मुमिन (१९९० टिभी शृङ्खला)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुमिन
सन् १९९० को मुमिन एनिमे शृङ्खलामा मुमिनको घरको तस्वीर
शैलीएनिमे
लेखकआकिरा मायाजाकी
शोजो मातसुदा
मसाकी साकुराई
निर्देशकहिरोशी साइतो
मासायुकी खोजिमा
सुरुवात 'गीत'जहाँ मुमिनहरूको घर छ, ठूलो छ परिवार सबको छोटो खुट्टा र ठूलो नाक, (यो हो मुमिन)×६ पटक (नेपालीमा अनुवादित)
अन्त्य 'गीत'पुच्छर हल्लाउने अनि खाली खुट्टा नाच्ने यो हो मुमिन (नेपालीमा अनुवादित)
निर्माण गर्ने देश जापान
भाषा(हरू)जापानी (विभिन्न भाषामा अनुवादित)
भागहरूको सङ्ख्या७८
निर्माण
निर्माता(हरू)काजुओ तबाता
देनिस लिभसन
प्रसारण अवधि२४ मिनेट
वितरकटोक्यो दूरदर्शन
प्रसारण
प्रथम प्रसारण१२ अप्रिल १९९० (1990-04-12) – २६ मार्च १९९२ (1992-03-26)

मुमिन (जापानी: 楽しいムーミン一家) फिनल्यान्डकी लेखिका तोभे योनसनको उपन्यास मुमिनमा आधारित टेलिकेभल बेनिलक्सद्वारा निर्माण गरिएको जापानी-फिनल्यान्डेली र नेदरल्यान्डेली एनिमे टेलिभिजन शृङ्खला थियो।[१] मुमिन उपन्यासलाई तोभे योनसन र उनका भाइ लार्स योनसनले लेखेका थिए। मुमिन सर्वप्रथम १२ अप्रिल १९९० देखि ३ अक्टोबर १९९१ सम्मा जापानको टोक्यो टेलिभिजनद्वारा प्रसारण गरिएको थियो भने सोही वर्ष यस एनिमेलाई अङ्ग्रेजीमा अनुवाद गरी सिबिबिसी टेलिभिजनद्वारा संयुक्त अधिराज्यमा प्रसारण गरिएको थियो। [२][३][४][५]

मुमिन एक पारिवारिक एनिमे हो भने मुमिनको कथा बसन्त ऋतुमा सुरु हुन्छ। यहाँ प्रस्तुत दृश्यहरू बसन्त ऋतुको आगमनसँगै देखाइएका छन्। यस एनिमेका मुख्य पात्रहरू मुमिनत्रोलन (अथवा मुमिन), मुमिनबाबा, मुमिनआमा, स्नोर्कमेडन, स्नोर्क, स्टिङ्की, स्निफ, सानुमाया, हेमुलेन बा, मिस फिलियोनजी, बोक्सी आदि हुन्। मुमिनको परिवारमा मुमिनबाबा, मुमिनआमा, मुमिन र सानुमाया छन् जो एक अग्लो नीलो रङ्गको घरमा बसोबास गर्छन् भने स्निफ, स्नोर्क, स्नोर्कमेडन आदि मुमिनका साथीहरू हुन् र त्यस्तै गरी स्टिङ्कीलाई चोरको रूपमा चित्रित गरिएको छ। यस एजिमे शृङ्खलाका थुप्रै भागहरूमा मुमिन उसको साथीसँग खेल्न गएको र विभिन्न ठाउँमा पुगेको दृश्यहरू समावेश गरिएको छ भने उनीहरू कहिलेकाँही मुमिन उपत्यका भन्दा बाहिर पनि जाने गर्दछन् तर उनीहरू साँझपख घर फर्किन्छन्।[६][७] मुमिन एनिमेका कथाहरूले मुख्यतः कुनै कुराको अनुसन्धानलाई जोड दिँदै अगाडि बढ्छ।

