मिर्जापुर (टिभी शृङ्खला)
मिर्जापुर Mirzapur | |
---|---|
शैली | अपराध थ्रिलर एक्सन |
सर्जक |
|
निर्देशक | करण अन्सुमन गुरमीत सिंह |
कलाकारहरू | तल हेर्नुहोस् |
निर्माण गर्ने देश | भारत |
भाषा(हरू) | हिन्दी |
सत्रहरुको सङ्ख्या | १ |
भागहरूको सङ्ख्या | ९ |
निर्माण | |
कार्यकारी निर्माता(हरू) | रितेश सिधवानी फरहान अख्तर |
प्रसारण अवधि | ४४-५३ मिनेट |
निर्माण कम्पनी(हरु) | एक्सेल इन्टरटेनमेन्ट |
प्रसारण | |
मूल च्यानल | अमेजन भिडियो |
प्रथम प्रसारण | १६ नोभेम्बर २०१८ | – वर्तमान
मिर्जापुर एक्सेल इन्टरटेनमेन्टद्वारा निर्मित अमेजन प्राइम भिडियोमा एक अपराध थ्रिलर वेब टेलिभिजन शृङ्खला हो।[१] यो शृ शृङ्खला मुख्य रूपमा मिर्जापुरमा चित्रित गरिएको छ, जसको केही चित्रण जौनपुर, आजमगढ, गाजीपुर, लखनऊ, गोरखपुर र वाराणसीमा छन्। यो लागूपदार्थ, बन्दुक र अराजकता वरिपरि घुम्छ। यसमा उत्तर प्रदेशको पूर्वाञ्चल क्षेत्रमा माफिया डनहरूको दमन र शासन-विधि, र प्रतिस्पर्धा र अपराधको चित्रण छ।[२] यसको पहिलो सत्रमा कुल ९ एपिसोडहरू छन्।[३] शृङ्खला दोस्रो सत्रको लागि नवीकरण गरिएको छ र २३ अक्टोबर २०२० प्रिमियरको लागि निर्धारित छ।[४]
शृङ्खला 'इनसाइड एज' र 'ब्रीथ' पछि अमेजन प्राइम भिडियोको तेस्रो काल्पनिक भारतीय मूल हो। यसमा पंकज त्रिपाठी,[५] दिव्येन्दु शर्मा, अली फजल, विक्रान्त मेस्सी, श्वेता त्रिपाठी, श्रिया पिलगाँवकर, रसिका दुगल, हर्षिता गौर र कुलभूषण खरबन्दा मुख्य कलाकार छन्।[६][७][८]
कलाकार
[सम्पादन गर्नुहोस्]- अली फजल गोविन्द "गुड्डू" पण्डितको रूपमा
- विक्रान्त मेस्सी विनय "बबलू" पण्डितको रूपमा
- पंकज त्रिपाठी अखण्डानन्द "अखण्ड" त्रिपाठी उर्फ कालिन भैयाको रूपमा
- दिव्येन्दु शर्मा फूलचन्द "मुन्ना" त्रिपाठीको रूपमा
- श्रिया पिलगाँवकर स्वीटी गुप्ताको रूपमा
- रसिका दुगल बीना त्रिपाठीको रूपमा
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Move over Sacred Games, Mirzapur memes are now the rage", The Indian Express, २ डिसेम्बर २०१८, अन्तिम पहुँच ७ अप्रिल २०१९।
- ↑ "Decoding the women of Mirzapur: Why Vashudha, Golu and Beena stand out in the web series"।
- ↑ "Mirzapur: Amazon Prime Video reveals banner of upcoming series starring Shweta Tripathi, Ali Fazal", FirstPost, १७ जुलाई २०१८, अन्तिम पहुँच १७ जुलाई २०१८।
- ↑ "Mirzapur 2 - Release Date Announcement | Amazon Original - YouTube", www.youtube.com, अन्तिम पहुँच २०२०-०८-२४।
- ↑ "Pankaj Tripathi debuts on Instagram with Mirzapur 2 teaser: Internet welcomes Kaleen Bhaiya" (अङ्ग्रेजीमा), India Today, १६ नोभेम्बर २०१९, अन्तिम पहुँच २१ जुन २०२०।
- ↑ "Amazon’s ‘Mirzapur’: A Formidable Kaleen Bhaiyya In New Poster", TheQuint, २२ अक्टोबर २०१८, अन्तिम पहुँच २२ अक्टोबर २०१८।
- ↑ "Mirzapur Introduces Irfan Memon In The New Teaser", Mid Day, १७ अक्टोबर २०१८, अन्तिम पहुँच १७ अक्टोबर २०१८।
- ↑ "Mirzapur teaser: Pankaj Tripathi, as Kaleen , sounds menacing", Times Now, १० अक्टोबर २०१८, अन्तिम पहुँच १० अक्टोबर २०१८।