माधव प्रसाद पौडेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

माधव पौडेल नेपालका राजनितीज्ञ हुन्। उनको जन्म वि.स. २००९ साल वैशाख २० गते भएको हो। उनी २०२६ साल् देखि राजनीतिक कृयाकलाकमा सहभगी भएका थिए। वि.स. २०२६ साल्मा विद्यार्थी आन्दोलनमा सहभागी भएका उनी वि.स. २०२८मा जनकपुरको जदुगुवामा दुईजना विद्यार्थीको हत्या विरोधी आन्दोलनमा पहिलो पटक पक्राउ परे। वि.स. २०२९ सालमा फेरि विद्यार्थी आन्दोलनमा समातिएका थिए। वि.स. २०३० सालमा सेन्ट्र्ल जेल भित्रबाट नरेश खरेल मार्फत कम्युनिष्ट पार्टीमा सम्पर्क भयो। ०३१ सालमा विद्यार्थी आन्दोलनमा फेरि पक्राउ परे।०३२ सालमा राजकाज मुद्दामा १० वर्ष कैदको सुनुवाइ। ०३३ चैत्र १२ गते नखु जेल विद्रोह अर्थात सुरुङ खनी निस्कन सफल भए। अरु साथीहरू भन्दा १.५ घण्टा पहिले सुरुङबाट बाहिर निस्कने व्यक्ति थिए। ०३४ साल जेठमा अखिल नेपाल क्रान्तिकारी कोअर्डिनेशन कमिटी(माले)को मध्य उत्तर क्षत्रिय कमिटी(अन्चल स्तरिय)मा सङ्गठित भए। केही समय मकवानपुर जिल्लामा जिम्मेवारी सम्हालेको। ०३४ साल भाद्रमा सिन्धुपाल्चोक जिल्लाको जिम्मेवारी मध्य उत्तर क्षेत्रिय कमिटी मै सन्गठित भये। ०३५ सालमा भएको सिन्धुपाल्चोकको बतिया विरोधी स नेत्रित्व प्रदान गरेका थिये। त्यही साल पौषलमा तत्कालिन नेकपा(माले) स्थापना हुदाको सन्स्थागत सदस्य थिये। ०३७ सालमा मध्य उत्तर क्षेत्रिय कमिटीबाट काठमाडौँ उपत्यका छुट्याइएको तर मध्य उत्तर क्षेत्रिय कमिटी कायमै भएको थियो र त्यसमा अमृत बोहरा र माधव पौडेल मात्र थिए। ०४० सालको चर्चित पिस्कर हत्याकाण्ड विरोधी आन्दोलनको नेतृत्व गरे। पिस्कर हत्यकाण्डको क्रममा गोली चल्नु अघि घटनास्थलबाट पक्राउ र प्रहरीको पञ्जाबाट उम्कन सफल भए। ०४०-०४१ सालमा पिस्कर क्षेत्रमा भएको चर्को दमनका क्रममा पनि त्यस ठाउँमा नेतृत्व प्रदान गरे। ०३४-०४१ साल सम्म पार्टी प्रमुख भएर सिन्धुपाल्चोक मै बसे। ०४२ साल देखि ०४६ साल सम्म दोलखा जिल्लामा पार्टी प्रमुख(सचिव) भएर काम गरे। ०४२ साल देखि ०४६ साल सम्म रामेछाप जिल्लामा नेकपा(माले)को पर्टी प्रमुख भएर काम गरे।