मोब्लि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मोब्लि
मोब्लिको गृह पृष्ठ
मालिकमोसे होगेग
युआरएलwww.mobli.com
चालु भएको मितिसन् २०१०
वर्तमान स्थितिनिष्क्रिय

मोब्ली इजरायली उद्यमीहरू मोसे दाजुभाइ र ओडेड होगेगद्वारा स्थापित गरिएको एक सामाजिक मोबाइल तस्वीर तथा श्रव्य दृश्य साझेदारी वेबसाइट थियो। सन् २०१६ मा सेवा बन्द गरीएको थियो र कम्पनी टाँट पल्टिएको थियो।

यस इजरायलमा आधारित कम्पनीले समान प्रतिद्वन्द्वी भाइनइन्स्टाग्रामसँग प्रतिस्पर्धा गर्नका लागि धेरै अपेक्षा राखेको थियो तर यसले कहिले पनि विश्वसनीय प्रयोगकर्ता आधार प्राप्त गर्न व्यवस्थित गर्न नसकेका कारण यो सन् २०१६ को मध्यमा बन्द गरिएको थियो।[१][२]

बनावट[सम्पादन गर्नुहोस्]

प्रमुख कार्यकारी अधिकृत र संस्थापक मोसो होगगका अनुसार मोब्लीको लक्ष्य अरूको आँखाबाट संसारमा के हुँदैछ भनेर हेर्न सम्भव बनाउनु हो।[३]

यसले प्रयोगकर्ताहरूले मोबाइलमा भण्डार गरेका तस्वीर तथा श्रव्य दृश्यहरू मोब्लीको मोबाइल अनुप्रयोगमा मार्फत यसको आधिकारिक वेबसाइटमा साझेदारी गर्नका लागि अनुमति दिन्छ जहाँ अन्य प्रयोगकर्ताहरूले सामग्री हेर्न सक्दछन्। प्रयोगकर्ताहरूले वेबसाइट वा उर्ध्वभरणकर्ताद्वारा वास्तविक समयमा उपलब्ध गराइएका सामग्रीहरूको अवलोकन गर्न सक्दछन्। प्रयोगकर्ताले स्थान, विषय र उर्ध्वभरणकर्ताद्वारा वास्तविक समयमा वेबसाइटमा उपलब्ध गराइएका सामग्रीहरूको अवलोकन गर्न सक्दछन् [३]

होगेगले सेवालाई इन्स्टाग्रामसँग तुलना गर्दै, "यदि इन्स्टाग्रामको सामग्री, चित्र र साझेदारीको प्रभाव हो भने हामी एफिल टावर वा बार्सिलोनाको क्याम्प नौ रङ्गशालामा के भइरहेको छ भनेर अवलोकन गर्न विकल्पको प्रस्ताव गर्न चाहन्छौं" भनेका बताएका थिए।[३]

मोब्लीको अनुप्रयोगहरू सुरुमा एचटीएमएल५ मा बनाइएको थियो तर यसको खराब कार्य प्रदर्शनको कारणले यसलाई हटाइएको थियो। विन्डोज फोनको पक्षमा ब्ल्याकबेरीका लागि समर्थन गर्दा अनुप्रयोगहरू आइओएस र एन्ड्रोइडमा मूल अङ्कमा पुन: निर्माण गरिएको थियो।[४]

यसको एकल खोजी उत्पादनले स्थान, समय र प्रासङ्गिकतामा जोड दिएको थियो जसलाई सन् २०१३ मा सुरूवात गरिएको थियो। उत्पादनसँग स्वत अङ्कित सुविधा छ जसले तस्वीरहरूबाट निश्चित वस्तुहरूको पहिचान गर्न सक्दछ।[४]

मोब्लीको मुख्य राजस्व प्रवाह साइटका विज्ञापनहरूबाट आइरहेको थियो।[३]

इतिहास[सम्पादन गर्नुहोस्]

मोब्लीको स्थापना सन् २०१० मा मोसे होगेग, ओडेड होगे, र इमानुएल मेरालीले संयुक्त रूपमा गरेका थिए।[५] मोसे होगेग कम्पनीका प्रमुख कार्यकारी अधिकृत थिए भने योसी सेमेस उपाध्यक्ष थिए भने इमानुएल मेराली उत्पादन र प्रमुख प्रविधि अधिकारी थिए।[५]

डिजिटल ट्रेन्ड्सका फ्रान्सिस बिले मोब्लीलाई संभावित छोटो रूपको श्रव्य दृश्यको युट्युब भनेर बयान गरेका थिए।[१]

मोबलीले अमेरिकी अभिनेता लियोनार्डो डिक्याप्रियो जस्ता चर्चित व्यक्तित्व लगानीकर्ताहरू मार्फत प्रारम्भिक सफलता प्राप्त गरेको थियो[३][६] जसमा उनले कम्पनीमा सन् २०११ मा ४० लाख अमेरिकी डलर लगानी गरेको थिए। पछि डिक्याप्रियोको लगानी वास्तवमा १० अमेरिकी डलर भन्दा कम रहेको खुलासा भएको थियो।[१]"Israel’s Startup Hype Master Faces His Toughest Test Yet", ब्लुमबर्ग, अन्तिम पहुँच २०१६-१२-१० </ref> डिकाप्रियोको सामाजिक संलग्नताले अन्य चर्चित व्यक्तित्वहरूलाई आकर्षित गरेको थियो।[६]

