मोहनलाल
मोहनलाल | |
|---|---|
Mohanlal at Run Kerala Run event in 2015 | |
| जन्म | मोहनलाल विश्वनाथन २१ मे १९६० Elanthoor, केरल, भारत |
| मातृ शिक्षाप्रतिष्ठान | केरल विश्वविद्यालय |
| पेशा |
|
| कार्यकाल | 1978–present |
| जीवनसाथी | सुचित्रा मोहनलाल ( वि १९८८) |
| सन्तान |
|
| आफन्त | के. बालाजी (ससुरा) सुरेश बालाजी (brother-in-law) |
| पुरस्कार | See accolades |
| वेबसाइट | www |
मोहानलाल विश्वनाथन (जन्म: २१ मे १९६०), एकल नाम मोहनलाल बाट परिचित, भारतीय अभिनेता, चलचित्र निर्माता, पार्श्व गायक तथा चलचित्र वितरक हुन्। उनले मुख्य रूपमा मलयालम चलचित्र उद्योगमा काम गरेका छन्। साथै [[तमिल भाषा|तमिल], [[तेलगु भाषा|तेलुगु] र हिन्दी भाषाका केही चलचित्रहरूमा पनि अभिनय गरेका छन्। उनी भारतीय सिनेमा इतिहासका सबैभन्दा सम्मानित तथा प्रभावशाली अभिनेतामध्ये एक मानिन्छन्। [१][२][३][४][५][६] चार दशकभन्दा लामो आफ्नो फिल्मी करियरमा मोहनलालले ३४० भन्दा बढी चलचित्रहरूमा अभिनय गरेका छन्।[७] उनको अभिनय कौशल र बहुमुखी प्रतिभाका कारण उनलाई भारतीय सिनेमाका महान कलाकारमध्ये एकका रूपमा लिइन्छ।[८] मलायालम बाहेक उनी अन्य भारतीय चलचित्रमा पनि देखा परेका छन्।[९] मोहलनलालले पाँच पटक राष्ट्रिय फिल्म अवार्ड, — दुई उत्कृष्ट अभिनेता, एक पटक अभिनयका लागि स्पेसल जुरी मेन्सन र एक पटक उत्कृष्ट फिचर फिल्म अवार्ड (निर्माताको रुपमा)। उनले नौ पटक केरला स्टेट फिल्म अवार्ड र फिल्मफेयर अवार्ड साउथ र कयौं पदवी हासिल गरेका छन्। भारत सरकारले उनलाई भारतीय चलचित्र क्षेत्रमा उनको योगदानको लागि २००१ मा चौथो सर्वोच्च नागरिक सम्मान पद्म श्री ,[१०] र २०१९ मा तेश्रो सर्वोच्च नागरिक सम्मान पद्म भूषण बाट बाट सम्मानित गरेको थियो,[११] २००९ मा, उनी टेरिटोरियल सेनाको मानार्थ लेफ्टिनेन्ट कर्नेलको सम्मान पाउने उनी पहिलो भारतीय अभिनेता बनेका थिए।[१२][१३] उनले श्री शंकराचार्य संस्कृत विश्वविद्यालयबाट सन् २०१० मा [१४] र २०१८ मा कालीकट विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि पनि हासिल गरेका थिए। [१५]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Kumar, P. k Ajith (२०२०-०५-२१), "On Mohanlal's 60th birthday, remembering 10 of his finest performances", The Hindu (en-INमा), आइएसएसएन 0971-751X, मूलबाट १२ जुन २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०८-२८।
- ↑ Kumar, P. k Ajith (२०२०-०५-२०), "Mohanlal at 60: An actor par excellence", The Hindu (en-INमा), आइएसएसएन 0971-751X, मूलबाट १९ जुन २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०८-२८।
- ↑ "Archived copy", मूलबाट २८ मे २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ अगस्ट २०२०।
- ↑ "Mohanlal: Lesser known facts", The Times of India, अन्तिम पहुँच २०२१-०१-२९।
- ↑ "Archived copy", मूलबाट ३ जुन २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ अगस्ट २०२०।
- ↑ Desk, India com Entertainment (२०२०-०५-२१), "Happy Birthday, Mohanlal: 11 Lesser-Known And Interesting Facts About The Top Malayalam Star", India News, Breaking News, Entertainment News | India.com (अङ्ग्रेजीमा), मूलबाट ९ जुन २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०८-२८।
- ↑ TNM staff (२६ जनवरी २०१९), "Actor Mohanlal honoured with the Padma Bhushan", The News Minute, मूलबाट २१ जुलाई २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जुलाई २०२०।
- ↑ "25 Greatest Acting Performances Of Indian Cinema", Forbes India (अङ्ग्रेजीमा), मूलबाट १४ अगस्ट २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-१२-३०।
- ↑ Moviebuzz (१८ मार्च २०१०), "Mohanlal revives Pranavam Arts!", Sify, मूलबाट २४ डिसेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जनवरी २०१७।
- ↑ "Padma Awards", Ministry of Home Affairs, Government of India, २०१५, मूलबाट १५ नोभेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जुलाई २०१५। अभिलेखिकरण १५ अक्टोबर २०१५ वेब्याक मेसिन
- ↑ "Mohanlal conferred with Padma Bhushan", The New Indian Express, २०१९-०१-२५, मूलबाट २६ जनवरी २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०१-२५।
- ↑ "Padmashree Mohan Lal conferred with rank of Lt Col (Hony) in Territorial Army". अभिलेखिकरण ३ मार्च २०१६ वेब्याक मेसिन Press Information Bureau, Government of India. 9 July 2009.
- ↑ CNN-IBN (१० जुलाई २००९), "Mohanlal, first actor to join Army", मूलबाट १४ अप्रिल २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ मे २०१७। अभिलेखिकरण १४ अप्रिल २०१२ वेब्याक मेसिन
- ↑ "Mohanlal, Pookutty get D.Litt.", The Hindu (Chennai, India), १७ मार्च २०१०, मूलबाट ११ जुन २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ मे २०१०। अभिलेखिकरण २ अप्रिल २०१० वेब्याक मेसिन
- ↑ "Calicut University confers D.Litt on Mohanlal, P.T.Usha", मूलबाट २९ जनवरी २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जनवरी २०१८।
बाह्य लिंकहरू
[सम्पादन गर्नुहोस्]- आधिकारिक वेवपेज अभिलेखिकरण २०१९-०८-२९ वेब्याक मेसिन
- इन्टरनेट चलचित्र डेटाबेसमा मोहनलाल
- रोटेन टमेटोजमा मोहनलाल
- दक्षिण भारतीय अन्तर्राष्ट्रिय चलचित्र पुरस्कार विजेताहरू
- फिल्मफेयर पुरस्कार दक्षिण विजेताहरू
- भारतीय मञ्च अभिनेताहरू
- मलयालम चलचित्र निर्माताहरू
- तेलगु चलचित्र अभिनेताहरू
- हिन्दी चलचित्र अभिनेताहरू
- तमिल चलचित्र अभिनेताहरू
- मलयालम चलचित्र अभिनेताहरू
- जीवित मानिसहरू
- सन् १९६० मा जन्म
- राष्ट्रिय चलचित्र पुरस्कार (भारत) विजेताहरू