद कोइरालाको २००८ मंसीर १ गतेको मन्त्रीमण्डलमा पहिलोपटक मन्त्री भएका थिए।
राजनीति प्रवेश
[सम्पादन गर्नुहोस्]वि.स. २००३ साल कार्तिक १५ गते अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसको अधिवेशन भयो । त्यसको संयोजक हुनुहुन्थ्यो वि.पी. कोईराला । वि.स. २००९ साल श्रावण १ मा नेपाल प्रजातन्त्र कांग्रेसको महाधिवेशबाट महेन्द्र विक्रम शाह सभापति हुनु भयो ।
दुबै पार्टी एकिरण पश्चात नेपाली कांग्रेस गठन भयो । वि.स. २००६ चैत्र २७ गते कलकत्तामा (पहिलो महाधिवेशन) भयो । महाधिवेशनबाट मातृका प्रसाद कोईराला सभापति र महेन्द्र विक्रम शाह महामन्त्री हुनुभयो । वि.स. २००९ जेष्ठमा जनकपुरमा दोस्रो महाधिवेशन भयो । महाधिवेशनबाट वि.पी. कोईराला सभापति र धनमान सिंह परियार र राजेश्वरी प्रसाद उपाध्याय हुनु भयो । त्यस्तै बीरगंजमा वि.स. २०१२ माघमा तेस्रो महाधिवेशन भयो । महाधिवेशनबाट सुवर्ण शम्सेर सभापति हुनु भयो भने विश्वबन्धु थापा र तुलसी गिरी महामन्त्री बन्नु भयो ।
भारतको लागि नेपाली राजदुत
[सम्पादन गर्नुहोस्]शाहको भारतीय प्रधानमन्त्री नेहरुलगायत राजनीतिक नेतासँग निकट सम्बन्ध थियो। भारतमा राणाहरू मात्र राजदूत हुने परम्परा तोड्न उनलाई राजदूत बनाइएको थियो। २०१२ सालमा भारतबाट महेन्द्रविक्रम शाहलाई फिर्ता बोलाउनुको पछाडि भारतले दिँदै आएको बाणिज्यको कोटासम्बन्धी विवादले काम गरेको थियो । तर, तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालासँग निकट मानिने शाहलाई उनी पदबाट हटेपछि त्यही कारणले फिर्ता बोलाएको भनिन्छ ।[१]
वैवाहिक जीवन
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]