मारिलिन ह्युसन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मारिलिन ह्युसन
जन्ममारिलिन एडम्स ह्युसन
(1953-12-27) २७ डिसेम्बर १९५३ (उमेर ७०)
जङ्कसन सहर, कनसास, संयुक्त राज्य अमेरिका
शिक्षाआलाबामा विश्वविद्यालय विज्ञानमा स्नातक, मानविकीमा स्नातकोत्तर)
पेशालकहिडको अध्यक्ष
जम्मा सम्पतिअमेरिकी डलर ९५ मिलियन (जनवरी २०२०)[१]
जीवनसाथीजेम्स आर ह्युसन
वेबसाइटलकहिड मार्टिन
सन् २०१९ मार्चमा कार्यदल विकासको बारेमा छलफल गर्दै ह्युसन

मारिलिन एडम्स ह्यूसन (जन्म: सन् १९५३ डिसेम्बर २७) एयरोस्पेस तथा रक्षा सम्बन्धी उत्पादन गर्ने कम्पनी लकहिड मार्टिनको वर्तमान निर्देशक हुन्। निर्देशक बन्नु पूर्व उनी यस कम्पनीको पूर्व अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत थिइन्।[२] [३] [४]

जीवनी[सम्पादन गर्नुहोस्]

प्रारम्भिक जीवन र शिक्षा[सम्पादन गर्नुहोस्]

ह्युसनको जन्म जङ्कसन सहर, कनसासमा भएको थियो। उनको बुवाको नाम वारेन एडम्स र आमाको नाम मेरी एडम्स हो। उनी ९ वर्षको हुँदा उनको बुबाको मृत्यु भएको थियो र उनकी आमाले उनको परिवारमा रहेका ५ देखि १५ वर्षका ५ भाई तथा दिदीबहिनीहरूलाई हुर्काएकी थिइन्।

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

ह्युसनले जेम्स आर ह्युसनसँग विवाह गरिन् र सन् २०२० अनुसार उनी आफ्नो परिवारसँग म्याक्लिन, भर्जिनियामा बसोबास गर्दैछिन्। [५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. https://wallmine.com/people/32372/marillyn-a-hewson
  2. "Marillyn A. Hewson", m.lockheedmartin.com, मूलबाट २०१८-०३-१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०३-१८  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०३-१८ मिति
  3. "Lockheed Martin Board Elects Marillyn Hewson CEO & President and Member of the Board, (Christopher Kubasik Resigns)", २०१२-११-०९, अन्तिम पहुँच २०१४-०४-२५ 
  4. "Marillyn Adams Hewson: United States Public Records" 
  5. https://www.bizjournals.com/washington/news/2018/03/22/marillyn-hewson-just-bought-this-mclean-estate-for.html

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]