यस एनिमेको निर्माण गर्दा तोभे र लार्स योनसनले जापानी पटकथा लेखकहरूसँग सहकार्य गरेका थिए भने यसको नतिजा उत्साहजनक भएको थियो। सन् १९६० को दशकदेखि नै मुमिन चित्राङ्कन सुरु भएको थियो तर यसको बाबजुद पनि मुमिनत्रोलन टेलिभिजनमा पहिलो अन्तर्राष्ट्रिय सफलताको रूपमा परिचित भएको थियो। यद्यपि कहिलेकाँही पारिवारिक अनुकूलित अवधारणामा पनि यो एनिमे निर्देशित हुन्थे जसले तोभे योनसनको मूल दार्शनिक रचनाहरू विकृत गरेको मानिन्छ।[८] यस एनिमे शृङ्खलाई नेपाली, अङ्ग्रेजी, जापानी, स्विडेनी, इटालेली, सुओमी आदि गरी ३० भन्दा बढी भाषाहरूमा अनुवाद गरिएको थियो भने सबैले अनुवादित शृङ्खलाहरूले बालबालिकाको मन जित्न सफल भएको थियो। यस एनिमे शृङ्खलालाई नेपालीमा अनुवाद गरी एक दशक भन्दा पहिले नेपाल टेलिभिजनद्वारा प्रसारण गरिएको थियो जुन तात्कालिक समयको सर्वाधिक रुचाइएको बाल कार्यक्रम बन्न सफल भएको थियो।

कथानक[सम्पादन गर्नुहोस्]

मुमिनको परिवार र साथीहरू, बाँया देखि दायाँसम्म, स्नफकिन, सानुमाया, स्निफ, स्नोर्कमेडन, मुमिनबाबा, मुमिन र मुमिनआमा

यस एनिमे शृङ्खला मुमिन उपत्यकामा वसन्त ऋतुको आगमनसँगै सुरु हुन्छ भने सुरुमा मुमिन, सानुमाया, मुमिनबाबा र मुमिनआमा बिहान हुँदासँगै उठ्छन् जबकि स्नफकिन पनि वसन्तको पहिलो दिनमा आफ्नो दक्षिण यात्राबाट फिर्ता हुँदै मुमिन उपत्यकामा प्रवेश गर्छन्। पहिलो आठ शृङ्खलाहरूमा एक सुसङ्गत कथानक सृजना गरिएको छ जुन योनसनको तेस्रो उपन्यास फिन परिवार मुमिनत्रोलनमा आधारित छ। कथानकमा मुमिन र उनका साथीहरूले जादु गर्न सक्ने टोपी फेला पार्दछ जुन एक जादुगरको हुन्छ। पछि जादुगरले आफ्नो टोपी मुमिन परिवार आई फिर्ता लिन्छ। मुमिनले पछि एक भत्किएको डुङ्गा फेला पार्छ र त्यसलाई साथीहरूको सहकार्यमा पानीमा तैरिन लायक बनाई केही बेर सोही डुङ्गामा बसी यात्रा गर्छन्।

यस मुमिन शृङ्खलामा स्नोर्कमेडनको दाजु स्नोरलाई एक वैज्ञानिकको रूपमा चित्रित गरिएको छ जसले लामोसमयदेखि उड्ने जहाजको निर्माण कार्यमा तल्लिन हुन्छन् भने स्नोर्कमेडनले उनको हौसला बढाउने तथा मुमिन र उनीहरूको साथीले जहाज निर्माणमा सहयोग गर्छन् तर एक शृङ्खलामा उनको पाल विभिन्न कारणले गर्दा लडेका कारण उनले निर्माण गर्न लागेको जहाजको ढाँचाहरू भाँचिन्छन् भने यस घटनामा स्नोर्कमेडनलाई हल्का चोट लाग्छ। दोस्रो शृङ्खलाको जाडो याम भन्दा पहिले, मुमिन र उनीहरूका साथीहरूले एलिसिया र उनको हजुरआमालाई भेट्न थाल्छन् जो ईक बोक्सी हुन्छिन् भने बोक्सी हजुरआमाले एलिसियालाई वास्तविक बोक्सी हुन सिकाउँदै मुमिन र उनीहरूको राम्रो प्रकृतिको बारेमा नकारात्मक धारणा राख्छिन्। शृङ्खला बढ्दै जाँदा, बोक्सीले तिनीहरूको मेलमिलापको कदर गर्न थाल्छे। यस एनिमे शृङ्खलाको अन्त्यमा, स्नोर्कले आफुले निर्माण गरेको उडाने जहाजको साथ साथीहरूसँग यात्रामा जाने निर्णय गर्छन् जबकि एलिसिया र उनको हजुरआमाले शिशिर ऋतु सुरु हुनु भन्दा पहिलेनै मुमिन उपत्यका छाडिसकेका हुन्छन्। शृङ्खलाको अन्त्याका स्नफकिन पुनः दक्षिणतिरको यात्रा गर्न सुरु गर्छन्।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]