सामग्रीमा जानुहोस्

माहेश्वर सूत्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

माहेश्वर सूत्र (संस्कृत : शिवसूत्राणी या माहेश्वर सूत्राणी) लाई संस्कृत व्याकरण को आधार मानिन्छ । पाणिनीले संस्कृत भाषाको तत्कालीन स्वरूपलाई परिष्कृत एवं नियमन गर्ने उद्देश्यले भाषाका विभिन्न अवयव तथा घटकहरु जस्तै : ध्वनी विभाग (अक्षरसमाम्नाय), नाम (संज्ञा, सर्वनाम, विशेषण), पद, आख्यात, क्रिया, उपसर्ग, परसर्ग, अव्यय, वाक्य, लिंग इत्यादि तथा यिनका अन्तर्सम्बन्धलाई अष्टाध्यायीमा समावेश गरेका छन् । अष्टाध्यायीमा ३२ पाउ छन् जो ८ अध्यायमा समान रूपमा विभक्त छन् ।

व्याकरण को यस महनीय ग्रन्थमा पाणिनीले विभक्ति प्रधान संस्कृत भाषाको विशाल कलेवर को समग्र एवं सम्पूर्ण विवेचना लगभग ४००० सूत्रमा गरेका छन् ।

उत्पत्ति[सम्पादन गर्नुहोस्]

माहेश्वर सूत्रको उत्पत्ति भगवान् नटराज (शिव) द्वारा गरिएको ताण्डव नृत्यबाट भएको मानिन्छ ।

नृत्तावसाने नटराजराजो ननाद ढक्कां नवपञ्चवारम्।
उद्धर्तुकामः सनकादिसिद्धान् एतद्विमर्शे शिवसूत्रजालम् ॥

अर्थात् : नृत्य (ताण्डव) को अवसान (समाप्ति) मा नटराज (शिव) ले सनकादि ऋषिमुनिको सिद्धि र कामना पूर्तिको लागि नवपञ्च (चौधपटक) पटक डमरु बजाउनुभयो । यसप्रकार चौध शिवसूत्रहरूको यो जाल (वर्णमाला) प्रकट भयो ।

चौधपटक डमरु बजाउँदा चौध सूत्रको रूपमा ध्वनीहरु प्रकट भए । यिनै ध्वनीबाट व्याकरण उत्पन्न भयो । त्यसैले व्याकरण सूत्रका आदिप्रवर्तक भगवान् नटराज लाई मानिन्छ । प्रसिद्धि छ कि महर्षि पाणिनी ले यी सूत्रहरु भगवान् शिवको आशिर्वादले प्राप्त गरेका थिए ।

सूत्र[सम्पादन गर्नुहोस्]

माहेश्वर सूत्रको कूल संख्या १४ छ, जो निम्नप्रकार छन् ।

१. अइउण्।

२. ॠॡक्।

३. एओङ्।

४. ऐऔच्।

५. हयवरट्।

६. लण्।

७. ञमङणनम्।

८. झभञ्।

९. घढधष्।

१०. जबगडदश्।

११. खफछठथचटतव्।

१२. कपय्।

१३. शषसर्।

१४. हल्।