मिलन विक्रम सिजापती

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मिलन सिजापती
व्यक्तिगत जानकारी
जन्म नाममिलन सिजापती
पुरा नाममिलन विक्रम सिजापती
Nickname(s)मिलन
राष्ट्रियतानेपाली
जन्मभक्तपुर, नेपाल
खेल
राष्ट्रनेपाल
खेलशारीरिक सुगठन
प्रतिस्पर्धा(हरू)तौल समुह

मिलन विक्रम सिजापती एक नेपाली शारीरिक सुगठनका(बडि-बिल्डिङ) प्रख्यात खेलाडी हुन्। उनले वि.सं. २०७५ सालमा नेपाल व्यायाम मन्दिरको आयोजनामा भएको पध्रौँ धर्मश्री राष्ट्रव्यापी खुला शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका थिए।[१]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

मिलन सिजापतिको जन्म ललितपुर, लेलेमा वि.सं. २०३४ सालमा भएको थियो। मिलन युवा अवस्थामा हलिउडका नायक भेनडमको लोभलाग्दो शरीर देख्दा आफुले पनि यस्तै बनाउने अठोट गर्ने गर्दथे।

खेल जीवन[सम्पादन गर्नुहोस्]

बुल्समेन खुल्ला राष्ट्रिय शारिरिक सुगठन प्रतियोगिता[सम्पादन गर्नुहोस्]

वि.सं. २०७५ भदौ १७ बुल्समेन क्लबले पोखरामा आयोजना गरेको तेश्रो मिष्टर बुल्समेन खुल्ला राष्ट्रिय शारिरिक सुगठन प्रतियोगिता तथा प्रथम महिला फिटनेस च्याम्पियनशिप २०७७ मिलन प्रथम भएका थिए। उनी ८० केजी तौलमा प्रथम हुँदै फाइनल राउण्डको प्रतिष्पर्धामा पुगेका उनले सबै तौल सुमहमा प्रथम हुने ६ जना प्रतियोगिलाई उछिन्दै मिष्टर बुल्समेन च्याम्पियन बनेका थिए, सिजापतीले नगद ३ लाख सहित बुल्समेन ट्रफी हात पारे।

उपलब्धीहरु[सम्पादन गर्नुहोस्]

  • तेश्रो मिष्टर बुल्समेन खुल्ला राष्ट्रिय शारिरिक सुगठन प्रतियोगिता-२०७५:विजेता
  • पध्रौँ धर्मश्री राष्ट्रव्यापी खुला शारीरिक सुगठन प्रतियोगिता-२०७५:विजेता

खेल बाहेक[सम्पादन गर्नुहोस्]

शारीरिक सुगठन खेलमा सफलता सँगै उनले नेपाली र भारतिय चलचित्र अभियान गर्ने अबसर पाएका छन्। नेपाली चलचित्र ढुवानी उनले खेलेको पहिलो चलचित्र हो। विभिन्न विज्ञापनहरु समेत उनले मोडलिङ्ग गरिसकेका छन्।

यससँगै उनी निर्वाणा वेलनेस सेन्टर नामक अत्याधुनिक जिमको सञ्चालक तथा पर्सनल ट्रेनिङ्ग डाईरेक्टर हुन्। उनको जिम स्बिमिङ्ग पुल सहित स्टिम बाथ सोना लगायत शारीरिक सुगठन खेलाडीलाइ आवश्यक पर्ने सबै सुविधा सहितको देशकै सबैभन्दा ठूलो फिटनेश सेन्टर समेत हो।

यो पनी हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्रीहरु[सम्पादन गर्नुहोस्]

  1. "सिजापतिलाई शारीरिक सुगठनको उपाधि हेर्नुहोस तस्बिरमा"नयाँ पेज (नेपाली) भाषा)। सङ्ग्रह मिति ४ फेब्रुअरी २०२१ 

बाह्य कडीहरु[सम्पादन गर्नुहोस्]