मोब्लिका लगानीकर्ता तथा विभागका सदस्य केञ्जेस राकिसेभ

सन् २०१२ को मेमा प्रमुख कार्यकारी अधिकृत होगेगले, मोबलीको स्थापित आधारलाई मोबाइल उपकरणमा ३० लाखबाट बढाएर १ करोडमा प्राथमिकता दिइरहेको बताएका थिए। होगेगले आभासी वस्तुहरू बेच्न, प्रायोजित सामग्रीहरूको बढावा दिन र लक्षित विज्ञापनको प्रदर्शनमा जोड दिँदै पैसा कमाउने रणनीति बनाएका थिए।[२][२]

जुलाई २०१२ मा, मोब्लिले टेनिस खेलाडी सेरेना विलियम्सले यसमा अज्ञात पैसा लगानी गरेको घोषणा गरेको थियो।[५]

सेप्टेम्बर २०१२ मा, मोब्लीको रकम १०० देखि ३०० मिलियन अमेरिकी डलर रहेको अनुमान गरिएको थियो। मोब्लीले साझेदारीका सामग्रीहरू अघिल्लो दुई महिनामा तीन गुणा बढेको जनाएको थियो।

यसको मञ्च र प्रयोगकर्ता आधारलाई विकास गर्न कोष सङ्कलनको दोस्रो चरणमा, कजाकिस्तानका व्यापारी केञ्जेज राकिशेभबाट यसले २ करोड अमेरिकी डलर उठाएको थियो। राकिशेभको लगानीले उनलाई मोब्लीको विभागमा स्थान दिएको थियो।[३][७]

नोभेम्बर २०१२ मा साइकल चालक र मोब्लीका लगानीकर्ता लान्स आर्मस्टङ्र आराम गरेको तस्वीर यसमा उर्ध्भरण गरेसँगै यसले दुई दिनमा ३,२०,००० भन्दा बढी दृश्य सङ्कलन गरेको थियो जुन ४८ घण्टाको अवधिमा मोब्लीमा सबैभन्दा बढी हेरिएको दृश्य बन्न सफल भएको थियो।[८]

नोभेम्बर २०१२ मा, मोब्लीले दुईवटा अधिग्रहण प्रस्ताव प्राप्त गरेको थियोे। [४] ६ नोभेम्बर २०१३ मा उनीहरूले अरबपति कार्लोस स्लिमको नेतृत्वमा ल्याटिन अमेरिकी दूरसञ्चार कम्पनी अमेरिका मोभिलबाट ६ करोड अमेरिकी डलर उठाएको घोषण गरेको थियो।[९]

जून २०१५ मा, मोब्लीले आइइन नामको तस्वीर खोजी संयन्त्रको सुरू गरेको थियो। यो सुविधा इन्स्टाग्रामले मोबलीलाई उनीहरूको एपीआइबाट रोके पछि बन्द गरिएको थियो।[१०]

मे २०१६ मा मोब्लीले आफ्नो बाँकी इजरायली कर्मचारीहरूलाई बर्खास्त गरेको थियो र आफ्नो कर्मचारीलाई मात्र युरोपमा सञ्चालनमा राखेको थियो।[१०]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named DT first
  2. २.० २.१ २.२ Garett Sloane (२८ मे २०१२), "Techies amp up their revenue machines", न्यु योर्क पोष्ट, अन्तिम पहुँच ६ अगस्ट २०१२ 
  3. ३.० ३.१ ३.२ ३.३ ३.४ ३.५ मिनाचेम ग्रिनफिल्ड (२३ सेप्टेम्बर २०१२), "Israeli’s Mobli Gets $20 Million from single Kazakh Investor", जियोसिटि डटकम, अन्तिम पहुँच २६ सेप्टेम्बर २०१२ 
  4. ४.० ४.१ ४.२ Roi Carthy (१९ नोभेम्बर २०१२), "Mobli May Be The Promised Land’s Most Promising Startup", टेक क्रञ्च, अन्तिम पहुँच ९ डिसेम्बर २०१२ 
  5. ५.० ५.१ ५.२ Roy Goldenberg (२६ जुलाई २०१२), "Serena Williams invests in picture sharing co Mobli", Digital Trends, अन्तिम पहुँच १२ अगस्ट २०१२ 
  6. ६.० ६.१ Phyllis Furman (२४ सेप्टेम्बर २०१२), "N.Y.-based mobile photo-sharing site Mobli bags $22 million investment", न्यु योर्क दैनिक समाचार, अन्तिम पहुँच २७ सेप्टेम्बर २०१२ 
  7. Ryan Kim (१९ सेप्टेम्बर २०१२), "Picture app Mobli raises $22M to build visual platform", गिगाओम, अन्तिम पहुँच २७ सेप्टेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २२ सेप्टेम्बर २०१२ मिति
  8. जेफ बोरकोभिसि (१२ नोभेम्बर २०१२), "Lance Armstrong's Trolling Juices Mobli's Traffic", फोर्ब्स, अन्तिम पहुँच १० डिसेम्बर २०१२ 
  9. टेक क्रञ्च, "Instagram Competitor Mobli Gets $60M From Carlos Slim To Build A Visual Search Engine", अन्तिम पहुँच ६ नोभेम्बर २०१३ 
  10. १०.० १०.१ बोर्ट, जुलि (१ जुन २०१६), "This founder launched a $14,000 smartphone immediately after laying off employees at his other startup", बिजनेस इन्साइडर, अन्तिम पहुँच ६ जुन २०१६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]