सामग्रीमा जानुहोस्

महेन्द्र विक्रम शाह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
महेन्द्र विक्रम शाह
भारतको लागि नेपाली राजदुत
पदमा
१९५४–१९५४
राजश्रीराजा त्रिभुवन
पूर्वाधिकारीविजय शमशेर
उतराधिकारीदमन शमशेर जबरा
व्यक्तिगत विवरण
नागरिकतानेपाली
दम्पतीमाया देवी शाह[]
पेसाराजनीति

महेन्द्र विक्रम शाह नेपालका विद्वान व्यक्ति तथा पूर्वमन्त्री हुन्। यिनी मातृकाप्रसाद कोइरालाको २००८ मङ्सिर १ गतेको मन्त्रीमण्डलमा पहिलोपटक मन्त्री भएका थिए।[][]

लाइब्रेरी पर्व

[सम्पादन गर्नुहोस्]

भीमशमशेरले श्री ३ बनेपछि देशमा नेपाली, हिन्दी, अङ्ग्रेजी र नेवारीमा भाषाको उन्नति गर्न भनेर इस्तिहार जारी गरे। यो खबर पाएर महेन्द्र विक्रम सहितका काठमाडौंका केही युवाहरूले पठन संस्कृतिको विकास गर्न पुस्तकालय महेन्द्रबहालमा राख्ने योजनासहित ४५ जना युवाहरूले श्री ३ भीम शम्शेरसमक्ष निवेदन पेस गर्न हस्ताक्षर अभियान चलाए। हस्ताक्षर गराउने मुख्य जिम्मा बैकुण्ठप्रसाद लाकौलले पाएका थिए ।

केही समयपश्चात हस्ताक्षर संकलन समेत भईवरी दरबारमा पत्र बुझाइयो। तर हस्ताक्षर नगर्ने रामचन्द्र अधिकारी नामक अर्का युवाले हस्ताक्षरकर्ता युवाहरूको अभियान राजनीतिक उद्देश्यको भएको र उनीहरूले श्री ३ को गाथगादी ताकेका छन् भन्ने उजुरी दरबारमा चढाए। यसरी राजनीतिक आवरणको आरोप लागेपछि दरबारले पत्रका हस्ताक्षरकर्ता सबैलाई पक्राउ गर्न उर्दी जारी गर्‍यो। बि‍. सं १९८७ साल वैशाख १६ र १७ गते दुई दिन गरी पुस्तकालय खोल्ने अभियानका युवाहरूलाई पक्राउ गरियो ।

त्यसरी पक्राउ परेका युवाहरूलाई दरबारबाट बिभिन्न सजाय तोकियो । ती मध्ये उमेश शाहलाई देश निकाला र मैनाबहादुर, खड्गमान, रंगनाथ आदिलाई जन्मकैदको सजाय सुनाइएको थियो । लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, शङ्करदेव पन्तलगायतलाई रु. १०० जरिवाना र अबका १२ वर्ष जनस्तरका कुनै कार्य गर्ने छैन भन्ने कागज गराई छोडिएको थियो। राज खानदानका भएर पनि दुनियाँका छोराहरूका साथ हिँडेको भनी जितेन्द्र बहादुर शाह र पद्म शाहलाई जनही रु. १००० जरिवाना गरिएको थियो।[]

संयोगवश महेन्द्रविक्रम शाह जनरल हिरण्यशमशेरकी छोरीको नातेदार परेकाले उनीमाथि कडा कारबाही भएन तर जनही एक सय रुपियाँ दण्ड जरिबाना गरी भविष्यमा यस्तो कामकाज नगर्नू भनी चेतावनी दिएर सबैलाई मुक्त गरियो।[]

राजनीति प्रवेश

[सम्पादन गर्नुहोस्]

वि.स. २००३ साल कार्तिक १५ गते अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसको अधिवेशन भयो । त्यसको संयोजक हुनुहुन्थ्यो वि.पी. कोईराला । वि.स. २००९ साल श्रावण १ मा नेपाल प्रजातन्त्र कांग्रेसको महाधिवेशबाट महेन्द्र विक्रम शाह सभापति हुनु भयो ।

दुबै पार्टी एकिरण पश्चात नेपाली कांग्रेस गठन भयो ।  वि.स. २००६ चैत्र २७ गते कलकत्तामा (पहिलो महाधिवेशन) भयो । महाधिवेशनबाट मातृका प्रसाद कोईराला सभापति र महेन्द्र विक्रम शाह महामन्त्री हुनुभयो । वि.स. २००९ जेष्ठमा जनकपुरमा दोस्रो महाधिवेशन भयो । महाधिवेशनबाट वि.पी. कोईराला सभापति र धनमान सिंह परियार र राजेश्वरी प्रसाद उपाध्याय हुनु भयो । त्यस्तै बीरगंजमा वि.स. २०१२ माघमा तेस्रो महाधिवेशन भयो । महाधिवेशनबाट सुवर्ण शम्सेर सभापति हुनु भयो भने विश्वबन्धु थापातुलसी गिरी महामन्त्री बन्नु भयो ।

भारतको लागि नेपाली राजदुत

[सम्पादन गर्नुहोस्]

शाहको भारतीय प्रधानमन्त्री नेहरुलगायत राजनीतिक नेतासँग निकट सम्बन्ध थियो। भारतमा राणाहरू मात्र राजदूत हुने परम्परा तोड्न उनलाई राजदूत बनाइएको थियो। २०१२ सालमा भारतबाट महेन्द्रविक्रम शाहलाई फिर्ता बोलाउनुको पछाडि भारतले दिँदै आएको बाणिज्यको कोटासम्बन्धी विवादले काम गरेको थियो । तर, तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालासँग निकट मानिने शाहलाई उनी पदबाट हटेपछि त्यही कारणले फिर्ता बोलाएको भनिन्छ ।[]

वैवाहिक जीवन

[सम्पादन गर्नुहोस्]

जीवनसाथी: माया देवी शाह[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 "Engaging Saga of A Pioneering Woman", GorakhaPatra, अन्तिम पहुँच २०२६-०५-०८
  2. "श्री मातृका प्रसाद कोइराला प्रधानमन्त्रीको अध्यक्षतामा मन्त्रीमण्डल गठन", rajpatra.dop.gov.np, अन्तिम पहुँच २०२६-०५-०८
  3. "मन्त्रिमण्डल बैठकको निर्णय तथा कार्यविभाज गरिएको", rajpatra.dop.gov.np, अन्तिम पहुँच २०२६-०५-०८
  4. नेपाल, रत्नमणि (वैशाख १६, २०८०), "'लाइब्रेरी पर्व'को महत्त्व र राष्ट्रिय लेखक दिवसको औचित्य", कान्तिपुर
  5. "पुस्तक सम्हाल्न लालमोहर", GorakhaPatra, अन्तिम पहुँच २०२६-०५-२६
  6. ८२ वर्षमा नेपालका १ सय ८७ राजदूत, यस्तो छ नालीबेली[स्थायी मृत कडी]