मुभ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुभ
विकासकर्तापिसिसिडब्ल्यु लिमिटेड
सुरुवात मितिअप्रिल २४, २००६; १७ वर्ष पहिले (२००६-०४-24)
मञ्चएन्ड्रोइड, आइओएस, वेब अनुप्रयोग एएसी, फ्ल्याक
उपलब्धताहङकङ
मुख्यमूमि चीन
भियतनाम
वेबसाइटmoov.hk

मुभ (मूभको रूपमा शैलीबद्ध), सदस्यतामा आधारित एक सङ्गीत , पोडकाष्ट र श्रव्य दृश्य प्रवाह सेवा हो जसले हानि रहित श्रव्य, उच्च परिभाषा साङ्गीतिक श्रव्य दृश्यका सामग्री र सङ्गीत विशेष सुविधाहरूको साथ कार्य सञ्चालन गर्दछ।[१][२] मुभलाई सन् २००६ मा हङकङमा आधारित एक सार्वजनिक दूरसञ्चार कम्पनी पिसिसिडब्ल्यूले प्रक्षेपण गरेको थियो। यस सेवासँग एफएलएसीमा आधारित १६ बाइट / ४४.१ किलोहर्ज गुणस्तरका साथ १५ लाख श्रव्यहरू रहेका छन्।[३][४]

यसले इएमआई , गोल्ड टाइफुन र सोनी सङ्गीत सहितका ३०० रेकर्ड लेबल र सामग्री प्रदायकहरूको साथ वितरण सम्झौताहरू गरेको छ। मुभ हाल हङकङ, भियतनाम र मुख्यभूमि चीनमा उपलब्ध छ।[१][५][६][७][८]

मञ्चले अन्य पिसिसिडब्ल्यूका उत्पादन र सेवाहरूको साथ एकीकरण गरेको छ। सङ्गीत सामग्रीहरूले एक निश्चित सञ्जाल सेवा हङकङ दूरसञ्चारसँग साझेदारी गरेका छन्। श्रव्य दृश्यका सामग्री र प्रत्यक्ष साझेदारी गरिएका साङ्गीतिक श्रव्य दृश्यहरू नाउ टिभीको साथ साझेदारी गरिएको छ जुन चाहीँ सदस्यतामा आधारित दूरदर्शन सञ्जाल हो। [९]

विकास[सम्पादन गर्नुहोस्]

सन् २००६ मा सेवाको सुरुवात भए लगत्तै कम्पनीले विदेशमा आफ्नो सेवा विस्तार गर्न सुरु गरेको थियो। [५]

सन् २०१३ मा, पिसिसिडब्ल्यूले नाङफाङ ग्वाङबो यिङ्सी छ्वानमेई जिथ्वान (南方廣播影視傳媒集團), जुङ्गो डियानसिन थोङ्सिन युसिण्टा (中国电信股份有限公司) र बेष्ट टिभीसँग साझेदार गरि, 摩音符 ब्राण्डको साथ मुख्य भूमि चीनमा सङ्गीत प्रवाह सेवाको विस्तार गरेको थियो। मुख्यभूमि चीनमा सेवा सञ्चालन गर्नका लागि सदस्यतामा आधारित यो पहिलो सङ्गीत प्रवाह सेवा थियो जून चीन भन्दा बाहिरबाट सञ्चालनमा रहेको थियो। [५]

सन् २०१६ मा, मुभले भियतनामको प्रमुख दूरसञ्चार कम्पनी भियतना मोबाइलसँग साझेदारी गरी भियतनाममा १५० भन्दा बढी सामग्री प्रदायकहरूसँग सम्झौता हस्ताक्षर गरेको थियो। हस्ताक्षरसँगै यसले भियतनामको लागि आफ्नो प्रवाह सेवाको विस्तार गरेको थियो।[४][६]

सन् २०१४ मा, मुभले लिरिक स्न्याप नामक सुविधाको सुरु गरेको थियो जसले प्रयोगकर्ताहरूलाई सामाजिक सञ्जाल मञ्चमा सङ्गीत र गीतका शब्द साझेदारी गर्न अनुमति दिन्छ। [१०][११] सन् २०१५ मा, मुभले एप्पल वाच समर्थन गर्न सुरु गरेको थियो र यसले आफ्नो हानि रहित एफएलएसीमा आधारित १६ बाइट / ४४.१ श्रव्य प्रवाह सेवाको पनि प्रक्षेपण गरेको थियो।

सन् २०१६ मा, मुभले क्याटोनी भाषा श्रव्यका साथ प्रेरणाको साथ विशेष सङ्गीत सङ्ग्रहहरूको सुरु गरेको थियो।

उक्त सङ्गीत सङ्ग्रहमा संयुक्त राज्य अमेरिका, क्यानडाअस्ट्रेलिया लगायत विश्वभरका दर्ता गरिएका व्यवसायीक सङ्गीत चिकित्सकहरूद्वारा सृजना गरिएको प्रवाह सूचीहरू समावेश गरिएको छ जून तनाव घटाउने, गर्भावस्था सुखदायक र निद्रा सुधार लगायतका विभिन्न आवश्यकताहरूमा लक्षित छ।[१२][१३][१४] मुभले आफ्नो सेवालाई एसियाको पहिलो र एक मात्र चिकित्सीय सङ्गीत सङ्ग्रह भएको दाबी गरेको थियो।[१५]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Top Four Music Streaming Services in Hong Kong", बटर बुम (en-GBमा), २०१३-१०-३१, अन्तिम पहुँच २०१८-०१-२६  वेब्याक मेसिन अभिलेखिकरण २०२०-११-२५ मिति
  2. "PCCW gets OTT investment boost", द स्ट्यान्डर्ड (बेलायती अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०१-२६ 
  3. "PCCW gets the music moov-ing on the internet", साउथ चाइना मर्निङ पोष्ठ (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०१-२६ 
  4. ४.० ४.१ रुसेल, जोन, "PCCW Media raises $110M for its video and music streaming services in Asia", टेक क्रञ्च (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०१-२६ 
  5. ५.० ५.१ ५.२ "電盈攻內地網上音樂 「摩音符MOOV」粵上線 首個境外收費品牌 - 香港文匯報", विनपियो, अन्तिम पहुँच २०१८-०१-२६  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०५-०१ मिति
  6. ६.० ६.१ शर्मा, रे, "PCCW Media Extends MOOV OTT Music to Vietnam" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०१-२६ 
  7. "PCCW Media takes aim at piracy in Vietnam with launch of music streaming brand MOOV - Mumbrella Asia", Mumbrella Asia (बेलायती अङ्ग्रेजीमा), २०१६-०९-१९, अन्तिम पहुँच २०१८-०१-२६ 
  8. mastercmsdotorg, "Hong Kong music app to light up Vietnamese youth | Corporate News, Latest Business", भियतनाम लगानी अवलोकन, अन्तिम पहुँच २०१८-०१-२६ 
  9. "Music - MOOV | HKT", हङकङ दूरसञ्चार (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०१-२६ 
  10. Chiang, Karen, "MOOV is Back with LyricSnap!TM and its Redesigned App - wcity.com", www.wcity.com (en-gbमा), अन्तिम पहुँच २०१८-०१-२६ 
  11. "MOOV LyricSnap!" (हङकङको चिनियाँमा), अन्तिम पहुँच २०१९-०४-१० 
  12. "MOOV Music Therapy" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०४-१० 
  13. मा, सिन हाङ क्रिष्टि (डिसेम्बर १२, २०१६), "MOOV’s creative "trailers" touch social audiences", School of Journalism and Communication, The Chinese University of Hong Kong  वेब्याक मेसिन अभिलेखिकरण सेप्टेम्बर २३, २०२० मिति
  14. "MOOV推出亞洲首創同聲同氣「音樂自療」音樂庫 - Qooza", कुजा, अन्तिम पहुँच २०१८-०१-२६ 
  15. लिमिटेड, पिसिसिडब्ल्यु मिडिया (२०१८-०१-२४), मुभ, पिसिसिडब्ल्यु मिडिया लिमिटेड, अन्तिम पहुँच २०१८-०१-२६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

"https://ne.wikipedia.org/w/index.php?title=मुभ&oldid=1201068" बाट अनुप्रेषित